दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडानम्बर ४ लामिडाँडाको हिलेपानीमा एउटा टोल छ ‘घिमिरे टोल’ । उत्तरी बजार सिंगटी छिचोल्ने सडकको दायाँबायाँ भूकम्पपछि बनेका दुईतले जस्ताको छाना भएका चिटिक्कको यो टोलका अधिकांश घरहरू भने खाली छन् ।
झन्डै ३६ घरधुरी रहेको घिमिरे टोलका २२ घर खाली रहेको स्थानीय सीता सुवेदीले बताइन् । भूकम्पले क्षतिग्रस्त यो टोलका सबै घरहरू पुनर्निर्माण भएका छन् तर जम्मा १४ घरमा मात्र मानिसको बसोबास रहने गरेको सीताको भनाइ छ ।
खाली घरका अधिकांश छिमेकीको अहिले काठमाडौंमै स्थायी रूपमा बसोबास रहेको र देवालीमा भने गाउँमा फर्कने गरेको स्थानीयको भनाइ छ । कोहीकोही छिमेकी भने दशैंतिहारमा समेत गाउँ फर्कने गरेको स्थानीय बताउँछन् ।
६० को दशकसम्म घिमिरे टोलका अधिकांश घरहरू भरिभराउ नै थिए । केही द्वन्द्वका कारण र केही भूकम्पका कारण विस्थापित बने पनि अधिकांश भने पानीको पिरलोले विस्थापित बन्नुपरेको सीता सुवेदी बताउछन् । ‘यो टोलमा पानीका लागि एक बिहानै पारेर हिलेपानी संस्कृत विद्यालय भएको टोलमा जानुपर्छ’, सीताले भनिन् – ‘त्यही पिरलोले पनि सहरमा छोराछोरी स्थापित भएपछि परिवारका ज्येष्ठ सदस्यहरूले समेत गाउँ छोडेर जानुभयो ।’
घिमिरे टोलमा भूकम्पपछि बनेका दुईकोठे अधिकांश घरमा अहिले ताला लाग्ने गरेका छन् । घरवरपर सिस्नो र विभिन्न झारहरू पलाएर करेसा र आँगन छोपेका छन् । ‘ताला लागेका सुनसान घरहरू देख्दा र पानीको अभाव खेप्नुपर्दा हामीलाई पनि विरक्त लाग्ने गर्छ’, स्थानीय राजकुमार कार्कीले भने– ‘तर जाऊँ पनि कहाँ ? समस्या खेपेरै भए पनि गाउँमै बस्नुको विकल्पै छैन ।’
हिलेपानीको घिमिरे टोलमा विगतदेखि नै केही उब्जनी नहुने र पानीको सधैं समस्या खेप्नुपर्ने भएकैले मानिसहरू बिरक्तिएर बसाइँ सर्न बाध्य हुने गरेको स्थानीय बताउँछन् ।
‘यो टोलमा पानीको अभावका कारण जमिन नै सुख्खा छ, गहत र झुसेतीलबाहेक अरू चिज उत्पादन नै हुँदैन’ –सीता सुवेदीले भनिन् । पिउने पानी र अन्य घरधन्दाका लागि ठूलो पँधेरो पुगेर पानी ल्याउँदा एक घण्टै बित्ने सीताको भनाइ छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: