Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

संवैधानिक परिषद सम्बन्धी विधेयक अघि बढाउन ३ दल सहमत

संवैधानिक परिषदको बैठक बस्न, एजेण्डा तय गर्न र निर्णय गर्न प्रधानमन्त्रीको सहमति अनिवार्य हुने

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख तीन राजनीतिक दल संवैधानिक परिषदसम्बन्धी विधेयकमा आफ्नो पूर्व अडानबाट पछि हटेका छन् ।आइतबार प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबिच बालुवाटारमा भएको छलफलमा संसदीय समितिमा भागबन्डा मिलेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

संवैधानिक परिषदको बैठक बस्न, एजेण्डा तय गर्न र निर्णय गर्न प्रधानमन्त्रीको सहमति अनिवार्य हुने गरी सरकारले विधेयक ल्याएको छ । यो विधेयकलाई जस्ताको तस्तै पारित गर्ने अडानबाट सत्तारुढ दुई दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र पछाडि हटेका छन् ।

त्यस्तै संवैधानिक परिषदको अध्यक्षको सहमति बिना नै एजेण्डा तय गर्न, बैठक बोलाउन र बहुमतका आधारमा निर्णय हुन सक्ने व्यवस्था राख्नुपर्ने अडानबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि पछाडि हटेको छ । प्रमुख तीन दल संवैधानिक परिषद सम्बन्धी विधेयकमा आफ्नो पूर्वअडानबाट पछि हट्दा यो विधेयक प्रतिनिधिसभाको समितिमै रोकिएको थियो । दलहरुले अडान छाडेपछि यो विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्ने भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठक आह्वानको तयारी

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ ।  निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वज...

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका ल...

दुई हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाको मत 'शून्य'

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मे...

सर्वोच्चमा रवि लामिछाने प्रकरण: अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिट आइतबारदेखि सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अभियोग फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आगामी आइतबारदेखि सुनुवा...

जनमतसँगै युवाको आशा: भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवामा जोड

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ुजेनजीु पु...

कर्णालीमा कांग्रेस बन्यो पहिलो

सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएक...

सल्यानमा बाघको आक्रमण बढ्दो, शारदामा आठ भेडा–बाख्रा मारिए

सल्यान। सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ व...

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको ...

मतदानमा सहभागी भएर लिमीका स्थानीय फर्किए

हुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न लिमी पुगेका नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय फिर्ता भएका छन्। ...

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE