Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

डा रेशिश श्रेष्ठ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ
डा रेशिश श्रेष्ठ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्दै गएको छ। प्रजनन विशेषज्ञहरूका अनुसार उमेरसँगै महिला र पुरुष दुवैको प्रजनन क्षमता प्राकृतिक रूपमा घट्दै जाने भएकाले समयमै सचेत हुनु आवश्यक छ।

विशेषगरी महिलामा २५ देखि ३० वर्षको उमेरलाई प्रजननका दृष्टिले सबैभन्दा उपयुक्त मानिन्छ। त्यसपछि ३० वर्षपछि क्रमशः र ३५ वर्षपछि तीव्र रूपमा अण्डाको संख्या र गुणस्तर दुवै घट्न थाल्छ। महिलाहरू सीमित अण्डासहित जन्मिने भएकाले समयसँगै ती अण्डा स्वाभाविक रूपमा नष्ट हुँदै जान्छन्।

किशोरावस्थामा महिनावारी सुरु हुँदा करिब २ देखि ३ लाख अण्डा बाँकी रहन्छन् भने जीवनभर करिब ४०० मात्र ओभुलेसनका लागि परिपक्व हुन्छन्। यसले उमेर बढेसँगै गर्भधारण क्षमता कमजोर हुँदै जाने वैज्ञानिक आधारलाई पुष्टि गर्छ।

पुरुषमा भने जीवनभर शुक्राणु उत्पादन भइरहे पनि उमेर बढ्दै जाँदा यसको गुणस्तरमा परिवर्तन आउने चिकित्सकहरू बताउँछन्। ३५ वर्षपछि शुक्राणुको डीएनएमा परिवर्तन हुन सक्ने भएकाले गर्भधारणमा कठिनाइ, गर्भपतन तथा भ्रूण असामान्यताको जोखिम बढ्न सक्छ।

नियमित महिनावारी मात्र पर्याप्त संकेत होइन

विशेषज्ञहरूका अनुसार नियमित महिनावारी हुनु अण्डाशयको चक्र ठीक रूपमा सञ्चालन भइरहेको संकेत भए पनि यसले मात्र प्रजनन क्षमता राम्रो छ भन्ने सुनिश्चित गर्दैन। सफल गर्भधारणका लागि अण्डा, शुक्रकीट, पाठेघर, फालोपियन ट्युब र भ्रूणको गुणस्तर सबै स्वस्थ हुनु आवश्यक हुन्छ।

महिनावारी चक्र सामान्यतया २८ दिनको हुन्छ र ओभुलेसन करिब १४ दिनअघि हुन्छ। ओभुलेसनपछि अण्डाको आयु २४ घण्टा मात्र रहने भएकाले यही समयमा शुक्रकीटसँग मिलन भएमा मात्र गर्भधारण सम्भव हुन्छ।

निसन्तानपन : दम्पतीको साझा समस्या

समाजमा निसन्तानपनलाई प्रायः महिलाको समस्या ठानिने भए पनि चिकित्सकहरू यो दम्पतीको साझा समस्या भएको बताउँछन्। विश्व तथ्यांकअनुसार करिब ३० प्रतिशत निसन्तानपन पुरुष पक्षसँग सम्बन्धित हुन्छ।

अत्यधिक गर्मीमा काम गर्ने, लामो समय ल्यापटप काखमा राख्ने, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन गर्ने वा बारम्बार तातोपानीले नुहाउने बानीले पुरुषको शुक्राणु उत्पादन र गुणस्तरमा असर पार्न सक्छ।

कहिले भेट्ने प्रजनन विशेषज्ञ?

३५ वर्षभन्दा कम उमेरका दम्पतीले एक वर्षसम्म प्रयास गर्दा पनि गर्भधारण नभए, वा ३५ वर्षभन्दा माथिका महिलाले छ महिनासम्म प्रयास गर्दा सफलता नपाए विशेषज्ञको परामर्श लिनुपर्ने चिकित्सकहरूको सुझाव छ।

त्यसैगरी अनियमित वा अत्यधिक पीडादायी महिनावारी, पटक–पटक गर्भपतन, क्यान्सर उपचार, वा शुक्राणु समस्या भएका पुरुषले पनि विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ।

आधुनिक विकल्प : अण्डा र भ्रूण फ्रिजिङ

ढिलो विवाह र सन्तान योजनाका कारण अहिले अण्डा, शुक्राणु र भ्रूण फ्रिजिङ प्रजनन स्वास्थ्यको महत्वपूर्ण विकल्पका रूपमा विकास भएको छ। ३० वर्षभन्दा माथिका तर तत्काल सन्तान योजना नभएका महिलाले अण्डा फ्रिजिङ गर्न सक्छन् भने दम्पतीले भविष्यका लागि भ्रूण फ्रिजिङ गर्न सक्छन्।

त्यस्तै पुरुषले पनि शुक्राणु फ्रिजिङ गर्न सक्ने यो प्रविधि क्यान्सर उपचार वा प्रजनन क्षमतामा असर पार्ने उपचार सुरु गर्नुअघि विशेष रूपमा उपयोगी मानिन्छ।

क्रायोप्रिजर्भेसन : भविष्य सुरक्षित गर्ने प्रविधि

अण्डा, शुक्राणु वा भ्रूणलाई अत्यन्त कम तापक्रममा तरल नाइट्रोजनमा सुरक्षित राख्ने प्रक्रियालाई क्रायोप्रिजर्भेसन भनिन्छ। यसले प्रजनन सामग्रीलाई वर्षौंसम्म सुरक्षित राख्न सम्भव बनाएको छ।

शुक्राणु र अण्डा १०–१५ वर्ष वा सोभन्दा बढी समयसम्म सुरक्षित राख्न सकिन्छ भने भ्रूण अझ लामो समयसम्म भण्डारण गर्न सकिने चिकित्सकहरू बताउँछन्।

प्रजनन विशेषज्ञ डा. रोशिश श्रेष्ठका अनुसार बदलिँदो जीवनशैलीका कारण प्रजनन स्वास्थ्यमा सचेतता र समयमै योजना बनाउनु आजको आवश्यकता बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending