सङ्खुवासभा । नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ । सङ्खुवासभाको किमाथाङ्का र दोलखाको लप्ची गाउँका बासिन्दा चरम खाद्य सङ्कटमा परेका छन् । दुवै नाका कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले चार वर्षदेखि बन्द गरेको हो ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ को किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुर गाउँमा खाद्यान्न सङ्कट भएपछि गाउँपालिकाको मागबमोजिम कोशी प्रदेश सरकारले ९० क्विन्टल चामल पठाएको छ । उक्त चामल सङ्कट क्षेत्रका नागरिकलाई वितरण गरिसकिएको र त्यसले दुई महिना मात्र धान्ने भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।
यसपछि पनि लगत्तै खाद्यान्न आवश्यक पर्ने भएकाले जिल्ला विपत् व्यवस्थापन समितिमार्फत ढुवानी अनुदानमा दुई हजार आठ सय क्विन्टल चामल माग गरिएको जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। त्यस्तै नेपाल खाद्य संस्थानमार्फत पनि ३५० क्विन्टल चामल भोटखोला पुर्याउने तयारी गरिएको उनले जानकारी दिए।
भोटखोला क्षेत्रका अधिकांश युवा रोजगारीका लागि तिब्बततर्फ जाने गरेकामा नाका नखुलेपछि रोजगारी गुमाएका हुन् । नाका खोल्न त्यस क्षेत्रका नागरिक र स्थानीय सरकारले पटक पटक अनुरोध गरे पनि हालसम्म नाका खुल्न सकेको छैन । गाउँपालिकाले जिल्ला प्रशासनलाई र जिल्ला प्रशासनले गृहलगायतका माथिल्लो मन्त्रालयमा नाका खोल्न अनुरोध गरे पनि हालसम्म कुनै प्रगति भएको छैन ।
भोटखोला गाउँपालिका सङ्खुवासभाकै सबैभन्दा दुर्गम स्थानीय तह हो । गाउँपालिकाको किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुर सबैभन्दा विकट रहेकाले ती गाउँमा बर्सेनि खाद्य सङ्कट हुने गर्दछ । स्थानीय उत्पादन कोदो र आलुले करिब तीन महिना मात्र पुग्ने स्थानीय बताउँछन् ।
भौगोलिक विकटताका कारण हालसम्म पनि जिल्ला सदरमुकामसँग सडक सञ्जाल जोडिएको छैन । तीन देश जोड्ने मुलुककै सबैभन्दा छोटो नाका भए पनि उत्तर–दक्षिण कोशी राजमार्गको ट्र्याक हालसम्म खोल्न सकिएको छैन । अहिले नेपाली सेनाले उक्त सडक अन्तर्गतको च्याम्ताङको भिर फुटाएर बाटो खोल्ने काम गरिरहेको छ ।
चिनियाँ पक्षले चार वर्षदेखि सीमा बन्द गर्दा दोलखाको बिगु गाउँपालिका–१ को उत्तरी दुर्गम लप्ची गाउँका बासिन्दा खाद्यान्न र चरम आर्थिक सङ्कटमा परेको स्थानीय कर्मा शेर्पाले बताए। उनका अनुसार त्यहाँका बासिन्दाको मुख्य आर्थिक स्रोत घिउ र याकका बाच्छा बिक्री हो । उनीहरूले ती सामान तिब्बती बजार न्यालम लगेर बेच्ने गरेका थिए । त्यसबाहेक अन्य व्यापार व्यवसायसमेत नहुँदा लप्चीवासी गाउँबाट पलायन हुन थालेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: