राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अबदेखि 'प्राइमरी इलेक्सन'बाट उम्मेदवार छान्ने निर्णय गरेको छ। काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रारम्भिक रूपमा प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फ ५० प्रतिशत उम्मेदवार ‘प्राइमरी निर्वाचन प्रणाली’बाट चयन गरिने निर्णय भएको जानकारी दिए ।
केन्द्रीय समिति बैठकपछि प्रवक्ता सगुनसुन्दर लावतीले बुधबार जारी गरेको विज्ञप्तिमा राप्रपाले हरेक समिति र तहहरूमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष उमेरमुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्नेसमेत उल्लेख छ।
साथै राप्रपाले भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारबाही गर्न माग गरेको छ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानूनबमोजिम आकर्षित हुने राज्यविरूद्धको अपराध, ठगी, संगठित अपराध, सरकारी दस्तखत कीर्तेलगायत कसुरमा कारबाही चलाउन राप्रपा माग गर्दछ,’ निर्णयमा भनिएको छ।
साथै राप्रपाले २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नसमेत माग गरेको छ। छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र नागरिक आयोगसमेत बनाउन माग गरेको छ।
यस्तो छ निर्णय:

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: