Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८० शुक्रबार | 22nd September, 2023 Fri

ओम्नी र वाइडबढीको फाइल खोल्ने तयारीमा सरकार

खबरडबली संवाददाता

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला सरकारले थप ठूला भ्रष्टाचार मुद्दामा छानबिन थाल्ने तयारी गरेको छ ।

पछिल्ला दशकमा भएका बाइडबडी खरिद, बालुवाटार जग्गा प्रकरण, ओम्नी काण्डका नाममा चर्चित कोराना महामारीका समयमा औषधि खरिदमा भएको घोटाला प्रकरण, सार्वजनिक जमिन भाडामा दिँदा भएका अनियमितताबारे छानबिनको तयारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सबैखाले भ्रष्टाचारका फाइल खोलिने बताए ।

यद्यपि नककली भुटानी शरणार्थीसम्बन्धी राज्यविरुद्धको अपराधसम्बन्धी विषयको छानबिन निस्कर्षमा पुगेपछि अरु विषयमा प्रवेश गरिने उनको भनाइ थियो । ‘अहिले नीति कार्यक्रम र बजेटको तयारीमा छौं । नक्कली भुटानी शरणार्थीबारेको अनुसन्धान सकिएर दोषीमाथि मुद्धा अघि बढेपछि अरु फाइल पनि खोलिनेछ’, उनले भने । केही दिनयता राजधानीसहित देशका विभिन्न स्थानमा सरकारको समर्थनमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा सहभागी नागरिकले भ्रष्टाचारका अरु फाइल पनि खोल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

राजधानीमा शुक्रबार भएको एक कार्यक्रममा माओवादी युवा संगठन वाइसीएलका अध्यक्ष सुबोध शेर्पालीले लडाकु शिविरको समेत छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । ठूला भ्रष्टाचार काण्डमा मुछिएका पार्टी र तिनका नेताले पटकपटक शिविर घोटालाको विषय उठाएर आफूहरुको मानमर्दन गरेको भन्दै उनले सत्यतथ्य छानबिन गर्न आग्रह गरे ।

माओवादी केन्द्रका प्रभावशाली युवा नेता एवं बागमति प्रदेशसभा सदस्य युवराज चौलागाईंले जुनसुकै भ्रष्टाचार काण्डको छानबिन गर्न सरकार तयार रहेको बताए । तर, एमाले र अध्यक्ष केपी ओलीले अहिले जारी नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गरेर त्यसमा मुछिएका आफ्ना नेता टोपबहादुर रायमाझीसहितलाई बचाउन निर्दोष फस्न नहुने र अरु भ्रष्टाचारमा पनि छानबिन हुनुपर्ने विषय उठान गरेको बताए ।

‘अरु पनि भ्रष्टाचारका फाइल खोलिन्छन् तर अहिले जे अगाडि बढेको छ पहिला त्यसलाई निस्कर्षमा पु-याउने कुरा मुख्य हो । भ्रष्टाचारको छानबिन गर्न राज्य संयन्त्र र प्रहरीको तयारी चाहिन्छ’, चौलागाईंले भने, ‘आफ्ना नेता भ्रष्टाचार र राज्यद्रोहको अपराधमा मुछिएकाले उनीहरुलाई चोख्याउन केपी ओलीले अरु प्रकरणको कुरा गर्नुभएको सबैले बुझेकै कुरा छ ।’ चौलागाईंले भ्रष्टाचार मुलुकको मुल रोग भएको र भ्रष्टाचारीलाई कारबाही गरेपछि सरकारको नागरिकहरु स्वतः स्फुर्त रुपमा सडकमा आएको उल्लेख गरे ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहले संगठित ठगी मात्र नभई मुलुकविरुद्ध अपराध भएको उनको भनाइ थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने गिरोहसँग मिलोमतो गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित एक दर्जन व्यक्ति पक्राउ परिसेकका छन् ।

प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । अरु ८ जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुन तस्करी प्रकरण : चिनियाँ नागरिकसहित १० जना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । हिजो साँझ थप तीनजना पक्राउ परेसँगै करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको ...

यि हुन् काठमाडौं उपत्यकामा आठ घण्टा आठ घण्टा बिजुली आपुर्ति बन्द हुने स्थान

काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा झण्डै ८ घण्टा बिजुली आपुर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेशनको स...

नेपाल टेलिकमले यस्तो ल्यायो समर अफर

काठमाडौं । नेपाल टेलिकमले आज (२०८० असार २९) देखि लागु हुनेगरी समर अफर (Summer Offer) उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ...

७० करोड काण्डको फाइल खुल्ने भएपछि प्रधानमन्त्रीको राजीनामा मागेको खुलासा

काठमाडौं । तत्कालिन केपी शर्मा ओली कार्यकालमा चर्चित ७० करोड घोटालाको ओम्नी काण्डको पुनः छानबीन हुने भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मा...

‘टिन स्टार इन्टरनेसनल ०२३’ भाग लिन थाइल्याण्ड उडे आर्नभ, निभिका र सायरा

काठमाडौं । थाईल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभ...

१० नयाँ ब्रोकर कम्पनीलाई नेप्सेले दियो आशयपत्र : क–कसले पाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा लाइसेन्स...

परराष्ट्रमन्त्री साउद आज अजरबैजान जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन मन्त्री साउद आज अजरब...

प्रधानमन्त्री प्रचण्डको खुलासा : पुर्व माओवादीहरुबिच पार्टी एकता हुँदैछ

पोखरा। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका ल...

सचेत रहनुस् : आज धेरै ठाउँमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका केही भू–भागमा आज बिहानैबाट वर्ष...

नारायणगढ–मुग्लिन सडक पुनस् अवरुद्ध : तीन किलोमा पहिरो खस्यो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसे पछि सडक अवरुद्ध भ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending