धनुषा । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आइतबार स्पष्टीकरण सोधेको छ ।
बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेका बेला मुख्यमन्त्री यादव पचरौता नगरपालिका गएका थिए । आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत हुने गरी उनलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो रु भनी स्पष्टीकरण सोधेको छ ।
आयोगले सोधेको स्पष्टीकरणमा भनेको छः ‘तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन रु तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?”, आयोगका उपसचिव कमल ज्ञवालीले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १०:३९
बाजुरा। बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युन...
फाल्गुन २६ गते, २०८२ - १०:२७
तानसेन। पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको...
फाल्गुन २६ गते, २०८२ - १०:१०
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रक...
फाल्गुन २५ गते, २०८२ - १७:४४
काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...
फाल्गुन २५ गते, २०८२ - १७:२३
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...
फाल्गुन २५ गते, २०८२ - १६:५५
गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...
फाल्गुन २५ गते, २०८२ - १६:४३
काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...
फाल्गुन २५ गते, २०८२ - १६:३३
काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...
फाल्गुन २५ गते, २०८२ - १६:१२
काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...
फाल्गुन २५ गते, २०८२ - १५:२६
विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...



प्रतिकृया लेख्नुहोस्: