Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पल शाहको भिडियोप्रति दर्शकको प्रतिक्रिया- जेल जानु अगाडिको कथा खै ?

खबरडबली संवाददाता

काठमाडौंँ । अभिनेता पल शाहले आफ्नो अभिनय तथा निर्देशन रहेको एक भिडियो विहिबार सार्वजनिक गरेका छन् । ‘तिमीलाई हेर्ने बानी प(यो’ बोलको गीत माथि बनेको म्युजिक भिडियो उनले आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा उनले आफुले एक वर्ष जेलमा बिताएको समयको केही घटना उतारेका छन् । नाबालिग बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएका शाहले भिडियोमा पक्राउ परेदेखि रिहासम्मका केही घटना उतारेका छन् । 

अनु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द, संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् । भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको अभिनय छ ।

कैदीबन्दीप्रति पनि समर्पित भिडियोले समाचार तयार गर्दासम्म ४ लाख ५० हजार बढी भिउज पाएको छ । भिडियोको विषयलाई लिएर सामाजिक संजालमा विभिन्न कमेन्ट गरिएको छ । कमेन्ट सकारात्मक भन्दा नकारात्मक बढी छ । धेरैले भिडियोमा पक्राउ पर्नु अगाडिको कथा खै भनेर समेत प्रश्न गरेका छन् ।

लक्ष्मण देवकोटा नामक एक सामाजिक प्रयोगकर्ताले भिडियोको कमेन्ट लेखेका छन्, ‘अनि जेल जानु अगाडिको कहानी खोई ?’ त्यस्तै उनको कमेन्टमा अर्को युजर्सले लेखेका छन्,‘ त्यो चाहियो हामीलाई ।’

त्यस्तै दीपक बस्नेत नामक युजर्सले लेखेका छन् ,‘जेल नेल भोगेको भनेर नेताले फुर्ती लगाउथे । अव अभिनेताको पनि पालो आएछ ।ु

अर्को मिलन सनार नामक युजर्स लेख्छन्, ‘एक नारीलाई गलत देखाएर आफु महान बनेको नायक ।’ राज खड्का नामक युजर्सले लेखेका छन्, ‘जेल जानु अगाडि गरेको कर्तुत पनि भिडियोमा उतारेको भए हुन्थ्यो ।’ कमल पराजुली नामक युजर्स लेख्छन्,‘अनि त्यो बन्द कोठाभित्र भएको भिडियो नउतार्नु नि फेरि ।’

पल गत फागुन १५ गते जेल जीवनबाट मुक्त भएका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवकाशपछिको जाँगर: मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

बाँके । धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम ...

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending