बाँके । बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन्। राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा भत्किएको तटबन्धन वर्षा सुरु हुन लाग्दासमेत निर्माण नभएपछि स्थानीयवासी डुबानको त्रासमा बस्न बाध्य भएको स्थानीयवासी दुर्गाप्रसाद पाण्डेले बताउँछन्।
उनका अनुसार बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग बाढीले भत्काएर क्षति पुर्याएको छ। तटबन्धनमा पुगेको क्षतिलाई तत्काल मर्मत गरिनुपर्ने र अस्थायी तटबन्धन निर्माण गरिनुपर्ने माग गर्दै आए पनि निर्माण हुनसकेको छैन।
भत्किएको तटबन्धन तत्काल मर्मत नगरिए त्यस आसपासका छ गाउँ डुबानमा पर्ने लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए। उनले भने, ‘भत्किएको तटबन्धन तत्काल मर्मत गर्नुपर्छ।’
बस्ती जोगाउन निर्माण भएको तटबन्धन भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिकाको वडा नं ६ र ७ मा रहेका बस्तीमा क्षति हुने अवस्था आएको ७ नं वडाध्यक्ष रामलखन थारूले बताए।
उनका अनुसार विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको राप्तीनदीको पुरानो तटबन्ध भत्किएका कारण राप्तीनदी बस्तीमा पस्ने खतरा रहेको छ।
नदी बस्तीमा पस्नासाथ नरैनापुरमा बनेको बाँध भत्किने र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ अतिप्रभावित हुने भएकाले स्थानीय त्रसित रहेका छन्।
यसबारे राप्तीसोनारी गाउँपालिका, जनताको तटबन्धलगायत सरोकारवाला निकायमा बारम्वार जानकारी गराए पनि मर्मतसम्भारको पहल नभएको उहाँले गुनासो छ ।
राप्ती सोनारी–७ फत्तेपुर र नरैनापुर–६ मा भत्केको राप्तीको तटबन्ध तत्काल मर्मत नभए वर्षात्मा ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित रहेको यहाँका स्थानीय जनप्रतिनिधि बताउँछन्।
वर्षा अगाडि तटबन्ध मर्मत नभएमा ठूलो जनधनको क्षति हुनुका साथै संघीय सरकारले लगानी गरेको अर्बौंको लगानी पनि डुब्ने नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बताए।
नरैनापुर–६ मा करिब डेढ सय मिटर क्षेत्रमात्रै तटबन्ध मर्मत गर्नुपर्ने देखिएको छ। तटबन्धन मर्मत नभए सोनवर्षा गाउँ डुब्ने डर रहेको उनको भनाइ छ। राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धनमा २०७९ असोज महिनामा आएको बाढीले क्षति पुर्याएको थियो।
भत्किएको तटबन्धन निर्माणका लागि गाउँपालिका अध्यक्ष, प्रदेश र सङ्घीय सांसदहरूले पटक–पटक निरीक्षण तथा अवलोकन गरे पनि काम सुरु हुनसकेको छैन।
सांसद सूर्य ढकालले राप्ती नदीको तटबन्धनको विषयमा आफूले सदनमा समेत कुरा उठाएको बताए। तत्कालका लागि भत्किएको तटबन्धन निर्माण गर्ने र अन्य स्थानमा पनि नियमितरूपमा तटबन्धनको काम सुरु गर्न आफूले सङ्घीय सरकारमा पहल गरिरहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: