Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान गिरफ्तार भएपछि चर्कियो तनाव, किन गरियो पक्राउ ?

खबरडबली संवाददाता

काठमाडौं । भ्रष्टाचारको आरोपमा पक्राउ परेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकहरूले देशव्यापी प्रदर्शनको आह्वान गरेका छन्।

उनको दल तहरिक-ए-इन्साफले मानिसहरूलाई बुधवार इस्लामावादस्थित ज्युडिसिअल कम्प्लेक्स बाहिर जम्मा हुन अपिल गरेको छ। कतिपय समर्थकहरूले लहोरको सैनिक शिविर बाहिर शिविर बनाएर रात बिताएका थिए।

उनको पक्राउको खबर फैलिएपछि भीड सैनिक कमान्डरको घरभित्र प्रवेश गरेको थियो। खानका समर्थक र सुरक्षा फौजबीच भिडन्त चलिरहँदा देशभर मोबाइल सेवा अवरुद्ध छ। हिंसामा एक जनाको ज्यान गएको छ।

खानलाई किन पक्राउ गरियो?

खानलाई इस्लामावादस्थित अदालत परिसरबाट मंगलवार अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका थिए।

भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए। बीबीसी संवाददाता शुमाइला जाफरीका अनुसार इस्लामावाद प्रहरीले, खानलाई अदालत परिसरबाटै अल कादिर ट्रस्टबारे मुद्दामा पक्राउ गरिएको बताएको छ।

पाकिस्तानी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणहरूका अनुसार पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा लिएर भ्रष्टाचारका मुद्दाहरूबारे अनुसन्धान गर्ने न्याशनल एकाउन्टिबिलिटी ब्यूरो एनएबीमा पठाइएको छ। विवरणहरूका अनुसार खान अर्को मुद्दाको धरौटी बुझाउन अदालत पुग्नुअघि नै एनएबी टोली त्यहाँ पुगेको थियो।

उनीविरुद्ध अन्य थुप्रै मुद्दा चलिरहेका छन्। यद्यपि, आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आएका छन्। अदातल परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई गाडीमा राखेर लगेका थिए।

के हो अलकादिर ट्रस्ट मुद्दा?

गत वर्ष जुनमा पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सत्तामा आएपछि पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीले एक घर जग्गा व्यवसायीको ५० अर्ब रुपैयाँलाई कानुनी मान्यता दिएको बदलामा अर्बौँ रुपैयाँ बराबरको जग्गा अधिग्रहण गरेको बताइन्छ।

यस सम्बन्धमा आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले पत्रकार सम्मेलनमा पीटीआई सरकारमा छँदा ब्रिटिश न्याशनल क्राइम एजेन्सीले त्यो पैसा व्यवसायी मलिक रियाजमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पछि फिर्ता गरेको र लगत्तै खानले उनीबाट अधिग्रहण गरेको जग्गा फर्काएको आरोप लगाएका थिए।

यसै सम्बन्धमा व्यवसायी रियाजले आफ्नो अन्य अवैध "मुद्दालाई ढाक्न"को लागि अल कादिर विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराएको सरकारको आरोप छ।

खानले अल कादिर विश्वविद्यालय परियोजनाका लागि सन् २०१९ को डिसेम्बर २६ मा अल कादिर ट्रस्ट दर्ता गरेका थिए। यस ट्रस्टमा खान र उनकी पत्नी बुशरा बीबीमात्र ट्रस्टी छन्।

मन्त्रिपरिषद्ले रियाजको स्वामित्व रहेको बहरिया टाउनको बारेमा निर्णय गरेको केही दिनपछि इमरान खानले उक्त ट्रस्ट दर्ता गरेका थिए।

समर्थकको प्रदर्शन

इमरान खानको गिरफ्तारीको विरोधमा प्रदर्शन गरिरहेका पीटीआईका कार्यकर्ताहरूले रावलपिँडीस्थित सेनाको मुख्यालय बाहिर पुगेर तोडफोड गरेका छन्।

इस्लामावादमा प्रदर्शनले उग्र रूप लिएको छ। घम्साघम्सीमा परी ३ जना प्रहरी अधिकारी घाइते भएका छन् भने ४३ प्रदर्शनकारी पक्राउ परेका छन्।

खानलाई पक्राउ गरेपछि लाहोरको सडकमा पनि प्रदर्शनकारीहरू जम्मा भएका छन्। उनीहरूलाई हटाउन प्रहरी पुगेको छ। खानको घर अवस्थित जमान पार्कमा प्रहरी र प्रदर्शनकारी आमनेसामने भएका छन्।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरिरहेको छ। सोही क्रममा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन्। यस सम्बन्धमा बीबीसीलाई प्राप्त भिडिओमा आक्रोशित प्रदर्शनकारीले त्यहाँको गेट बाहिर तोडफोड गरी जबरजस्ती भित्र पसेको देख्न सकिन्छ।

प्रधानमन्त्रीले के भने?

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इमरान खानले सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई बदनाम गर्ने नीति अपनाएको आरोप लगाएका छन्।

उनले भने, "सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई संस्थाको रूपमा बारम्बार बदनाम गर्ने तपाईँको नीति रहेको छ। के तपाईँले वजीराबाद घटना हुनुअघि नै सेना, गुप्तचर निकाय र तीनको नेतृत्वलाई बदनाम गरिरहनुभएको थिएन?"

वजीराबादमा एक बन्दुकधारीले इमरान खानमाथि गोली प्रहार गरेका थिए र खान घाइते भएका थिए।

दर्जनौँ मुद्दा

गत वर्ष खान सत्ताच्युत भएका थिए। त्यसयता उनले समयअगावै निर्वाचन गरिनुपर्ने भन्दै अभियान चलाउँदै आएका छन्। गत नोभेम्बर महिनामा एउटा र्‍यालीको क्रममा इमरान खानमाथि गोली प्रहार गरिएको थियो। घटनामा उनी बाँच्न सफल भएका थिए।

पाकिस्तानमा यसै वर्षको अन्त्यतिर आमनिर्वाचन हुने तय भएको छ। सत्ताबाट बाहिरिएयता इमरान खानविरुद्ध दर्जनौँ मुद्दा चलाइएका छन्। सोमवार मात्रै पाकिस्तानी सेनाले "आधारहीन आरोपहरू" नलगाउन चेतावनी दिएको थियो।

"आफ्नो हत्या गर्ने षड्यन्त्र" भइरहेको भन्दै खानले एक वरिष्ठ सैनिक अधिकारीमाथि "आधारहीन आरोप" लगाएको भन्दै सेनाले उनलाई चेतावनी दिएको थियो।

सरकारमाथि आरोप

इमरान खानले विगतका असफल प्रयासपछि पनि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको र पाकिस्तानमा "जङ्गली राज" आरोप लगाउँदै आएका थिए।

"म आफ्नो रात हिरासतमा बिताउन गइरहेको कुराका लागि मानसिक रूपमा तयार छु," गत मार्च महिनामा उनले भनेका थिए, "कति रात भन्ने थाहा छैन तर म त्यसका लागि तयार छु।"

उनले अधिकारीहरूले आफूलाई पक्राउ गरेर आफ्नो दललाई आउँदो निर्वाचनमा सहभागी हुन रोक्न चाहिरहेको दाबी गरेका छन्। "म जेलमा भए वा नभए पनि उनीहरूले मेरो दललाई जित्न रोक्न सक्ने छैनन्।"

मार्चमा पाकिस्तानका एक वरिष्ठ अधिकारीले खानलाई पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको बताएका थिए। लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नपुगोस् भनेर त्यसो गरिएको उनको भनाइ थियो।

अदालतले खानलाई पक्राउ गर्न आदेश दिएपछि सुरक्षा फौजले उनलाई गिरफ्तार गर्न खोजिरहेको थियो। खानका समर्थक र सुरक्षा फौजबीच उनको निवासनजिकै झडपहरू पनि भएका थिए। पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोप खानमाथि छ। तर उनले त्यस्तो आरोप र मुद्दा राजनीतिक मनसायले प्रेरित रहेको दाबी गर्दै आएका छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE