काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला सरकारले थप ठूला भ्रष्टाचार मुद्दामा छानबिन थाल्ने तयारी गरेको छ ।
पछिल्ला दशकमा भएका बाइडबडी खरिद, बालुवाटार जग्गा प्रकरण, ओम्नी काण्डका नाममा चर्चित कोराना महामारीका समयमा औषधि खरिदमा भएको घोटाला प्रकरण, सार्वजनिक जमिन भाडामा दिँदा भएका अनियमितताबारे छानबिनको तयारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सबैखाले भ्रष्टाचारका फाइल खोलिने बताए ।
यद्यपि नककली भुटानी शरणार्थीसम्बन्धी राज्यविरुद्धको अपराधसम्बन्धी विषयको छानबिन निस्कर्षमा पुगेपछि अरु विषयमा प्रवेश गरिने उनको भनाइ थियो । ‘अहिले नीति कार्यक्रम र बजेटको तयारीमा छौं । नक्कली भुटानी शरणार्थीबारेको अनुसन्धान सकिएर दोषीमाथि मुद्धा अघि बढेपछि अरु फाइल पनि खोलिनेछ’, उनले भने । केही दिनयता राजधानीसहित देशका विभिन्न स्थानमा सरकारको समर्थनमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा सहभागी नागरिकले भ्रष्टाचारका अरु फाइल पनि खोल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
राजधानीमा शुक्रबार भएको एक कार्यक्रममा माओवादी युवा संगठन वाइसीएलका अध्यक्ष सुबोध शेर्पालीले लडाकु शिविरको समेत छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । ठूला भ्रष्टाचार काण्डमा मुछिएका पार्टी र तिनका नेताले पटकपटक शिविर घोटालाको विषय उठाएर आफूहरुको मानमर्दन गरेको भन्दै उनले सत्यतथ्य छानबिन गर्न आग्रह गरे ।
माओवादी केन्द्रका प्रभावशाली युवा नेता एवं बागमति प्रदेशसभा सदस्य युवराज चौलागाईंले जुनसुकै भ्रष्टाचार काण्डको छानबिन गर्न सरकार तयार रहेको बताए । तर, एमाले र अध्यक्ष केपी ओलीले अहिले जारी नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गरेर त्यसमा मुछिएका आफ्ना नेता टोपबहादुर रायमाझीसहितलाई बचाउन निर्दोष फस्न नहुने र अरु भ्रष्टाचारमा पनि छानबिन हुनुपर्ने विषय उठान गरेको बताए ।
‘अरु पनि भ्रष्टाचारका फाइल खोलिन्छन् तर अहिले जे अगाडि बढेको छ पहिला त्यसलाई निस्कर्षमा पु-याउने कुरा मुख्य हो । भ्रष्टाचारको छानबिन गर्न राज्य संयन्त्र र प्रहरीको तयारी चाहिन्छ’, चौलागाईंले भने, ‘आफ्ना नेता भ्रष्टाचार र राज्यद्रोहको अपराधमा मुछिएकाले उनीहरुलाई चोख्याउन केपी ओलीले अरु प्रकरणको कुरा गर्नुभएको सबैले बुझेकै कुरा छ ।’ चौलागाईंले भ्रष्टाचार मुलुकको मुल रोग भएको र भ्रष्टाचारीलाई कारबाही गरेपछि सरकारको नागरिकहरु स्वतः स्फुर्त रुपमा सडकमा आएको उल्लेख गरे ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहले संगठित ठगी मात्र नभई मुलुकविरुद्ध अपराध भएको उनको भनाइ थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने गिरोहसँग मिलोमतो गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित एक दर्जन व्यक्ति पक्राउ परिसेकका छन् ।
प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । अरु ८ जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...


प्रतिकृया लेख्नुहोस्: