Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

स्टक एक्सचेन्जको लाइसेन्स हत्याउन ‘बिचौलिया’ भट्टको चलखेल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकारको स्वमित्वमा रहेको एकमात्रै स्टक एक्सचेन्जको स्वमित्व हत्याउन ‘बिचौलिया’को छवी बनाएका दीपक भट्टले चलखेल गरेपछि अन्तिम अवस्थामा पुगेको छ । 

प्राय सबै दलका शिर्ष नेताहरुको बेडरुमसम्म पुग्ने भनेर चिनिएका भट्टले स्टक एक्सचेन्जको लाइसेन्स दिने नीतिदेखि आफ्नै कम्पनिले पाउनेसम्मको सेटिङ् मिलाएको चर्चा वित्त क्षेत्रमा चलेको छ । 

१ अर्ब ५० करोड भन्दा बढी लाभांश लिईरहेको  नेपाल सरकारको स्वमित्वमा रहेको स्टक एक्सचेन्जको स्वमित्व अब निजी कम्पनिको जाने भएको हो । अहिले निश्चित समूहलाई फाइदा पुग्नेगरी स्टक एक्सचेन्जको शेयर विनिवेश गर्न छोडेर गरिने अन्य कार्य वित्तीय अपराध नै हुन्छ । हाल यसरी स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिनु पुरानो स्टक एक्सचेन्जलाई कमजोर बनाउने उद्देश्यले प्रेरित छ । नेपाल जस्तो नियामक संयन्त्र कमजोर भएको देशमा इनसाइडर ट्रेडिङ लगायतका बजार अराजककता आउने विगतको अनुभव समेत छ ।

नेपाल स्टक एक्सचेन्जको वतर्मान प्रतिशेयर मूल्य DDA -Due Diligence Audit  गरी मंसिर २, २०६५ मा हिसाब निकालिएको थियो । जस्माFair Market Value रु.९६८७.३९ मिलियन सम्पत्ति र प्रतिशेयर रु. १०७५.३८ कायम गरिएको थियो ।

यस्तो मुल्य (Earning Method, Discount Cash Flow Method)  को आधारमा द्यययप ख्बगिभ उभच क्जबचभ कायम गरिएको थियो । यसकै आधारमा लिलाम बढाबढ Book Value per Share   विनिवेशमा जाँदा पनि नेपाल सरकारलाई कम्तीमा करिव २० अर्ब रुपैयाँ प्राप्त हुने देखिन्छ ।
नीतिगत तहमा आफु अनुकुल हस्तक्षेप र चलखेल गर्न माहिर मानिएका भट्टकै सेटिङमा स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने निर्णय भएको चर्चा चलिरहेको बेला भट्टकै कम्पनि हिमालयन स्टक एक्सचेन्जले पाउने गरी सेटिङ भएको हो ।

नयाँ स्टक एक्सचेन्जका लागि धितोपत्र बोर्डमा तीनवटा कम्पनीले आवेदन दिएका छन् । हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् । 

बेला जसका लागी भट्टले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पत्नीतथा कांग्रेस नेतृ आरजु राणामार्फत अर्थमन्त्रीसँग चलखेल गरिरहेको सुत्रले बताएको छ । 

हिमालयमा शंकर ग्रुपका शुलभ अग्रवाल, दीपक भट्टको १५/१५ प्रतिशत शेयर रहेको छ भने  पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ र आशिष श्रेष्ठको पनि लगानी रहेको छ ।

अग्रवाल र भट्टको व्यापारिक साझेदारीका बारेमा यसअघि पनि समाचारहरु बाहिरिएका थिए ।  

थप पढ्नुहोस्

जगदम्बाले किन पठायो भट्टको खातामा यति ठुलो रकम ? किन हुँदैन छानविन ?

हाइड्रोका ‘पप्पु’ भट्ट दाजुभाइः जो मन्त्री र सचिव हेरफेर गर्ने हैसियत राख्छन्

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा प्रधानमन्त्री प्रचण्डको दमदार सम्बोधन : विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।   प...

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy