Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

भीमफेदीमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

खबरडबली संवाददाता

हेटौँडा  । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादवको मृत्यु भएको हो।

सवारी दुर्घटनामा परेर दुवै जना गम्भीर घाइते भएका थिए। बुढाथोकी नेपाली सेनाका पूर्व हवल्दार र यादव फास्ट ट्र्याक आयोजनामा कार्यरत इन्जिनियर रहेको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा बिहीबार बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

बुधबार राति करिब १०ः५० बजे माण्डु हाइड्रोपावरतर्फबाट ईपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उक्त गाडी काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण कार्यमा प्रयोग हुँदै आएको थियो।

दुर्घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको काठमाडौँ–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो। टोलीले गाडीमा सवार दुई जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो।

मृतक दुवै जनाको शव हेटौँडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्से खोलामा पहिरो खस्दा दिक्तेल–चखेवा सडक अवरुद्ध

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जो...

षडानन्दमा ‘एक घर, एक धारा’ अभियान सफल हुँदै

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत हालसम्म करिब एक हजार २०० घरधुरीमा धारा जडान गरिएको छ। आयोजनाले लक्षित...

दशक बित्दा पनि आत्मनिर्भर बन्न सकेनन् मुगुका स्थानीय तह

मुगु । संघीयता कार्यान्वयन भएको करिब एक दशक बित्न लाग्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। स्पष्ट दी...

पूर्वाधार अभावले थलिएको लाप्चा पर्यटन

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको प्रसिद्ध पर्यटकीय गन्तव्य लाप्चा आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा विकास हुन सक...

म्याग्दीको चिम खोला गाउँ

म्याग्दी । भिरालो पाखामा गुजमुज्ज परम्परागत ढुङ्गे घर रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोवास रहेको...

बिमा रकमका लागि चोरीको नाटक ? सुन पसल सञ्चालक प्रहरी फन्दामा

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको ...

दरबार हत्याकाण्ड मात्रै होइन, मदन भण्डारी र सुशील कोइरालाको मृत्युबारे पनि छानबिन होस् : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।...

सडक दुर्घटनाको डरलाग्दो तथ्यांक : १ लाख २० हजार दुर्घटनामा १२ हजार ६ सय ७७ मृत्यु

काठमाडौं । नेपालमा सडक दुर्घटना अब केवल ट्राफिक व्यवस्थापनको विषयमा सीमित छैन, यो सार्वजनिक सुरक्षा, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्...

मोरङमा गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सु...

भीमफेदीमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौँडा  । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलाम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending