काठमाडौं । प्रतिनिधि सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल चलिरहेको थियो। भुटानी शरणार्थी प्रकरण उत्कर्षमा रहँदा सदनमा बोल्ने अधिकांश सांसदले भ्रष्टाचार र सुशासनका विषयमा धारणा राख्न छुटाएका छैनन्।
नेपाली कांग्रेसका सांसद शशांक कोइराला भने भ्रष्टाचारबारे धारणा राख्ने क्रममा चिप्लिए। उनले भ्रष्टाचारीप्रति तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गर्ने व्यवहार स्मरण गरे।
विश्वेश्वरप्रसाद प्रधानमन्त्री हुँदा उनका भाइले तीन सय पर्ने नयाँ जुत्ता लगाएको निहुँमा उनलाई पदबाट बर्खास्त गरेको सुनाए।
भ्रष्टाचारविरूद्ध विपीको जस्तै तत्परता र संवेदना हुनुपर्ने कोइरालाले बताए। भ्रष्टाचारबारे समसामयिक अवस्था र निर्मुल पार्ने उपाय सदनमा सुनाउन थाले। त्यहीबेला उनले भ्रष्टाचार गर्नुपर्ने तर कम गर्नुपर्ने आशयको अभिव्यक्ति दिए।
उनले भने, ‘करप्सन भनेको हामीले गर्छौँ, अरूलाई दोष किन दिने । हामीबाट करप्सन कम गरौं। कम गरौं, निर्मुल गर्न सकिँदैन।’
कोइरालाको कुरामा सांसदहरू हाँसेका थिए।
कोइराला अगाडि भनिरहे, अब यसलाई निर्मुल गर्न त मलाई लाग्छ। प्रयास गर्यो भने निर्मुल हुन्छ। कतिपय मुलुकहरूमा त्यो भएको पनि छ। हामीले प्रयत्न नै गरेनौं भने कसरी हुन्छ।’
शशांकले यति भनिसक्दासम्म सदनमा चर्को हाँसो गुञ्जिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: