Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

बाँदर आतङ्कले खेतीयोग्य जमिन बाँझिदै

खबरडबली संवाददाता

पाल्पा । राम्रो उब्जाउशील जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् ।

वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन् ।

मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका विभिन्न बाली लगाएर स्याहार्न नपाएपछि हिजोआज कृषकले खेती गर्नै छाडेको बताउँछन् सगाहाका अगुवा कृषक ऋषिराम अर्याल ।

उनको सानो चनौटे क्षेत्रमा मात्रै करिब आठ रोपनी जमिन अहिले बाँझै छ । वर्षमा तीनबाली राम्रो उत्पादन दिने खेत भए पनि बाँदरले लगाएको बाली माटोभित्र खोस्रेर खान थालेपछि अहिले धानबालीबाहेक अन्य खेती लगाउन अर्यालले छाडेनन् ।

‘रातदिन खेतबारीमा कुरेर बस्न सकिएन, माटोभित्र लगाएको बीउसमेत खोस्रेर खाएर केही उब्जन पाउँदैन’, उनले भने, ‘सिँचाइ प्रशस्त लाग्ने जमिन भए पनि बाँदरकै कारण जग्गा बाँझो राख्न बाध्य छौँ, आफूले वर्षाौंदेखि खेती गरिरहेको जमिन बाँझिदा मन खुसी छैन, बाँदरले घरमा एक्लै बस्न नसक्ने अवस्था छ, झम्टने, चितोर्थे गरेर स्थानीयलाई हैरानी पारेको छ ।’

गाउँका जङ्गल, खरबारीमा रुख बिरुवा बढ्दै गएका छन् । महिला, ज्येष्ठ नागरिक, बालबालिकालाई देख्यो कि बाँदरले झम्टिने गरेको हुँदा घरभित्र ढोका लगाएर बस्नुपर्ने अवस्था रहेको अर्याल बताउँछन् ।

एक समूहमा तीन सय देखि पाँच सयसम्म बाँदर एकै पटक गाउँ पस्ने गरेकाले स्थानीयलाई ज्यान जोगाउन डर त्रास छ ।

राम्रो सिँचाइ सुविधा पुगेको बिर्ताखण्डको सात रोपनी जग्गामा वर्षे धान खेतीबाहेक अन्य अन्नबाली लगाउन छाडेको छविलाल डुम्रेले बताए । सो जग्गामा उनले विगतमा विभिन्न बालीनाली लगाएर उत्पादन लिँदै आएकाथिए ।

मकै, गहुँ, आलु, चना, केराउ, तोरीलगायतका विभिन्न अन्नबाली राम्रै उत्पादन हुने करिब सात रोपनी खेतमा वर्षको एकबाली धानबाली मात्र लगाउने गरेको उनी बताउँछन् ।

बाँदर समस्याले विगत सात वर्षदेखि उब्जाउशिल जमिन बाँझिन पुगेको उनको गुनासो छ ।

‘सिँचाइ सुविधा राम्रो भएपछि खेती गरेर अन्नबाली स्याहार्नै पाइँदैन, वर्षे धान खेतीबाहेक अन्य बाली लगाउन छाडेको धेरै वर्ष भइसक्यो’, उनले भने, ‘बाँदरको विकराल समस्याले खेती गरेर ढुक्कले बालीनाली स्याहार्न नपाएपछि हामी किसानले कसरी जीविकोपार्जन गर्ने हो भन्ने पिरलोले रातदिन सताउँछ, खेती गरेर खान खोज्दा पनि बाँदरले गर्न पाइँदैन ।’

जङ्गल बढ्दै जाँदा ठूलो समूहमा आएका बाँदरले स्थानीयलाई घरमा बस्नसमेत डर त्रास बढेको छ । खेती गरेर लगानी उठाउन नसकिने अवस्था छ ।

समूहमा गाउँ पसेका बाँदरले घरका आँगन, बार्दली, पिँढीमा राखेका अनाज खाएर सखापै पार्ने गरेको छ । माथिल्लो बारीमा पर्ने करिब तीन रोपनी जग्गा तीन वर्षदेखि बाँझिदै गएको पिताम्बर अर्याल बताउँछन् ।

उनले बालीनाली लगाएर स्याहार्नै नपाइने अवस्था भएपछि अहिले खेती गर्न छाडेका छन् । खेती गर्न छाडेपछि रुख बिरुवाले जमिन ढाकेको छ ।

राम्रो अन्नबाली उत्पादन हुने बलौटा डुम्रीकुना खेत अहिले बाँझो बनेको बताउँछन्, नारायण रेग्मी । उनको दाजुभाइसहितको करिब एक सय पाँच रोपनी जग्गामध्ये हाल ५० रोपनी जग्गा बाँझै छ । राम्रै अन्नबाली उब्जाउ हुने जमिन भएपछि बाँदर आतङ्कले खेती गर्नै छाडेको उनको भनाइ छ ।

सगाहा क्षेत्रका सानो चनौटेको करिब ११, अम्मोटे क्षेत्रका २४, सुखौटाका ५०, बुढीयाबारी एक सय ५०, बिर्ताखण्डको ३५, सगाहाको माथिल्लोबारी एक सय, सिमलगैरा खण्डको एक सय ५० रोपनी क्षेत्रफल बाँझिदै गएको छ ।

खेतखण्ड रहेका अम्मौटे, सुखौरा, सानो चनौटे, बिर्ता क्षेत्रमा राम्रो सिँचाइ सुविधा पुगे पनि बाँदरले सताउन थालेपछि अहिले बाँझै राख्न कृषक बाध्य छन् ।

पहिला वनजङ्गलमा प्रशस्त मात्रामा बाँदरका लागि आवश्यक पर्ने विभिन्न फलफूल, कन्दमूल पाइन्थ्यो । हिजोआज सालका रुखबाहेक अन्य रुख फँडानी गर्ने कार्यले आहार अभावमा बाँदर गाउँ पस्न थालेको हो ।

हिजो घाँस काट्ने खरबारी अहिले वनजङ्गलमा परिणत भएको छ । जसले गर्दा बाँदरले सोही खरबारीलाई बासस्थान बनाएर गाउँमा ठूलो सङ्ख्यामा पसेर सताउने गर्दछ ।

यो क्षेत्रमा विगत पाँच सात वर्षदेखि बाँदर पसेर सताउने गरे पनि स्थानीयले ढुक्कले खेती लगाएर स्याहार्न पाएका छैनन् । बाँदर धपाएर पनि नभाग्ने भएपछि खेती नै लगाउन छाडेको कृषकको गुनासो छ ।

गाउँमा युवापुस्ता पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा बाहिर रहने, घरमा बालबालिका, ज्येष्ठ नागरिक, महिलामात्रै बस्ने गर्दा पनि बाँदरले घरमा एक्लै देखेमा मानिसलाई झम्टने, चिथोर्ने, घरभित्र राखेका विभिन्न खानेकुरा खाने गरेको छ । बाँदर आतङ्कले रम्भाको सगाहा मात्र नभई अन्य क्षेत्रमा पनि सताइरहेको छ ।

कतिपय ठाउँमा बाँदरकै कारण स्थानीयले आफ्नो थलो छाड्नुपरेको छ । गाउँमा बसेर खेती गरेर खान नपाउने अवस्था भएपछि सहर बजार नजिकका क्षेत्र तथा तल्ला समथर क्षेत्रमा स्थानीय बसाइँसराइ गरी जान बाध्य छन् ।

गाउँका खेतीयोग्य जमिन बाँझो बनेको छ । सहर बजार तथा तल्ला समथर क्षेत्रमा बसोबास भरिन थालेका छन् । खानेपानी, सिँचाइ, मोटरबाटोलगायतका सुविधा भए पनि बाँदर समस्याको कारण देखाउँदै पछिल्लो समय धेरैले पुर्खौली बस्ती छाड्दै गएको बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबीच धेरै विषयमा समानता छ: वर्षमान पुन

काठमाडौं । नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच धेरै विषयमा समानता रहेको बताएका छन्। रास्वपाको प्...

ऐतिहासिक जिम्मेवारी र चुनौती अब रास्वपामाथि पनि आइपुगेको छ : अध्यक्ष यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण सर्त सुशासन भएको बताएको छन् ।  राष्ट्र...

बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई भोट दिएका छन्: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी मतदाताको समेत समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ...

रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा र विकल्प हुनुपर्छ: स्वर्णिम वाग्ले

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति  एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफ्नो पार्टी केवल सरकार फेर्ने अभियानमा मात्र नभई समग्र...

हाम्रो प्रधानमन्त्री अलग हि लेभलका बन्दा है- सिके राउत

काठमाडौं । सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन समारोहलाई सम...

रास्वपाले महाधिवेशन निर्वाचनका लागि आयोग र समिति परिचालन गर्‍यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न केन्द्रीय निर्वाचन आयो...

घण्टी बजाएर रास्वपा महाधिवेशन उद्घाटन, रवि-बालेनसँगै गगनले पनि बजाए घण्टी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर गरेका...

रास्वपा महाधिवेशन चितवनमा सुरु, गर्मी र भीडबीच वर्षाले राहत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आजदेखि भरतपुर मा सुरु भएको छ। महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरू स...

रास्वपाको पहिलो महाधिवेशन चितवनमा सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन भरतपुर मा सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्र महामन्त्री काबिन्द्र बुर्लाकोटील...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending