Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

विपद् जोखिममा रहेका टीकापुरका पालिकामा साइरन जडान गरिँदै

खबरडबली संवाददाता

टीकापुर । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा प्रकोपको जोखिम रहेका स्थानमा सूचना प्रवाहका लागि साइरन जडान गर्न थालिएको छ । यी पालिकामा सबैखाले विपद् तथा प्रकोपका समयमा सहज सूचना प्रदान गर्नका लागि बहु–विपद पूर्व सचेतना उपकरण साइरन जडान गर्न थालिएको हो । जानकी गाउँपालिकाका तीन स्थानमा साइरन जडान गरिएको छ भने टीकापुरमा तीन स्थानमा जडान गर्ने तयारी छ । जानकी–४, ६ र ९ मा साइरन प्रणाली जडान भएको पालिकाले जानकारी दिएको छ । विपत तथा प्रकोपका बेला आइपर्ने सम्भावित जोखिमबाट बच्न तथा क्षति न्यूनीकरण गर्नका लागि स्थानीयवासीलाई सहज र छिटो सूचना दिन साइरन प्रणाली जडान गरिएको गाउँपालिकाका विपद् फोकल पर्सन नेत्रप्रसाद जैशीले बताए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रु १० लाख सहयोगमा वडा नं ४ को वडा कार्यालय मुनुवा, वडा नं ६ को बालज्योति आधारभूत विद्यालय जगतपुर र वडा नं ९ को वडा कार्यालय खैरीफाँटामा साइरन जडान गरिएको छ । उनले भने, ‘‘विपतका बेला प्रयोगमा आउने गरी अहिले साइरन जडान भएको छ ।’’

साइरन प्रणालीमार्फत विपद् जोखिम क्षेत्रमा रिमोट कन्ट्रोल, एसएमएस, अनलाइन र साइरनको आवाजमा सूचना सम्प्रेषण हुनेछ । यो प्रणालीमार्फत विपद्का बेला स्थानीय पालिका, जिल्ला, प्रदेश वा केन्द्रबाट सूचना प्रवाह गर्न सकिनेछ । सूचना प्रवाहका लागि पाँच सय मिटर पेरिफेरीमा रिमोटमार्फत वडा कार्यालय, एसएमएस र अनलाइन जानकारीका लागि गाउँपालिका विपद् शाखा र साइरनका लागि सम्बन्धी ठाउँका सम्बन्धित व्यक्तिमार्फत हुने जैशीले बताए ।

यसरी विपतका बेला साइरनबाट प्रवाह हुने, जानकारी दुई किलोमिटरको दुरीसम्म सुन्न सकिने र सोहीनुसार पूर्वतयारी, सजग तथा सचेत रहनमा सहयोग पुग्नेछ । विगतमा विपद आउँदा समुदायका सरोकारवाला व्यक्ति तथा बड्घर, जनप्रतिनिधि कहाँ एसएमसमार्फत जानकारी दिने गरिएको थियो । यी दुबै पालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत २४ सैँ घण्टा विपद्सम्बन्धी सूचना प्रवाह भइरहेका छन् । 

‘‘अब साइरनमार्फत सबैलाई एकैपटक सूचना प्रवाह गर्न सकिन्छ’’, जानकी–६ का वडाध्यक्ष इन्द्र चौधरीले भने, ‘‘सबैले बुझ्न सकिने गरी स्थानीय भाषामा सूचना सम्प्रेषण हुने भएकाले यो धेरै उपयोगी हुनेछ ।’’ टीकापुरकासमेत तीन स्थानमा साइरन जडान हुँदैछ । टीकापुरका विजयनगर सहरी स्वास्थ्य केन्द्र, भानु पुस्तकालय सत्ती र वडा नं ६ को वडा कार्यालयमा साइरन जडान गर्ने निर्णय भएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिइन् ।

‘‘टीकापुर–८ स्थित सत्ती पुलको पोलमा गेज स्केल निर्माण गर्ने भएका छौँ’’, उनले भनिन्, ‘‘टीकापुरले कर्णाली नदी तल्लो तटीय क्षेत्रमा पानीको सतहमापन गर्नका लागि गेज स्केल निर्माण गर्दैछ ।’’ यसका साथै टीकापुरमा सञ्चालित एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस जडान गर्ने प्रदेशको निर्णय कार्यान्वयन गराउन पालिकाले पहल गर्ने भएको छ । नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न थालेको बताए । योजना अद्यावधिक गर्न वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक बलिराम चौधरीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भएको छ । 

नगर प्रमुख थारुले भने, ‘‘वडास्तरीय विपद् व्यवस्थापन समिति र समुदायलाई विपद् जोखिम व्यवस्थापनमा मौसम पूर्वनुमानमा आधारित पूर्वकार्य, पूर्व सूचना संयन्त्र तथा विपद् उत्तरदायी सामाजिक सुरक्षासम्बन्धी अभिमुखिकरणसमेत गर्ने तयारी भएको छ ।’’ कैलालीका यी पालिका हरेक वर्ष आउने विपद्को जोखिमबाट जोगिन पूर्व तयारीमा जुटेका छन् । बाढीको जोखिम बढी झेल्दै आएका पालिकामा बाढीको समयमा आवश्यक पर्ने सामान, समुदायलाई सचेत गराउन विभिन्न तालिम, विपद्मा खट्ने जनशक्ति तयार जस्ता कार्य भइरहेका छन् ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending