काठमाडौं । कमेडी च्याम्पियनको सिजन २ का विजेता भरतमणि पौडेलले एक वर्षको प्रतीक्षापछि तोकिएको पुरस्कार राशिभन्दा लगभग आधा मात्रै पाएको भन्दै दुखेसो पोखेका छन् ।
कमेडी च्याम्पियनका विजेताले पाउनु पर्ने पुरस्कारको रूपमा एउटा कार र नगद २५ लाख भनिएको थियो । तर भरतले १४ लाख २५ हजार मात्रै पाएको बताएका छन् ।
हिमालय टेलिभिजनको ‘सेलेब्स टक सो’ सँगको कुराकानीमा भरतमणिले भनिएको रकमभन्दा करिब आधा मात्रै पाएको बताएका छन् । विजेता बनेको एक वर्ष पुग्न लाग्दा यति रकम पाउँदा आफू आश्चर्यमा परेको उनले बताएका छन् ।
पुरस्कार राशिमा आकस्मिक लाभांश करका साथै विभिन्न कर काटिएपछि उनको हातमा यति रकम परेको हो । उनले भने, ‘यति थोरै रकम आउँछ भने मलाई थाहा थिएन । अलि– अलि त काटिएला भन्ने सोचेको थिएँ तर झन्डै आधा नै काटिँदा अचम्ममा परेँ ।’
उनले भने, ‘ के– के कुरा काटियो भनेर पछि सोध्दा करको सूची नै देखाउनुभयो । केही भन्न पनि मिलेन । ’ उनका अनुसार आफूले पुरस्कारमा पाएको कारको पनि विभिन्न कर त्यही रकमबाट काटिएको हो ।
यद्यपि, अहिले आएर दुःख मानेर, असन्तुष्ट व्यक्त गरेर केही नहुने भन्दै आफूले चित्त बुझाएको पनि उनले बताएका छन् । तर अहिलेसम्म पुरस्कारमा पाएको कार पनि आफ्नो नाममा पास नगरिदिएको भन्दै गुनासो पोखे ।
उनले विजेताले पाउने पुरस्कारमा कर नकाट्दिए र सुरुमा नै पुरस्कार राशि धेरै नभन्दिए हुन्थ्यो भनेर सुझाव दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: