दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडानम्बर ४ लामिडाँडाको हिलेपानीमा एउटा टोल छ ‘घिमिरे टोल’ । उत्तरी बजार सिंगटी छिचोल्ने सडकको दायाँबायाँ भूकम्पपछि बनेका दुईतले जस्ताको छाना भएका चिटिक्कको यो टोलका अधिकांश घरहरू भने खाली छन् ।
झन्डै ३६ घरधुरी रहेको घिमिरे टोलका २२ घर खाली रहेको स्थानीय सीता सुवेदीले बताइन् । भूकम्पले क्षतिग्रस्त यो टोलका सबै घरहरू पुनर्निर्माण भएका छन् तर जम्मा १४ घरमा मात्र मानिसको बसोबास रहने गरेको सीताको भनाइ छ ।
खाली घरका अधिकांश छिमेकीको अहिले काठमाडौंमै स्थायी रूपमा बसोबास रहेको र देवालीमा भने गाउँमा फर्कने गरेको स्थानीयको भनाइ छ । कोहीकोही छिमेकी भने दशैंतिहारमा समेत गाउँ फर्कने गरेको स्थानीय बताउँछन् ।
६० को दशकसम्म घिमिरे टोलका अधिकांश घरहरू भरिभराउ नै थिए । केही द्वन्द्वका कारण र केही भूकम्पका कारण विस्थापित बने पनि अधिकांश भने पानीको पिरलोले विस्थापित बन्नुपरेको सीता सुवेदी बताउछन् । ‘यो टोलमा पानीका लागि एक बिहानै पारेर हिलेपानी संस्कृत विद्यालय भएको टोलमा जानुपर्छ’, सीताले भनिन् – ‘त्यही पिरलोले पनि सहरमा छोराछोरी स्थापित भएपछि परिवारका ज्येष्ठ सदस्यहरूले समेत गाउँ छोडेर जानुभयो ।’
घिमिरे टोलमा भूकम्पपछि बनेका दुईकोठे अधिकांश घरमा अहिले ताला लाग्ने गरेका छन् । घरवरपर सिस्नो र विभिन्न झारहरू पलाएर करेसा र आँगन छोपेका छन् । ‘ताला लागेका सुनसान घरहरू देख्दा र पानीको अभाव खेप्नुपर्दा हामीलाई पनि विरक्त लाग्ने गर्छ’, स्थानीय राजकुमार कार्कीले भने– ‘तर जाऊँ पनि कहाँ ? समस्या खेपेरै भए पनि गाउँमै बस्नुको विकल्पै छैन ।’
हिलेपानीको घिमिरे टोलमा विगतदेखि नै केही उब्जनी नहुने र पानीको सधैं समस्या खेप्नुपर्ने भएकैले मानिसहरू बिरक्तिएर बसाइँ सर्न बाध्य हुने गरेको स्थानीय बताउँछन् ।
‘यो टोलमा पानीको अभावका कारण जमिन नै सुख्खा छ, गहत र झुसेतीलबाहेक अरू चिज उत्पादन नै हुँदैन’ –सीता सुवेदीले भनिन् । पिउने पानी र अन्य घरधन्दाका लागि ठूलो पँधेरो पुगेर पानी ल्याउँदा एक घण्टै बित्ने सीताको भनाइ छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...
मंसिर २५ गते, २०८२ - ०८:२१
काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...
मंसिर २५ गते, २०८२ - ०८:१७
काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...
मंसिर २५ गते, २०८२ - ०७:३९
जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...
मंसिर २५ गते, २०८२ - ०७:३५
काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...
मंसिर २५ गते, २०८२ - ०७:३२
महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...
मंसिर २५ गते, २०८२ - ०७:३०
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी ...
मंसिर २५ गते, २०८२ - ०७:२६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...
मंसिर २५ गते, २०८२ - ०७:२२
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - ०७:१८
काठमाडौँ । चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...




प्रतिकृया लेख्नुहोस्: