गौर। प्रादेशिक अस्पताल गौरमा चिकित्सक अभाव भएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीको उपचारमा समेत समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मुरारी ठाकुरका अनुसार नवौँ तहका पाँच र आठौँ तहका दुई चिकित्सक विभिन्न निकायमा काजमा खटाइएपछि अस्पताल सञ्चालनमै कठिनाइ भएको छ ।
पचास शय्याको अस्पताललाई सय शय्यामा विस्तार गरिएको भए पनि दरबन्दीअनुसार चिकित्सक तथा अत्यावश्यक उपकरणको व्यवस्था नहुँदा अस्पताल प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनले बताए।
अस्पतालमा चिकित्सक अभावका कारण उपचार सेवा प्रभावित भएको विषय पटक–पटक सम्बन्धित मन्त्रालयमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको डा। ठाकुरको गुनासो छ ।
सेवा विस्तार भए पनि आवश्यक जनशक्ति नहुँदा एउटै चिकित्सकले रातिसम्म काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए। सीमित जनशक्तिका कारण दैनिक उपचारका लागि आउने दुई सयदेखि तीन सयसम्म बिरामीलाई प्रभावकारी सेवा दिन कठिन भइरहेको उनको भनाइ छ ।
चिकित्सकसँगै मेडिकल रेकर्डर सुपरभाइजर, फिजियोथेरापिस्ट, जनस्वास्थ्य अधिकृत र अनमीसमेत काजमा खटाइएको उनले जानकारी दिए। काजमा खटाइएका कर्मचारी हाल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय धनुषामा कार्यरत रहेको अभिलेख अस्पतालसँग रहेको छ ।
काजमा खटाइएका चिकित्सक तथा कर्मचारीलाई फिर्ता ल्याउन पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएको भन्दै डा। ठाकुरले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकसम्म पुर्याउने विषयमा प्रदेश सरकार गम्भीर नदेखिएको आरोप लगाए।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अवधेश यादवले पनि काजमा रहेका चिकित्सक तथा कर्मचारीलाई फिर्ता ल्याउन पहल भइरहेको बताए। उनका अनुसार अस्पतालमा सेवा विस्तार भइरहे पनि विशेषज्ञ चिकित्सक अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको छ ।
“धेरै रोगको उपचारका लागि बाहिर जानुपर्ने अवस्था हट्दै गएको छ, तर विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको छ,” अध्यक्ष यादवले भने।
उनले पचास शय्याअनुसारको जनशक्ति समेत प्रदेश सरकारले पूर्ति गर्न नसकेको अवस्थामा सय शय्यामा स्तरोन्नति गर्नु ‘नौटंकी’ जस्तै भएको टिप्पणी गर्नुभयो । अस्पतालका समस्या पटक–पटक प्रदेश सरकारसमक्ष राखे पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
यता जंगीलाल रायले प्रादेशिक अस्पताल गौरको समस्यालाई गम्भीर रूपमा लिएको बताए। उनले अस्पतालमा दरबन्दी भई अन्यत्र काजमा रहेका चिकित्सक तथा कर्मचारीलाई फिर्ता ल्याउन निर्देशन दिइसकेको जानकारी दिए।
अस्पतालमा एघारौँ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेकाले त्यसको व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरिएको मन्त्री रायले बताए।
प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने प्रयास गरिरहे पनि सङ्घीय सरकारबाट खटिएका प्रदेश सचिवहरूको असहयोगका कारण यस्ता समस्या देखिएको मन्त्री रायको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - १०:२०
काठमाडौँ। बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा शनिबार ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फे...
जेष्ठ २ गते, २०८३ - ०९:३९
गुल्मी। गुल्मीमा एक हप्ताको समय अवधिमा १६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला...
जेष्ठ २ गते, २०८३ - ०९:२७
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज अमेरिकाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने...
जेष्ठ २ गते, २०८३ - ०९:११
गौर। प्रादेशिक अस्पताल गौरमा चिकित्सक अभाव भएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीको उपचारमा समेत समस्या देख...
जेष्ठ २ गते, २०८३ - ०८:५६
नवलपुर। नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडा करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिभिजन ...
जेष्ठ १ गते, २०८३ - १८:०१
किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...
जेष्ठ १ गते, २०८३ - १७:४९
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...
जेष्ठ १ गते, २०८३ - १७:२२
काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...
जेष्ठ १ गते, २०८३ - १७:०७
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...
जेष्ठ १ गते, २०८३ - १६:४९
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...



प्रतिकृया लेख्नुहोस्: