बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताएका हुन् । उनले भने, “केन्द्रमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार प्रदेश सरकार बन्छ, केन्द्रीय गठबन्धनअनुसार प्रदेश सरकार विस्तार हुने भएकाले उपनिर्वाचनपछि सुदूरपश्चिम सरकारले पनि पूर्णता पाउँछ ।”
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई कांग्रेससहित नेकपा ९माओवादी केन्द्र०, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदको समर्थन छ । शाह माघ २६ गते मुख्यमन्त्रीमा गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री शाहले पश्चिम सेती परियोजनाको काम अघि बढाइने जानकारी दिए । उनले भने, “पश्चिम सेती सुदूरपश्चिम प्रदेशको मात्रै नभएर देशकै भविष्यसँग जोडिएको छ, यो परियोजनाले विकासमा सहयोग पुर्याउने भएकाले अबको छ महिनाभित्र देखिने गरेर काम अगाडि बढ्ने विश्वास छ ।”
पहिलोपटक जिल्ला भ्रमणमा रहेकाले जिल्लाको वस्तुस्थिति बुझ्ने सोहीअनुसार आगामी वर्षको बजेट र कार्यक्रम तर्जुमा गरिने विश्वास दिलाए । उनले भने, “मुख्यमन्त्री भइसकेपछि म प्रदेशका सबै जिल्ला भम्रण गर्न गइरहेको छु, सबै जिल्लाको वस्तुस्थिति बुझेर सोहीअनुसार बजेट निर्माण गर्छौं ।” सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानीकर्तालाई आह्वान गरेको र निर्धक्करुपमा लगानी गर्न आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १० गते, २०८१ - १७:१२
विद्यार्थी संगठनलाई प्रचण्डको निर्देशनः तपाईँ सडकको बाघ भएर निस्कनोस्, म संसदमा सिंह भएर निस्केको छु
आश्विन १० गते, २०८१ - १७:००
जकार्ता । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्...
आश्विन १० गते, २०८१ - १६:५०
चितवन। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवम् कर्मचारीहर...
आश्विन १० गते, २०८१ - १६:३७
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ ।...
आश्विन १० गते, २०८१ - १६:२६
काठमाडौँ । बंगलादेशका अल राउण्डर शकिब अल हसनले टी-२० र टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । भारतविरुद्धको दोस्रो टेस्ट अघि मिडियासँग कुरा...
आश्विन १० गते, २०८१ - १६:२०
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएक...
आश्विन १० गते, २०८१ - १६:१७
नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा वर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाको भर परी जोखिम...
आश्विन १० गते, २०८१ - १६:०१
वासिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आउनुभएकी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित...
आश्विन १० गते, २०८१ - १५:२५
सुलीकोट। गोरखाामा सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जिल्लामा अत्यधिक मात्रामा डेंगु रोग सङ्क्रमण बढ्दै जाँदा साउन, भदौ र असोज १० गतेसम्म सात ...
आश्विन १० गते, २०८१ - १४:५१
ढल्केबर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैँ अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइ सक्ने बताएको छन् । सङ्घीय सरकार मा...
प्रतिकृया लेख्नुहोस्: