Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

२ वर्षभित्र सडक आश्रित मानवमुक्त नेपाल बनाउछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउने बताएका छन् । शनिबार बिहान काठमाडौँको वनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका उनले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका हुन् । 

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आजरभोलि नै गराउने पनि बताए । 

उनले भने, ‘मानव सेवा जस्ता कामको निरन्तरताका प्रक्रियालाई अगाडि बढाउन र यसलाई सफल पार्न नेपाल सरकारको तर्फबाट र मेरोतर्फबाट व्यक्तिगत रूपमा पनि म सधैँ तपाईंहरुको साथमा रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।  त्यसको निम्ति आज नै म सम्माननीय प्रधानमन्त्रीज्यूसँग पनि यसबारेमा यसलाई कार्यसूची बनाएर म छलफल गर्नेछु । सम्माननीय प्रधानमन्त्रीज्यूको पनि अहिले देशमा जे जति राम्रा कामहरू छन् । सबैलाई हामीले आत्मसात् गरौँ । सबैलाई स्थापन दिऊ । सबैको सम्मान गरौँ । र, त्यसमार्फत हामीले जे–जे गर्नु पर्छ । र, त्यो कामलाई निरन्तरता दिन जे–जे सहयोग गर्नु पर्छ । त्यो गरौँ भन्ने दृष्टिकोण र धारणा रहेको छ । त्यसकारणले उहाँसँग समेत सरसल्लाह गरेर सरकारको तर्फबाट यो मानव सेवा आश्रमलाई जीवित राख्न, यसलाई सञ्चालनमा ल्याई राख्न र यो सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सम्पूर्ण प्रयत्न सरकारको तर्फबाट गर्ने पनि म विश्वास दिलाउन चाहन्छु ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending