नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका २२ वटा कृषक समूहमार्फत किसानका लागि विभिन्न प्रकारका कृषि उपकरण वितरण गरिएको कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताए । नगरपालिकामा रहेका कृषि सहकारी, कषक समूह, फार्मलगायतमार्फत व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई कृषि उपकरण वितरण गरिएको शाखा प्रमुख कुमालले बताए ।
कृषि उत्पादनमा लागत घटाउँदै प्रतिफल धेरै लिन मद्दत पुगोस् भनेर नगरपालिकाले अनुदानमा कृषि उपकरण वितरण गरेको शाखा प्रमुख कुमालले बताए । नगरपालिलकाले धान काट्ने मेसिन पाँच थान, दाना बनाउने मेसिन चार थान, छाटी काट्ने मेसिन २२ थान, पोखरीमा माछालाई अक्सिजन दिने मेसिन एरिएटर एक थान, हाते ट्र्याक्टर तीन थान, ड्याङ बनाउने मेसिन र पम्प दुई–दुई थान, मकै छोडाउने मेसिन एक थान, स्प्रेट्याङ्की १० थानलगायतका कृषि उपकरण र सामग्री वितरण गरिएको शाखा प्रमुख कुमालले बताए ।
“हामीले मुख्यगरी परम्परागतरूपमा गरिएको कृषिलाई विस्थापन गरी कृषि उपकरणको सहयोगले कम लागतमा धेरै प्रतिफल किसानले लिन सकुन् भनेर कृषि उपकरण वितरण गरेका हौँ”, शाखा प्रमुख कुमालले भने, “अहिले किसानको उत्पादन लागत धेरै हुँदा बजारीकरणमा समस्या पर्ने, साथै कम प्रतिफल प्राप्त गर्न अवस्था छ ।”
कावासोती नगरपालिकाभित्र विभिन्न कृषि बालीका पकेट कार्यक्रम सञ्चालन गरी अनुदानहरू वार्षिकरूपमा प्रदान गर्दै आएको शाखा प्रमुख कुमालले बताए । कावासोती नगरपालिकाभित्र रहेका १७ वटा वडामा फरक–फरक बालीको सम्भावना रहेकाले सोहीअनुसार पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी कार्यहरू गर्ने गरिएको उनले बताए ।
चालु आर्थिक वर्षको विनियोजित बजेटमार्फत नगरपालिकाको ७५ प्रतिशत अनुदानमा र किसानको २५ प्रतिशत लागत सहभागितमा कृषि उपकरण तथा सामग्री वितरण गरिएको हो । कुल रु १७ लाख ९८ हजार आठ सय मूल्य बराबरको कृषि उपकरण खरिद गरी किसानलाई वितरण गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: