Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

दक्षिण कोरिया कसरी युक्रेन युद्धको प्रमुख खेलाडी हुन सक्छ?

खबरडबली संवाददाता

काठमाडौं । रुसले युक्रेनविरुद्ध तीव्र हमला सुरु गरेको एक वर्षभन्दा बढी समय भइसकेको छ। यसबीचमा विश्वले थुप्रै आश्चर्यजनक घटनाक्रम देखेको छ।

लडाइँको सुरुवातमा धेरै विज्ञहरूले यस द्वन्द्वले हामीलाई उच्च प्रविधि केन्द्रित भविष्यको युद्ध कस्तो हुन्छ भन्नेबारे केही सङ्केत दिने आकलन गरेका थिए।

उनीहरूको आकलन केही हदसम्म सही भए पनि यस युद्धले ट्याङ्क र तोपजस्ता परम्परागत अस्त्रहरू अझै सान्दर्भिक छन् भन्ने पुष्टि गर्‍यो। र, युद्धको यही पाटोमा दक्षिण कोरियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। के-पप र सामसङका कारण विश्वव्यापी परिचित देश, सबैभन्दा ठूलो हतियार निर्यातकर्ताहरूमध्ये एक पनि हो।

स्टकहोम इन्टरन्याशनल पीस रिसर्च इन्स्टिट्यूट (एसआईपीआरआई) ले मार्चमा सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार सन् २०२२ मा दक्षिण कोरिया नवौँ ठूलो अस्त्र निर्यातकर्ता थियो। दक्षिण कोरियाको रक्षा मन्त्रालयले गत वर्ष देशले हालसम्मकै सर्वाधिक, १७ अर्ब डलर बराबरको अस्त्र निर्यातको कीर्तिमान कायम गरेको घोषणा गरेको थियो।

सायद यो कुनै अचम्मको विषय होइन किनकि दक्षिण कोरिया अझै पनि कुनै न कुनै रूपमा उत्तर कोरियासँग युद्धमा छ। यी दुई राष्ट्रले हालसम्म शान्ति सन्धिमा हस्ताक्षर गरेका छैनन्। उनीहरू बीच सन् १९५३ मा युद्धविराम सम्झौता मात्र भएको थियो।

“विश्वको कुनै पनि राष्ट्रको तुलनामा सम्भवतः कोरियाले ठूलो परिमाणमा अस्त्रहरू भण्डारण गरेको छ। साथै उनीहरूको अस्त्र उत्पादन क्षमता पनि निकै ठूलो छ,” सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरन्याश्नल स्टडिजका कोरिया प्रमुख, डा. भिक्टर चाले भने।

“यति बेला रुससँगको द्वन्द्वमा युक्रेन र उसलाई सघाइरहेको नेटोलाई केही आवश्यक छ भने त्यो अस्त्रहरू नै हो,” उनले दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको अघिल्लो साता भएको अमेरिका भ्रमणअघि भएको एक पत्रकार सम्मेलनमा भने।

सन् १९५०-५३ को कोरियाली युद्धपश्चात् अमेरिका र दक्षिण कोरियाबीच भएको दुई पक्षीय गठबन्धनको ७० औँ वार्षिकोत्सव मनाउन युन अमेरिका पुगेका थिए। उनी ६ दिन लामो राजकीय भ्रमणमा निस्किएका थिए।

युक्रेनलाई प्रत्यक्ष अस्त्र आपूर्ति गर्न दक्षिण कोरियामाथि पश्चिमी शक्तिहरूको दबाव बढ्दै गएको छ। गत साता भएको शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले युनसँग यससम्बन्धी आफ्ना मागहरू अघि सार्ने अनुमान गरिएको थियो। तर सार्वजनिक विवरणहरूको आधारमा त्यस्तो भएको देखिँदैन।

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले राष्ट्रपतिहरूले भेटवार्तामा युक्रेनलाई सैन्य सहायताको मुद्दामा छलफल नभएको वासिङ्गटनमा पत्रकारहरूलाई बताए। यद्यपि, "युक्रेन मुद्दा एकदमै संक्षिप्त रूपमा उल्लेख गरिएको" उनले जिकिर गरे।

तर विज्ञहरू पश्चिमा दबाव जारी रहने सम्भावनाबारे बताउँछन्। दक्षिण कोरियाले अहिलेसम्म किएभलाई ग्यास मास्क, गोली प्रतिरोधी पोसाक र चिकित्सा आपूर्तिहरू लगायत मानवीय र आर्थिक सहायता मात्र उपलब्ध गराएको छ।

दक्षिण कोरियाले युद्धमा रहेका देशहरूमा सैन्य उपकरण पठाउन निषेध गर्ने आफ्नो राष्ट्रिय कानुन उल्लेख गर्दै युक्रेनमा प्रत्यक्ष घातक सहायता आपूर्ति नगर्ने अडान लिएको छ।

दक्षिण कोरियाले आफ्ना शक्तिशाली छिमेकी देशहरू चीन र रुससँगको सन्तुलन कायम गर्नुपर्ने जटिल भूराजनीतिक अवस्थाको कारण यस्तो भएको ठानिन्छ।

रुसले दक्षिण कोरियामा अत्यधिक कच्चा तेल र ग्यास निर्यात गर्छ। ऊ रुसविरुद्धको पछिल्लो ऊर्जा प्रतिबन्धहरूमा सहभागी भएको छैन र उसले उत्तर कोरियाको तुलनामा प्रशस्त लाभ उठाउन सक्छ।

"सामान्य देशहरूका लागि पनि वैचारिक रूपमा विभाजित युद्धमा एउटाको पक्ष लिन कठिन हुन्छ। तर कोरिया जसरी विभाजित देशले त्यसो गर्नु सुझबुझपूर्ण होइन," युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका प्राध्यापक किम डोङ-युपले सोलमा भने।

"कूटनीतिमा तपाईँलाई रणनीतिक अस्पष्टता वा रणनीतिक निश्चितताको साटो रणनीतिक स्वायत्तता आवश्यक पर्छ। युद्धरत पक्षलाई घातक अस्त्र उपलब्ध गराउनु भनेको लचकता त्याग्नु हो र त्यो गल्ती हो।"

युनले रोयटर्ससँगको पछिल्लो अन्तर्वार्तामा व्यापक नागरिक आक्रमणको अवस्थामा सैन्य सहायता प्रदान गर्न सकिने सङ्केत गरे। लगत्तै, रुसले चेतावनी दिन समय लगाएन।

राष्ट्रपति भ्लादिमिर पुटिनका निकटतम सहयोगी मध्येका एक पूर्व रुसी राष्ट्रपति दिमित्री मेद्भेदेभले आफ्नो टेलिग्राममार्फत् भनेका छन्: "म सोच्छु- त्यस देशका जनताले रुसका नवीनतम हतियारहरू आफ्ना निकट छिमेकीहरू, हाम्रो मित्र उत्तर कोरियालीहरूको हातमा देखे के भन्लान्? भनिन्छ नि सहयोगको बदला सहयोग।“

तनावका बीच, दक्षिण कोरियाले पहिले नै युक्रेनलाई हतियार दिने सम्बन्धमा आफ्नो अडान गोप्य रूपमा परिवर्तन गरेको हुन सक्छ।

दक्षिण कोरियाले ट्याङ्क र लडाकू विमानहरूको आपूर्तिका लागि गत वर्ष पोल्यान्डसँग आफ्नो सबैभन्दा ठूलो सैन्य निर्यात सम्झौतामा हस्ताक्षर गरेको थियो। दक्षिण कोरियाली दैनिक डोङ्गा इल्बोका अनुसार दक्षिणले गत महिना अमेरिकालाई पाँच लाख राउन्ड १५५ एमएम तोपका गोलाहरू “बेच्नु”को साटो "उधारो" दिने सम्झौता गरेको थियो। उसले राष्ट्रिय कानुनले लगाएका प्रतिबन्धहरू छल्न त्यसो गरेको थियो।

यसले वासिङ्टन र नेटो सहयोगीहरूलाई युक्रेनलाई गोला बारुद आपूर्ति गर्न केही हदसम्म लचिलोपना प्रदान गर्न सक्छ। उनीहरूले नयाँ आपूर्ति गरिएको दक्षिण कोरियाली अस्त्रहरू आफ्नो घट्दो भण्डारमा राख्दै आफ्ना हतियारहरू चाहिँ युक्रेन पठाउन सक्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE