Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

एक युग प्रचण्ड

शैलेन्द्र घिमिरे
शैलेन्द्र घिमिरे

सामाजिक संन्जालमा वेत वसेका उरेण्ठेउलाहरुको ज्योतिषशास्त्र जमेकै छ । तिनलाई भर्खर तिन पात हालको दलले मलजल गर्दछ । छटनी र कटनी गर्नेहरु प्रतिपक्षी बकेर्नाहरु छन। तिनलाई कहिले प्रचण्डको सिउरमा तारो लगाउने लहड चल्छ ।

फाइलहरु विस्तारै खोल कमल थापाको आन्दोलन दमनमा जथाभावी वाँढेको रकम देखि यति ओम्ती लाउडा वतास वाइडवडी र ३३ किलो सुनसम्म । जनतालाई जानकारी नै नभएका काण्डहरु प्रधानमन्त्रीको शिरानि मुनि होलान । तिनलाई उधिन ।

मानिसहरु यस्तो ठान्छन कि यो देश आफै चल्दैन । यो ति उडन्ते र घुमन्तेहरुको तर्क हो । जो हातमा साक्षर भएको प्रमाणपत्र बोकेर वावुको अंशले जन्मजात सम्पन्न रहेर आजका दिनमा यो व्यवस्थाले खोसिएको आफ्नो चैन सम्झीएर भक्कानिएका छन । तिनिहरु सामाजीक संन्जालमा छन र नेतृत्व प्रति निरन्तर अविस्वास फैलाइ रहेका छन । अविस्वासको डढेलो यति उच्च छ कि मानिसहरु यहि पत्याउछन । चितवनमा एक युवाले बबरी आँशु झारेर मर्नु अगाडी वनाएको भिडियोमा पोलीएको पात्र रातारात नायक वन्छ । नेपालको नागरीकता निच देखेर त्याग गरेको एक मनुवाको कोकोहोलोलेक् जनजनको मन जित्छ र राष्टवादको हिमायती बन्छ । यिनै फुर्सदिला हनुमानहरुले फेरी कथा कथेका छन । पुर्व उपप्रधानमन्त्री र गृहमन्त्री  हिरासतमा जानु नाटक  देखेका छन । यि ह्याउ नभएका म्याउहरुले हल्लैहल्लामा अहिलेको अनुसन्धान अमेरीकाले गरेको मान्छन । जुन सफेद झुट हो भन्ने थाह पाउँदा पाउदै पारस सरकारलाई महाराज वनाइपाउँ भनेर भाकल गरेको एक लिम्वुको छोरोले समेत यहि पत्याएको छ । जुन राज्यको अपराध अनुसन्धान क्षमता प्रतिको चरम अविस्वास समेत हो ।  

प्रचण्ड यसै पनि नायक हुन । यो  र अहिले मौजुद रहेको व्यवस्थाका परीकल्पनाकार । वास्तविक राष्ट पिता । उनि हलुको राजनिती गदैनन । यस्लाइ कनिकनि भन्नु पर्दैन । २०४७ साल ताका मनमोहनको जत्तिको भार यिनको पनि थियो । उनले चाहेको भए एक दुइ थान मन्त्री खान एकताको नाटक गरेको भए ओलीको हाकीम भएर खान उनको क्षमतालाई कसैले रोक्न सक्दैनथ्यो । उनले खाएनन। उनले भने देश, देश जस्तो बनउनु पर्दछ । जनता रैतिको पदवीवाट मुक्त हुनुु पर्दछ । उनको मस्तीस्कमा उव्जीएको एक भ्रुणले  २०६३मा नयाँ व्यवस्था जन्मायो । राजाको थप रगत बगोस भन्ने आकाँक्षालाइ निषेध गरेर गणतन्त्र जन्मियो । आरोह अवरोह छिचोल्दै प्रचण्ड आजपनि उसरी नै खडा छन । उस्तै तेज्वस्वी । केहीगर्ने हुटहुटी र काममा लागीरहने हतारो । अजिव परीस्थीती निमार्ण गर्नु उनको विशेषता हो । जसरी अहिले बनेको छ । सत्तामा काग्रेस छ , काग्रेसका संभावीत सभापती एवम पुर्व गृहमन्त्री  प्रहरीको हिरासतमा छन । तर आफ्नो दाहिने हात काटिएका शेर वहादुरले भनेका छन अनुसन्धानलाई सहयोग गर्नू पर्दछ । पुर्व उपप्रधानमन्त्री दर्जनदिनको लुुकाछिपी पछि प्रहरीकै हिरासतमा आइपुगेका छन ।उनी संलग्न दलका युवाहरुले सडकमा उभिएर भनेका छन कि दोषी जेल जावस । समयको सुइ काँग्रेस सभापतीको दैलो तिर घुमीरहँदा शेर वहादुर सुनिने गरी अनुसन्धान रोक भन्न सत्तैनन । यहि त प्रचण्डको तरीका हो । सवैलाई एकै हतियारले स्तव्ध वनाइदिने ।

त्यसो त सामाजिक संन्जालमा वेत वसेका उरेण्ठेउलाहरुको ज्योतिषशास्त्र जमेकै छ ।तिनलाई भर्खर तिन पात हालको दलले मलजल गर्दछ ।  छटनी र कटनी गर्नेहरु प्रतिपक्षी बकेर्नाहरु छन। तिनलाई कहिले प्रचण्डको सिउरमा तारो लगाउने लहड चल्छ कहिले बा को भजन गाएर सामाजिक संन्जाल बिहार गर्ने लालसा उभिन्छ । तर जतिनै उखरमाउलो गरे पनि तिनको ताउलोमा टोप बहादुर र रामवहादुरहरु छन । जस्को संतापले तिनमा संन्चारीत हुने लज्जाबोध केले छोप्ने हो तिनिहरु तरीका खोज्दै छन ।

प्रचण्डले छोरा प्रकाशको शोकमा भनेका थिए अव सवै युवाहरु  मेरा छोरा प्रकाशहुन । यो वियोगको वाक्य मात्र थिएन प्रतिवद्धताको हिमाल पनि थियो । शोषण उत्पीडन र हेयवाट मुक्त गर्ने प्रतिवद्धता, गरीवी र पछौटेपन समाप्त गर्ने प्रतिवद्धता । यस्को लागी विधिका सम्पुर्ण हिस्साहरु व्यहोरेर प्रचण्ड आज पनि उसरी नै खडा छन ।

मानिसहरु भन्छन गृह नलिएको भए । यो उच्चटलाग्दो वहस उनले सुनेका छन । यो जन्दाजान्दै उनले गृह मन्त्रालय आफै संग राखे । यो संग एक धोको छ , अपराधको गर्धन समाउने। समाउदै जाँदा वालकोट , वुढानिलकण्ठ र वालुवाटार सम्मै पुग्ने ।  जिते नेतृत्व गर्ने र हारे जेल जाने । अहिले हिरासत पठाइएकाहरु वौरीएर आए भने स्वभाविक छ प्रचण्ड विनाकुनै कारण गोन्जालो दुइ हुनेछन । थाह छ यो कदमले न काग्रेस खुस छ न एमाले । तर पनि यो कदम नरोक्नेमा प्रचण्ड दृढ छन । यसो गर्नु भनेको काग्रेस एमालेलाई मिलनको निम्तो दिनु हो । यो निम्तोले सत्ताबाट वाहीर पुर्याउछ भन्ने थाह हुदाँहूदै पनि प्रचण्ड भन्छन अहिले नगरी हुँदैन । कसै न कसैले त शुरु गर्न पर्यो नि । यसर्थ यो भन्न सकिन्छ प्रचण्ड भीमदत्त बनिएला भनेर डराएका छैनन ।

सामाजीक समिकरणमा जे वीद्रोही चेत  छ ,त्यो प्रचण्ड राजनितीको सवैभन्दा सफल पाटो हो । प्रचण्डको रक्षा यहि चेतले गर्छ । उनि आफ्नो राजनिती अरुको चुलोमा पस्किन खप्पीस छन । शेर वहादुरको आँगनमा काग्रेसकै नेता प्रचण्डको पक्षमा वहस गर्छन । कम संख्या नै सही एमाले भित्र पनि प्रचण्ड उभिएकै छन । प्रचण्ड शक्तिको एक हिस्सा श्रोत यहिवाट उत्पादन हुन्छ जो उनले मात्र उपभोग गर्न जान्दछन ।

त्यसो त मदन भण्डारीले भनेक थिए । दुनियाँमा पुँजीवादी स्यालहरुको कुनै कमि छैन । स्यालहरु कराइरहन्छन । स्याल कराइरहन्छ, हात्ति हिडीरहन्छ । प्रचण्ड हिडुन भन्ने रहर आम छ । शिर तानेर उनी हिड्दा भ्रष्टचार रोकिन्छ । सामाजिक संन्जालमा वाघ आयो वाघ आयो भन्नेहरु साँच्चिकै वाघको वथानमा पुगे भने वोल्नै नसक्ने हुनेछन । लडाकु शिविर भन्ने हाउगुजी वुर्जुवा वजारका खेतालाहरुको परीकल्पना हो । सत्य तथ्य खोज्नुपर्छ खोजीने छ । अहिले हातमा रहेको मुद्धा नै प्राथमिक कुरा हो विषयान्तर ले हातको पनि गुम्न सक्छ । फाइलहरु विस्तारै खोल कमल थापाको  आन्दोलन दमनमा जथाभावी वाँढेको रकम देखि यति ओम्ती लाउडा वतास वाइडवडी र ३३ किलो सुनसम्म । जनतालाई जानकारी नै नभएका काण्डहरु प्रधानमन्त्रीको शिरानि मुनि होलान । तिनलाई उधिन । प्रचण्ड व्यवस्था परीवर्तनका निर्विकल्प नायक थिए अवस्था परिवर्तनका पनि निर्वीकल्प नायक वन । पुँजीवाद प्रचण्डलाई भौतिक र नैतिकरुपले सकउन अनेकन चलखेलमा छ । थाह छ जन्मेपछि मरिन्छ । प्रचण्ड कहिल्यौ नमर्ने भ्रष्टचार विरोधी आन्दोलनका श्रोत वन्नु पर्दछ । 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुलुक जिताएर आएका प्रधानमन्त्रीलाई लाज नमानि भन : प्रचण्ड जिन्दावाद !

खासमा हाम्रो तन्तुमा देश छैन । तन्तु र तत्तुमा देश नभएकाहरु अराजक हुन्छन् । आजकल अराजकता पोख्न केही अमेरीकी साहुका भित्ताहरु उपलव्ध छन् । जसलाई हामीले...

डिशहोमको इन्टरनेटले पायो गुणस्तर चिन्ह

काठमाडौं ।  नेपालमा DTH सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा ISO प्रमाणीकरण प्राप्त गरेको छ । Americo qual...

नक्कलि भुटानी शरणार्थी प्रकरण : यि हुन् पक्राउ परेका १६ अभियुक्त

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् । पक...

कांग्रेस नेता गुरुङ पक्राउ : आठ करोड बढी ठगी

सिन्धुली। नेपाली कांग्रेसका युवा नेता एवं सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा...

इन्डियन प्रिमियर लिग : पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै

काठमाडौं । पन्जाब किंग्सलाई पराजित गरि राजस्थान रोयल्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष चारमा रहदै प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको ...

एक युग प्रचण्ड

मानिसहरु यस्तो ठान्छन कि यो देश आफै चल्दैन । यो ति उडन्ते र घुमन्तेहरुको तर्क हो । जो हातमा साक्षर भएको प्रमाणपत्र बोकेर वावुको अंशले जन्मजात सम्पन्न ...

नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको चैतसम्मको अवधिमा नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख रुपैयाँले बढेको छ । टेलिकमले दिएको जानकारी अनुसार गत वर्षको यही अ...

ओम्नी र वाइडबढीको फाइल खोल्ने तयारीमा सरकार

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला स...

काठमाडौंकावासीले जेठ १ गतेबाट मेलम्चीको खानेपानी पिउन नपाउने

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने भएको छ । आयोजनाको मुहान तथा हेडवक्र्समा केह...

अभियुक्त भेट्न हिरासत पुगेका खाँडका सहयोगी पूर्व सांसद शेर्पा फरार

काठमाडौं । उच्चपदस्थ व्यक्तिहरूकै संलग्नतामा शरणार्थीका नाममा भएको ठगी घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएपछि कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page