Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बाँदर आतङ्कले खेतीयोग्य जमिन बाँझिदै

खबरडबली संवाददाता

पाल्पा । राम्रो उब्जाउशील जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् ।

वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन् ।

मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका विभिन्न बाली लगाएर स्याहार्न नपाएपछि हिजोआज कृषकले खेती गर्नै छाडेको बताउँछन् सगाहाका अगुवा कृषक ऋषिराम अर्याल ।

उनको सानो चनौटे क्षेत्रमा मात्रै करिब आठ रोपनी जमिन अहिले बाँझै छ । वर्षमा तीनबाली राम्रो उत्पादन दिने खेत भए पनि बाँदरले लगाएको बाली माटोभित्र खोस्रेर खान थालेपछि अहिले धानबालीबाहेक अन्य खेती लगाउन अर्यालले छाडेनन् ।

‘रातदिन खेतबारीमा कुरेर बस्न सकिएन, माटोभित्र लगाएको बीउसमेत खोस्रेर खाएर केही उब्जन पाउँदैन’, उनले भने, ‘सिँचाइ प्रशस्त लाग्ने जमिन भए पनि बाँदरकै कारण जग्गा बाँझो राख्न बाध्य छौँ, आफूले वर्षाौंदेखि खेती गरिरहेको जमिन बाँझिदा मन खुसी छैन, बाँदरले घरमा एक्लै बस्न नसक्ने अवस्था छ, झम्टने, चितोर्थे गरेर स्थानीयलाई हैरानी पारेको छ ।’

गाउँका जङ्गल, खरबारीमा रुख बिरुवा बढ्दै गएका छन् । महिला, ज्येष्ठ नागरिक, बालबालिकालाई देख्यो कि बाँदरले झम्टिने गरेको हुँदा घरभित्र ढोका लगाएर बस्नुपर्ने अवस्था रहेको अर्याल बताउँछन् ।

एक समूहमा तीन सय देखि पाँच सयसम्म बाँदर एकै पटक गाउँ पस्ने गरेकाले स्थानीयलाई ज्यान जोगाउन डर त्रास छ ।

राम्रो सिँचाइ सुविधा पुगेको बिर्ताखण्डको सात रोपनी जग्गामा वर्षे धान खेतीबाहेक अन्य अन्नबाली लगाउन छाडेको छविलाल डुम्रेले बताए । सो जग्गामा उनले विगतमा विभिन्न बालीनाली लगाएर उत्पादन लिँदै आएकाथिए ।

मकै, गहुँ, आलु, चना, केराउ, तोरीलगायतका विभिन्न अन्नबाली राम्रै उत्पादन हुने करिब सात रोपनी खेतमा वर्षको एकबाली धानबाली मात्र लगाउने गरेको उनी बताउँछन् ।

बाँदर समस्याले विगत सात वर्षदेखि उब्जाउशिल जमिन बाँझिन पुगेको उनको गुनासो छ ।

‘सिँचाइ सुविधा राम्रो भएपछि खेती गरेर अन्नबाली स्याहार्नै पाइँदैन, वर्षे धान खेतीबाहेक अन्य बाली लगाउन छाडेको धेरै वर्ष भइसक्यो’, उनले भने, ‘बाँदरको विकराल समस्याले खेती गरेर ढुक्कले बालीनाली स्याहार्न नपाएपछि हामी किसानले कसरी जीविकोपार्जन गर्ने हो भन्ने पिरलोले रातदिन सताउँछ, खेती गरेर खान खोज्दा पनि बाँदरले गर्न पाइँदैन ।’

जङ्गल बढ्दै जाँदा ठूलो समूहमा आएका बाँदरले स्थानीयलाई घरमा बस्नसमेत डर त्रास बढेको छ । खेती गरेर लगानी उठाउन नसकिने अवस्था छ ।

समूहमा गाउँ पसेका बाँदरले घरका आँगन, बार्दली, पिँढीमा राखेका अनाज खाएर सखापै पार्ने गरेको छ । माथिल्लो बारीमा पर्ने करिब तीन रोपनी जग्गा तीन वर्षदेखि बाँझिदै गएको पिताम्बर अर्याल बताउँछन् ।

उनले बालीनाली लगाएर स्याहार्नै नपाइने अवस्था भएपछि अहिले खेती गर्न छाडेका छन् । खेती गर्न छाडेपछि रुख बिरुवाले जमिन ढाकेको छ ।

राम्रो अन्नबाली उत्पादन हुने बलौटा डुम्रीकुना खेत अहिले बाँझो बनेको बताउँछन्, नारायण रेग्मी । उनको दाजुभाइसहितको करिब एक सय पाँच रोपनी जग्गामध्ये हाल ५० रोपनी जग्गा बाँझै छ । राम्रै अन्नबाली उब्जाउ हुने जमिन भएपछि बाँदर आतङ्कले खेती गर्नै छाडेको उनको भनाइ छ ।

सगाहा क्षेत्रका सानो चनौटेको करिब ११, अम्मोटे क्षेत्रका २४, सुखौटाका ५०, बुढीयाबारी एक सय ५०, बिर्ताखण्डको ३५, सगाहाको माथिल्लोबारी एक सय, सिमलगैरा खण्डको एक सय ५० रोपनी क्षेत्रफल बाँझिदै गएको छ ।

खेतखण्ड रहेका अम्मौटे, सुखौरा, सानो चनौटे, बिर्ता क्षेत्रमा राम्रो सिँचाइ सुविधा पुगे पनि बाँदरले सताउन थालेपछि अहिले बाँझै राख्न कृषक बाध्य छन् ।

पहिला वनजङ्गलमा प्रशस्त मात्रामा बाँदरका लागि आवश्यक पर्ने विभिन्न फलफूल, कन्दमूल पाइन्थ्यो । हिजोआज सालका रुखबाहेक अन्य रुख फँडानी गर्ने कार्यले आहार अभावमा बाँदर गाउँ पस्न थालेको हो ।

हिजो घाँस काट्ने खरबारी अहिले वनजङ्गलमा परिणत भएको छ । जसले गर्दा बाँदरले सोही खरबारीलाई बासस्थान बनाएर गाउँमा ठूलो सङ्ख्यामा पसेर सताउने गर्दछ ।

यो क्षेत्रमा विगत पाँच सात वर्षदेखि बाँदर पसेर सताउने गरे पनि स्थानीयले ढुक्कले खेती लगाएर स्याहार्न पाएका छैनन् । बाँदर धपाएर पनि नभाग्ने भएपछि खेती नै लगाउन छाडेको कृषकको गुनासो छ ।

गाउँमा युवापुस्ता पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा बाहिर रहने, घरमा बालबालिका, ज्येष्ठ नागरिक, महिलामात्रै बस्ने गर्दा पनि बाँदरले घरमा एक्लै देखेमा मानिसलाई झम्टने, चिथोर्ने, घरभित्र राखेका विभिन्न खानेकुरा खाने गरेको छ । बाँदर आतङ्कले रम्भाको सगाहा मात्र नभई अन्य क्षेत्रमा पनि सताइरहेको छ ।

कतिपय ठाउँमा बाँदरकै कारण स्थानीयले आफ्नो थलो छाड्नुपरेको छ । गाउँमा बसेर खेती गरेर खान नपाउने अवस्था भएपछि सहर बजार नजिकका क्षेत्र तथा तल्ला समथर क्षेत्रमा स्थानीय बसाइँसराइ गरी जान बाध्य छन् ।

गाउँका खेतीयोग्य जमिन बाँझो बनेको छ । सहर बजार तथा तल्ला समथर क्षेत्रमा बसोबास भरिन थालेका छन् । खानेपानी, सिँचाइ, मोटरबाटोलगायतका सुविधा भए पनि बाँदर समस्याको कारण देखाउँदै पछिल्लो समय धेरैले पुर्खौली बस्ती छाड्दै गएको बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending