नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका २२ वटा कृषक समूहमार्फत किसानका लागि विभिन्न प्रकारका कृषि उपकरण वितरण गरिएको कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताए । नगरपालिकामा रहेका कृषि सहकारी, कषक समूह, फार्मलगायतमार्फत व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई कृषि उपकरण वितरण गरिएको शाखा प्रमुख कुमालले बताए ।
कृषि उत्पादनमा लागत घटाउँदै प्रतिफल धेरै लिन मद्दत पुगोस् भनेर नगरपालिकाले अनुदानमा कृषि उपकरण वितरण गरेको शाखा प्रमुख कुमालले बताए । नगरपालिलकाले धान काट्ने मेसिन पाँच थान, दाना बनाउने मेसिन चार थान, छाटी काट्ने मेसिन २२ थान, पोखरीमा माछालाई अक्सिजन दिने मेसिन एरिएटर एक थान, हाते ट्र्याक्टर तीन थान, ड्याङ बनाउने मेसिन र पम्प दुई–दुई थान, मकै छोडाउने मेसिन एक थान, स्प्रेट्याङ्की १० थानलगायतका कृषि उपकरण र सामग्री वितरण गरिएको शाखा प्रमुख कुमालले बताए ।
“हामीले मुख्यगरी परम्परागतरूपमा गरिएको कृषिलाई विस्थापन गरी कृषि उपकरणको सहयोगले कम लागतमा धेरै प्रतिफल किसानले लिन सकुन् भनेर कृषि उपकरण वितरण गरेका हौँ”, शाखा प्रमुख कुमालले भने, “अहिले किसानको उत्पादन लागत धेरै हुँदा बजारीकरणमा समस्या पर्ने, साथै कम प्रतिफल प्राप्त गर्न अवस्था छ ।”
कावासोती नगरपालिकाभित्र विभिन्न कृषि बालीका पकेट कार्यक्रम सञ्चालन गरी अनुदानहरू वार्षिकरूपमा प्रदान गर्दै आएको शाखा प्रमुख कुमालले बताए । कावासोती नगरपालिकाभित्र रहेका १७ वटा वडामा फरक–फरक बालीको सम्भावना रहेकाले सोहीअनुसार पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी कार्यहरू गर्ने गरिएको उनले बताए ।
चालु आर्थिक वर्षको विनियोजित बजेटमार्फत नगरपालिकाको ७५ प्रतिशत अनुदानमा र किसानको २५ प्रतिशत लागत सहभागितमा कृषि उपकरण तथा सामग्री वितरण गरिएको हो । कुल रु १७ लाख ९८ हजार आठ सय मूल्य बराबरको कृषि उपकरण खरिद गरी किसानलाई वितरण गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - १७:३०
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...
बैशाख १८ गते, २०८३ - १७:२०
काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...
बैशाख १८ गते, २०८३ - १६:३७
काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...
बैशाख १८ गते, २०८३ - १६:११
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...
बैशाख १८ गते, २०८३ - १५:५१
रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...
बैशाख १८ गते, २०८३ - १५:३७
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...
बैशाख १८ गते, २०८३ - १५:१७
काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...
बैशाख १८ गते, २०८३ - १५:०७
काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...
बैशाख १८ गते, २०८३ - १४:५२
बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...
बैशाख १८ गते, २०८३ - १४:१७
काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...


प्रतिकृया लेख्नुहोस्: