Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न

खबरडबली संवाददाता

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट–२०२३ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कनेक्टिभिटी प्रवद्र्धन र विस्तार गर्नुपर्नेमा जोड दिएको छ । लुम्बिनीमा तीन दिनसम्म आयोजना गरिएको बुद्धिष्ट मार्टमा जारी सात बुँदे लुम्बिनी घोषणापत्रमा बुद्धसँग सम्बन्धित चार प्रमुख पवित्रस्थल लुम्बिनी, बोधगया, शारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्धस्थलमा विस्तार गर्ने, प्रवद्र्धनका लागि साझा कथा विकास गर्नेसमेत उल्लेख गरिएको छ ।

घोषणापत्रमा लुम्बिनी, भगवान बुद्ध (शाक्यमुनि) को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुआत बिन्दु र शान्ति गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने, लुम्बिनी र अन्य बौद्धस्थलमा पर्यटकको बसाइ विस्तार गर्न विभिन्न गतिविधिसहितको साझा प्याकेज विकास गर्ने, पर्यटकलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिलाई प्राथमिकता दिने उल्लेख छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल ९नाट्टा० को संयोजन तथा लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्यमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना गरिएको थियो । सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्नेसमेत जनाइएको छ । मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमका रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा।धनञ्जय रेग्मीले बताए ।

उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताको उपस्थितिले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे । “लुम्बिनी आफैंमा बुद्ध पर्यटनको केन्द्र हो । मार्टले कोभिडपछि शिथिल भएको पर्यटनलाई पुन:जागृत गर्न र लुम्बिनीको महत्वलाई थप उजागर गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ”, उनले भने ।

लुम्बिनी विश्वविद्यालयका डीन डा।मानिकरत्न शाक्यले लुम्बिनीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मार्टले बुद्ध दर्शन तथा यस क्षेत्रको प्रचारमा थप सहयोग पुग्ने बताए । कार्यक्रम समापनका अवसरमा पर्यटन विज्ञ प्राडा हिमलाल घिमिरे, नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल लगायतले मार्ट नेपालको बुद्ध पर्यटनका लागि एउटा

महत्वपूर्ण कार्यक्रमका रुपमा विकास हँदै गइरहेको र यसले नेपालको समग्र पर्यटन चलायमान बनाउने बताए । मार्टका अवसरका विभिन्न क्षेत्रका विद्धानले बुद्ध दर्शन, बुद्ध पर्यटन बुद्धमार्गी देशसँगको सहकार्यलगायका विभिन्न विषयमा सामूहिक छलफल भएको थियो ।  मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बङ्गलादेश, म्यान्मा, थाइल्याण्ड, श्रीलङ्कालगायत देशबाट २८ वटा ट्राभल/टुर कम्पनीको सहभागिता थियो । कार्यक्रममा स्वदेशी तथा विदेशी विज्ञद्वारा बुद्ध धर्म, बुद्धिष्ट पर्यटनलगायतका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending