Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँः खनाल

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताएका छन् ।

जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले आज यहाँ आयोजना गरेको वातावरणसम्बन्धी अन्तरक्रियामा उनले विकासका लागि राजनीति गर्न नहुने बताए। “राजनीतिलाई फरक ढङ्गले अगाडि बढाउनुपर्छ, अर्को पार्टीलाई निषेध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ”, उनले भने।

खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती करिडोरको विकासका बारेमा धेरै छलफल हुन नसकेको बताए। संसारको प्रदूषित सहरमध्ये काठमाडौँसमेत भएको जनाउँदै यसलाई वातावरणमैत्री बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
उनले सङ्घ र प्रदेश सरकार कानुन बनाउन व्यस्त हुने भएकाले स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासका लागि विशेष चासो दिनुपर्ने बताए । “सङ्घ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासमा लाग्नुपर्छ”, उनले भने ।

नेपाली कांग्रेसकी नेत्री एवम् बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले वातावरणमैत्री सहरका व्यक्ति र घरपरिवारबाट चेतना आउनुपर्ने बताए । वृक्षरोपण गर्दा मानव जीवनलाई प्रत्यक्ष फाइदा पुग्ने रूखबिरुवा रोप्नुपर्ने उनको भनाइ थियो ।

उनले सडक कालोपत्र गर्दा ढल, खानेपानी र बिजुलीको अवस्थालाई राम्रोसँग अध्ययन गर्नुपर्ने बताए । नीति निर्माणसँगै स्थानीय तहको विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको खड्गीले बताए ।

नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले विकासका लागि जनप्रतिनिधिको इच्छाशक्ति हुनुपर्ने बताए। टोखा–९ का वडाअध्यक्ष रामभक्त घिमिरेले स्थानीय सरकारदेखि केन्द्रीय सरकार सहकार्य गरेर अगाडि बढेमात्र स्थानीय तहको विकास हुने बताए ।

जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले काठमाडौँलाई स्वच्छ, हराभरा र वातावरणमैत्री सहर बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए। प्राकृतिक वातावरण र राजनीतिक वातावरण राम्रो भएमात्र देशको विकास सम्भव हुने अध्यक्ष दासको भनाइ छ ।

सिद्धेश्वर करिडोर समितिका अध्यक्ष उमाकान्त सिवाकोटीले विष्णुमती करिडोरलाई सुन्दर, सफा र हराभरा बनाउन तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पाल्पामा ७५ बर्षिय बृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ ग...

श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जान...

बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययन अनुमतिपछि स्थानीय उत्साहित

बागलुङ । खानी तथा भूगर्भ विभागले बागलुङको तमानखोला गाउँपालिकामा रहेको तामाखानीको अवस्था अध्ययनका अनुमति दिएपछि उत्साहित भएका छन् ।  एक सय वर्षदेखि ...

सलमानको घर बाहिर गोली हान्ने एक आरोपीले हिरासतमा गरे आत्महत्या !

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अन...

काठमाडौं नजिकै भेटियो डाँफे जोडी

काठमाडौँ । काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामील...

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

रौतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ । अत्यध...

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछ...

पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क हुने

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले का...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर...

ब्याटिङमा नेपालको संघर्ष, पाँचौं विकेट गुमायो

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २० रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्शले आउट गरेका हुन् । ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies