Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा : अर्थमन्त्री महत

खबरडबली संवाददाता

काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले ऊर्जाक्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताएको छन् । आज काठमाडौँमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उहाँले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको पनि योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। 

“सन् ९० को दशकभन्दा अगाडि एक/दुई मेगावाट बराबर मात्रै विद्युत् उत्पादन हुन्थ्यो । निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भएपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपिँदै गएको छ । यसबाट हाम्रो माग पूरा गरेर निर्यातसम्मको अवस्थामा पुगेका छौँ”, अर्थमन्त्री डा महतले भने।

ऊर्जा क्षेत्रमा राम्रो सम्भावना देखेरै निजी क्षेत्रका लगानीकर्ता आकर्षित भएको उल्लेख गर्दै उहाँले अहिले नेपाल यो क्षेत्रमा आत्मनिर्भर भएर विदेशमा निर्यातसमेत थाल्नु खुसीको कुरा भएकोे बताए । ऊर्जा क्षेत्रमा लगानीकर्तालाई आकर्षितसमेत गरेको अर्थमन्त्री डा महतको भनाइ थियो ।

“नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु । लगानीकर्तालाई पर्ने समस्या समाधान गर्न सरकार तयार छ”, उनले भने, “लगानीकर्तालाई विभिन्न सहुलियत र सुविधा दिन तयार छौँ । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीमा पनि राम्रो नतिजा आएको छ । नेपालको गतिलो आम्दानीको स्रोत नै ऊर्जा हो ।”

नेपालको विद्युत् भारत, बङ्गलादेशलगायत देशमा पु¥याउनका लागि पनि सरकारले पहल गर्ने अर्थमन्त्री डा महतको भनाइ थियो । “सरकारले विद्युत् भारत निर्यात गर्ने संयन्त्र बनाउने छ । विद्युत्का लागि बङ्गलादेश अर्को ठूलो बजार हो । बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ”, उनले भने, “विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन् । उनीहरुले मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु ।”

विद्युत्को आन्तरिक खपत बढाउन आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले विद्युतीय सवारी साधनको प्रयोग बढाएर यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ । घरायसी प्रयोजनका लागि  पनि बिजुलीको खपत बढाउन आवश्यक भएको उल्लेख गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending