Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

जहाँ पाठ्यक्रममै छ ‘मेरो खल्ती: मेरो पहिलो डस्टबिन’

खबरडबली संवाददाता

रूपन्देही । सफा र चौडा सडक! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू। छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ।

रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती र सङ्केतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ। तर यो कुनै युरोपतिरको सडक होइन, तिलोत्तमाको सडक हो।  

बुटवल भैरहवा व्यापारिक मार्गको सबैभन्दा लामो भाग तिलोत्तमा नगरपालिका क्षेत्रभित्र पर्छ।

आफ्नो क्षेत्रभित्र पर्ने छ लेन सडकको सरसफाइ र सुन्दरतारामा तिलोत्तमा नगरपालिकाले अग्रसरता लिएपछि यो सडक नेपालकै नमूना सडक बनेको छ। 

उद्योगपति विनोद चौधरीले दुई वर्षअघि यस सडकको यात्रा गर्ने क्रममा ‘आफू बुटवल भैरहवा सडकमा यात्रा गरिरहेको तर युरोप पुगेको अनुभूति भएको’ भन्दै सामाजिक सञ्जालमार्फत भिडियो पोष्ट गरेपछि यो सडकको चर्चा चुलिएको हो। उनले गरेको यो प्रशंसापछि तिलोत्तमा नगरपाालिकाका तत्कालीन नगरप्रमुख वासुदेव घिमिरेले सडकको सरसफाइ र हरियाली प्रवर्द्धनका लागि छुट्टै कार्यक्रम बनाएर लागु गरका थिए।

सोही कार्यक्रमलाई हालका नगरप्रमुख रामकृष्ण खाणले पनि थप परिस्कृत गर्दै निरन्तरता दिएका छन्। 

नगरभित्रका सडकमा सोलार बत्ती विस्थापित गरेर बिजुली बत्ती राखिएको छ।

लहरै राखिएका झलमल्ल बत्तीले रातिमा उज्यालो देखिन्छ।

चोक–चोकमा सार्वजनिक शौचालय राखिएको छ। शौचालय सफा छन्।

तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरी नगर त्यत्तिकै चिटिक्क देखिएको होइन, यसका लागि २०७४ सालबाट हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियान निरन्तर सञ्चालनमा रहेको बताउँछिन्। ‘कोरोना महामारीको समयमा एक–दुई महिना यो अभियान सञ्चालनमा समस्या भयो होइन भने निरन्तर सञ्चालनमा छ’, उनले भनिन्।

अभियानअन्तर्गत हरेक महिनाको १ र १५ गते नगरप्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिको सहभागितामा नगरस्तरीय सरसफाइ अभियान सञ्चालन हुँदै आएको उपप्रमुख चौधरीले बताए।

वडा कार्यालय र टोल विकास संस्थासमेतले नियमित सरसफाइ अभियानलाई निरन्तरता दिँदै आएका छन्। तिलोत्तमाका १७ वडामा एक सय ९९ टोल विकास संस्था छन्।

नगरपालिकाले अघि सारेको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानलाई स्थानीयले पनि साथ दिएका छन्। जसले गर्दा नगरका भित्री सडक पनि सफा छन्।

ड्राइभरटोलकी लक्ष्मी खनालले भनिन्, ‘मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि सबैलाई निस्कन कर लाग्दोरहेछ । अहिले अरु नगरपालिकाभन्दा हाम्रो ठाउँ धेरै सफा भए भएको छ ।’ 

निरन्तर सरसफाइ अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककै पहिलो पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउन सफल भएको छ।

नगरपालिका, वडा कार्यालय र टोल विकास संस्थामार्फत हुने सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन नगरपालिकाले सबै नगरवासीमा आह्वानसमेत गरेको छ।

सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घरआँगन, सडक, व्यावसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाइ गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरिएको छ ।

नगरपालिकाका हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालका अनुसार हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइका लागि हरेक वर्ष दुई करोड रुपैयाँ बजेट विनियोजन हुने गरेको छ।

नगरको नियमित सरसफाइका लागि ४४ जना सफाइकर्मी परिचालन गरिएको छ। प्रत्येक वडामा दुई–दुई जनाका दरले कर्मचारी खटाइएको खनाल बताउँछन्।
 
नगर सफाइमा ख्याति कमाएको तिलोत्तमाले त्यसलाई दिगो राख्न र नगरवासीको सोच परिवर्तन गराउन विभिन्न अभियान चलाउँदै आएको छ।

२०७६ सालमा अभियानकै रूपमा शून्य खुला पोलिथिन अभियान चलाइएको थियो । यसले पनि नगरलाई चिटिक्क राख्न बल मिलेको स्थानीय अगुवा लोकनाथ ज्ञवाली बताउँछन्।

नगर सफा र स्वच्छ राख्न नगरपालिकाले गत वर्षको चैतदेखि गुट्खाजन्य पदार्थको बिक्री वितरणमा समेत प्रतिबन्ध लगाएको छ।

यसको सेवनले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै नगरवासीको स्वास्थ्य, सहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर बिक्री वितरणमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ।

नगरलाई अझै सफा र चिटिक्क बनाउन नगरपालिकाले ‘ग्रिन तिलोत्तमा: क्लिन तिलोत्तमा’को अभियान पनि चलाएको छ। विद्यालयस्तरमा समेत यो कार्यक्रम कार्यान्वयन गरिएको छ। 

फोहर जथाभावी फाल्नु हुँदैन भन्ने कुरा विद्यालयमै सिकाइएको हो।

तिलोत्तमा नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा ‘मेरो खल्ती: मेरो पहिलो डस्टबिन’ अर्थात् ‘माई पकेट: माई फस्ट डस्टबिन’ समावेश गरिएको छ।

जसले गर्दा विद्यार्थीले पनि यत्रतत्र फोहर फाल्दैनन्।

फाल्नै परे आफ्नै खल्तीमा राख्ने र डस्बिन भएको ठाउँमा फाल्ने बानीले विद्यालय तथा सार्वजनिक स्थान पनि सफा र चिटिक्क छन्।

सात सय ५३ स्थानीय तहमध्ये तिलोत्तमा मुलककै पहिलो पूर्ण सरसफाइउन्मुख नगरपालिका हो। विसं २०७६ चैत ३० गते तिलोत्तमालाई मुलुकको पहिलो पूर्ण सरसफाइउन्मुख र शून्य खुला पोलिथिन नगरपालिका घोषणा गरिएसँगै यसलाई दिगो बनाउन स्थानीय पाठ्यक्रममा ‘माई पकेट: माई फस्ट डस्टबिन’ समावेश गरिएको हो।।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड

सिंगापुर । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको...

मेरो नियुक्तिलाई रोक्ने प्रावधान कहीँ कतै छैन, भए देखाउनुस् : कपिल श्रेष्ठ

काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले नेपालको संविधान २०१९ र २०४७ मा समेत रहेको उल्लेख गर्दै राजदूत राजनीतिक नियुक्ति भ...

केरा बगानमा कलिला दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

काठमाडौं । मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-७ मालती टोलकी २१...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । ...

सेयर बजारमा पहिरो, नेप्से २७३९ अंकमा झर्‍यो

काठमाडौं । बुधबार सेयर बजार २७३९ अंकमा कायम भएको छ ।  अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्...

युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् । रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जे...

चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी

इलाम । चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा वर्सेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खोज...

सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएको छन् ।  ...

पलेशालाई महानगरले गर्यो नगद पाँच लाख पुरस्कारसहित सम्मान

काठमाडौँ । काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । बु...

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy