काठमाडौं । नायिका शिल्पा मास्केले केही फिल्ममा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको फिल्म ‘कागजपत्र होस् या द ब्रेकअप’, दर्शकले नोटिस नै गरेनन् । शिल्पाका लागि यी फिल्महरु नचल्दा निराश हुनुपर्ने अवस्था आयो ।
फिल्म क्षेत्रमा नयाँ आशाको साथ प्रवेश गरेकी शिल्पाका लागि यी फिल्महरु पनि नचलेपछि के गर्ने के नगर्ने भन्ने अन्यौल थियो ।
उनले, फिल्म ‘द ब्रेकअप’मा दिएका केही चुम्बनका दृश्यले बरु चर्चा पाए । तर, दृश्यले चर्चा पाउँदा पनि शिल्पाको चर्चा भएन ।
फिल्म ‘फूलबारी’मा शिल्पाको केमियो भूमिका थियो । फिल्मले ठिकठाक व्यापार गरेपनि यसको क्रेडिट त शिल्पालाई जाने कुरा नै भएन ।
उनै, शिल्पा असारको १५ गते आफ्नो बोल्ड छविका साथ दर्शकमाझ आउँदैछिन् । उनले, सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म ‘परस्त्री’मा खिचाएको बोल्ड तस्वीरले पोष्टरमा स्थान पाइसकेको छ । तर, फिल्ममा उनले दिएको दृश्यको बिषयमा त दर्शक बेखबर नै छन् ।
वुझिएअनुसार, फिल्ममा शिल्पा हट बनेकी छिन् । उनका कैयौं, अन्तरंग दृश्यहरु फिल्ममा समावेश छन् । यी दृश्यहरुका कारण पनि फिल्मलाई सेन्सर बोर्डले अड्काउँछ या के गर्छ भन्नेमा निर्माणपक्ष दोधारमा छन् ।
तर, यदि फिल्मका यी दृश्यलाई एडल्ट सर्टिफिकेट दिएर सेन्सर बोर्डले रिलिजको अनुमति दियो भने शिल्पाको चर्चा पक्कै हुनेछ । फिल्मको पोष्टरले धेरै कुरा बताइसकेको छ ।
शिल्पा मास्के आफ्नो बोल्ड अवतारले करिअर नै बदल्ने दाउमा छिन् । ‘परस्त्री’ चल्यो भने उनले करिअरमा लिएको एउटा जोखिम सफलतामा बदलिनेछ ।
र, यो पनि
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: