सल्यान। सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ वटा भेडा–बाख्रा मारेको छ।
स्थानीयका अनुसार चरिचरणका लागि जङ्गल लगिएका पशुचौपायामाथि बाघले आक्रमण गर्दा ६ वटा बाख्रा र २ वटा भेडा मरेका हुन्। जिल्ला समन्वय समिति सल्यानका सदस्य तथा स्थानीय बासिन्दा चेतन गिरिले सुनचौरका विभिन्न किसानका पशुचौपाया बाघको आक्रमणमा परेको जानकारी दिए। उनका अनुसार सुनचौर निवासी किसान विनोद घर्तीका तीन वटा बाख्रा, जरसिंह घर्तीका दुई वटा बाख्रा, रुपसिंह पुनका एउटा बाख्रा तथा दलबहादुर पुनका दुई वटा भेडा बाघले मारेको हो।
स्थानीय ज्योति पुनका अनुसार चरिचरणका लागि जंगल लगिएका बाख्रा अबेरसम्म घर नफर्किएपछि गाउँलेहरू खोजीमा गएका थिए। खोजीका क्रममा जंगलमा बाघले मारेको अवस्थामा पशुचौपाया फेला परेका थिए। गाउँलेहरूले घटनास्थलमा बाघकै आक्रमण भएको बताएका छन्।
गमबहादुर पुनका अनुसार स्थानीयहरू घटनास्थल पुग्दा बाघले मारेका बाख्रा खाँदै गरेको देखिएको थियो। मानिसहरू पुगेपछि बाघ जंगलतिर भागेको उहाँले बताए।
पछिल्लो समय सल्यान जिल्लाका विभिन्न स्थानमा बाघ तथा चितुवा देखिएको भन्दै स्थानीयहरूले जानकारी दिन थालेका छन्। यसले ग्रामीण क्षेत्रका बासिन्दामा डर र असुरक्षा बढाएको छ। पशुचौपाया चराउन जंगल लैजान, घाँस–दाउरा संकलन गर्न जंगल जान तथा एक्लै हिँडडुल गर्नसमेत स्थानीयहरू त्रसित बनेका छन्।
यसअघि केही समयअघि कालिमाटी क्षेत्रमा पनि बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाएको घटना सार्वजनिक भएको थियो। मानवमाथि समेत आक्रमण हुन थालेपछि स्थानीय बासिन्दाले जंगली जनावर नियन्त्रण तथा सुरक्षा व्यवस्थाका लागि सम्बन्धित निकायसँग माग गर्दै आएका छन्।
यसका साथै जिल्लाका विभिन्न गाउँमा बँदेल, दुम्सी, खरायो लगायतका जंगली जनावरले खेतबालीमा समेत क्षति पुर्याउँदै आएका छन्। किसानहरूले लगाएको मकै, आलु, गहुँ लगायतका बाली नष्ट हुने समस्या बढ्दै गएको छ।
स्थानीय बासिन्दाले जङ्गली जनावरको बढ्दो आक्रमण नियन्त्रण गर्न वन कार्यालय तथा सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। साथै पशुचौपाया तथा मानव सुरक्षाका लागि उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १५:३९
काठमाडौं । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका नेता दीपक खड्का लाई हाल थुनामै राख्न आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापा ले दायर गरेको बन्दीप्...
बैशाख २ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयदेखि पार्टीको आन्तरिक व्यवस्थापनसम्मका वि...
बैशाख १ गते, २०८३ - १७:२४
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...
बैशाख १ गते, २०८३ - १७:०५
कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...
बैशाख १ गते, २०८३ - १६:४८
काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...
बैशाख १ गते, २०८३ - १६:१६
काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...
बैशाख १ गते, २०८३ - १६:०४
काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...
बैशाख १ गते, २०८३ - १४:००
काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...
बैशाख १ गते, २०८३ - १३:५६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...
बैशाख १ गते, २०८३ - १३:५०
लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...


प्रतिकृया लेख्नुहोस्: