Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भुटानी शरणार्थी प्रकरण- नीति मिलाउने टोपबहादुर र इन्द्रजित नेता मनाउने गिरोह

खबरडबली संवाददाता

काठमाडौं ।  भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ। 

कांग्रेसभित्र उपल्लो तहमा प्रभाव राख्ने कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मन्जु खाण नै लेनदेनमा संलग्न भएको अडियो बाहिरिएपछि गिरोहलाई सहजीकरण गर्न राजनीतिक नेतृत्व नै संलग्न भएको आशंका बढेको छ।

साथै गृह मन्त्रालयको निरन्तर उत्तराधिकारीका रूपमा आएका तत्कालीन बालकृष्ण खाणले नै भुटानी शरणार्थीको समस्या समाधान गर्ने नाममा गिरोहलाई पैसा उठाउन बल पुग्नेगरी ताकेता गर्दा उनको संलग्नता लुकाउने ठाउँ भेटिएको छैन। यद्यपि खाण र आरजु राणाले यो विषयमा आफ्नो संलग्नता नभएको बताएका छन्। यही प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ नै परिसकेका छन्।

गृह मन्त्रालयमा नीति मिलाउने कार्यमा एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राई संलग्न थिए। राई तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार नियुक्त भएका थिए। उनी नियुक्त भएपछि नै गिरोहले आफ्नो काम थालेको थियो।

सो गिरोहले प्रशासनिक काममा राईलाई प्रयोग गरेको थियो भने रायमाझीले भुटानी शरणार्थी स्थायी र दीर्घकालीन समस्या समाधान गर्न कार्यदल गठनका लागि तत्कालीन गृहमन्त्री थापालाई मनाएका थिए।

सल्लाहकार राई गोप्य भन्दै सधैं शरणार्थीहरूको फाइल बोकेर हिँड्ने गर्थे। रायमाझी मन्त्रीलाई भेटेर मनाउने गर्थे, त्यही क्रममा कार्यदल बनेको हो,’ तत्कालीन मन्त्रीको सचिवालयमा बसेर काम गरेका एक सदस्यले भने। उनका अनुसार रायमाझीकै दबाबमा कार्यदल बनेपछि गिरोहका सदस्यहरू निकै सक्रिय भएका थिए।

स्रोतका अनुसार गिरोहमा संलग्न मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी, पाँचथरका कुमार गुरुङ, दाङका सन्देश शर्मा छन् भने एकजना अमेरिका पनि बस्छन्। प्रहरीले अमेरिकामा रहेका व्यक्तिको नाम सार्वजनिक गर्न चाहेको छैन। उनी अमेरिका पुगेपछि मात्रै प्रहरीमा यस प्रकारको गहिरो सूचना आएको थियो।

‘यतिबेला अनुसन्धानलाई हेर्दा रायमाझी र राई नीति मिलाउने, गिरोहका सदस्यहरू राजनीतिज्ञहरूलाई मिलाउनेमा सक्रिय हुने गरेको बुझिन आएको छ, पक्राउ परेकाहरूको बयानलाई हेर्ने हो भने पनि यही देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

एमाले सचिव रायमाझी अहिले फरार छन्। प्रहरीले पक्राउ पुर्जी जारी गर्नेबित्तिकै उनी फरार भएका हुन्। उनी फरार भए पनि विभिन्न शंका–उपशंका उत्पन्न भएपछि प्रहरीले उनको खोजी जारी राखेको बताइएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending