Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

काठमाडौँमा आर्थिक अपराधका घटना ह्वात्तै बढ्यो

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरीवृत्त दरबारमार्गले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’मा उनले पछिल्लो समय काठमाडौँभित्र आर्थिक अपराधसम्बन्धी ‘चेक बाउन्स’का घटनामा उजुरी  बढेको बताएका हुन् । “काठमाडौँमा दैनिक ‘चेक बाउन्स’ सम्बन्धी ३० देखि ३५ उजुरी प्रहरीकामा आउने गरेको छ, मासिक झण्डै एक हजारभन्दा बढी उजुरी आउँछन्, आर्थिक अपराधका घटनाबाट सजग हुनुपर्छ”, उनले भने । 

डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेको सङ्ख्यासमेत बढेको उनको भनाइ छ । काठमाडौँ प्रहरी प्रमुख कार्कीले रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन आचारसंहिता बनाएर लागू गर्नुपर्ने उल्लेख गरे । उनले काठमाडौँको ठमेल, चितवनको सौराहा र कास्कीको बैदाम क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्न विगतमा सरकारले योजना बनाएको भन्दै यस क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समाजमा हुने अपराध न्यूनीकरण गर्दै शान्त वडा निर्माणका लागि महानगरपालिकाले काम गरिरहेको बताए । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न व्यावसायिक आचारसंहिता बनाएर लागू गर्नुपर्ने बताए ।       प्रहरीवृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रलाई समृद्ध बनाउन यस क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने बताइन् । कार्यक्रमका सहभागीले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रको व्यवसायलाई व्यवस्थित गर्नुेपर्नेमा जोड दिएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अब इलामको विकासको जिम्मा सुहाङले लिन्छन्ः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् । इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोध...

खडेरी र अम्लियपनाका कारण तरकारी र मकै बालीमा रोग कीराको प्रकोप

म्याग्दी । पाँच महिनादेखिको खडेरी, माटोमा अम्लियपनाको वृद्धि र वनजङ्गलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढ्दा म्याग्दीका किसानले लगाएको तरकारी, फलफू...

जसपाको केन्द्रीय निर्वाचन समिति गठन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ । केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकारबमोजिम अधिवक्ता ...

नेप्से दोहोरो अंकले बढ्यो, यी कम्पनीको सेयर सकारात्मक सर्किट

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार नेप्से बढेर २००६.२८ विन्दुमा रोकिएको छ ।  आज ३२० कम्पनिको १ करोड १८ लाख ३८ हजार १५० कित्ता ...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्दै तेस...

टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को को परे ?

काठमाडौँ । इङल्याण्डले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि इङल्याण्ड...

कर्णालीमा कसको भागमा कुन मन्त्रालय ?

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले राज्यमन्त्री थप गरेर एमालेको भागमा परेको कानुन मन्त्रालय...

काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थ...

सिधा कुरा डटकममा प्रकाशित समाचारको विषयमा महासंघः सर्वोच्चको आदेश संबिधानको भावनासँग बाझियो

काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकमको‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा चालेको कदम र त्यस सन्दर्भमा दिएको पछिल्...

सुदूरपश्चिममा नाउपाकी थापाद्वारा कृषि मन्त्रीको शपथ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नव नियुक्त नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले पद तथा गोपनीयताको श...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies