सङ्खुवासभा । नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ । सङ्खुवासभाको किमाथाङ्का र दोलखाको लप्ची गाउँका बासिन्दा चरम खाद्य सङ्कटमा परेका छन् । दुवै नाका कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले चार वर्षदेखि बन्द गरेको हो ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ को किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुर गाउँमा खाद्यान्न सङ्कट भएपछि गाउँपालिकाको मागबमोजिम कोशी प्रदेश सरकारले ९० क्विन्टल चामल पठाएको छ । उक्त चामल सङ्कट क्षेत्रका नागरिकलाई वितरण गरिसकिएको र त्यसले दुई महिना मात्र धान्ने भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।
यसपछि पनि लगत्तै खाद्यान्न आवश्यक पर्ने भएकाले जिल्ला विपत् व्यवस्थापन समितिमार्फत ढुवानी अनुदानमा दुई हजार आठ सय क्विन्टल चामल माग गरिएको जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। त्यस्तै नेपाल खाद्य संस्थानमार्फत पनि ३५० क्विन्टल चामल भोटखोला पुर्याउने तयारी गरिएको उनले जानकारी दिए।
भोटखोला क्षेत्रका अधिकांश युवा रोजगारीका लागि तिब्बततर्फ जाने गरेकामा नाका नखुलेपछि रोजगारी गुमाएका हुन् । नाका खोल्न त्यस क्षेत्रका नागरिक र स्थानीय सरकारले पटक पटक अनुरोध गरे पनि हालसम्म नाका खुल्न सकेको छैन । गाउँपालिकाले जिल्ला प्रशासनलाई र जिल्ला प्रशासनले गृहलगायतका माथिल्लो मन्त्रालयमा नाका खोल्न अनुरोध गरे पनि हालसम्म कुनै प्रगति भएको छैन ।
भोटखोला गाउँपालिका सङ्खुवासभाकै सबैभन्दा दुर्गम स्थानीय तह हो । गाउँपालिकाको किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुर सबैभन्दा विकट रहेकाले ती गाउँमा बर्सेनि खाद्य सङ्कट हुने गर्दछ । स्थानीय उत्पादन कोदो र आलुले करिब तीन महिना मात्र पुग्ने स्थानीय बताउँछन् ।
भौगोलिक विकटताका कारण हालसम्म पनि जिल्ला सदरमुकामसँग सडक सञ्जाल जोडिएको छैन । तीन देश जोड्ने मुलुककै सबैभन्दा छोटो नाका भए पनि उत्तर–दक्षिण कोशी राजमार्गको ट्र्याक हालसम्म खोल्न सकिएको छैन । अहिले नेपाली सेनाले उक्त सडक अन्तर्गतको च्याम्ताङको भिर फुटाएर बाटो खोल्ने काम गरिरहेको छ ।
चिनियाँ पक्षले चार वर्षदेखि सीमा बन्द गर्दा दोलखाको बिगु गाउँपालिका–१ को उत्तरी दुर्गम लप्ची गाउँका बासिन्दा खाद्यान्न र चरम आर्थिक सङ्कटमा परेको स्थानीय कर्मा शेर्पाले बताए। उनका अनुसार त्यहाँका बासिन्दाको मुख्य आर्थिक स्रोत घिउ र याकका बाच्छा बिक्री हो । उनीहरूले ती सामान तिब्बती बजार न्यालम लगेर बेच्ने गरेका थिए । त्यसबाहेक अन्य व्यापार व्यवसायसमेत नहुँदा लप्चीवासी गाउँबाट पलायन हुन थालेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - ०९:२२
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...
चैत्र ९ गते, २०८२ - ०९:१८
काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...
चैत्र ९ गते, २०८२ - ०९:११
काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...
चैत्र ९ गते, २०८२ - ०७:५२
काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...
चैत्र ९ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...
चैत्र ९ गते, २०८२ - ०७:३९
काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...
चैत्र ९ गते, २०८२ - ०७:३३
काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...
चैत्र ९ गते, २०८२ - ०७:२९
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...
चैत्र ९ गते, २०८२ - ०७:२५
कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...
चैत्र ९ गते, २०८२ - ०७:१७
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...


प्रतिकृया लेख्नुहोस्: