Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

राष्ट्रिय ललितकला उत्सव : यसपटक दुई ठाउँमा चित्र प्रदर्शनी

खबरडबली संवाददाता

काठमाडौँ । यही जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि सुरु हुन लागेको ललितकला क्षेत्रको महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ मा समावेश सिर्जना यसपटक दुई स्थानमा प्रदर्शन हुने भएको छ ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का अनुसार यसपटक नक्सालस्थित प्रतिष्ठान कार्यालय नक्सालको बालमन्दिरस्थित प्रदर्शनीस्थल र नेपाल कला परिषद् (आर्ट काउन्सिल) मा प्रदर्शन गर्ने निर्णय भएको छ ।

प्रदर्शनीको तयारी तीव्ररुपमा भइरहेको र आवश्यक सिर्जना छनोट सकिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रम संयोजक नादरमणि हार्तम्छालीले जानकारी दिए । यसपटक ‘म मेरो देश र मेरो सिर्जना’ विषयमा आधारित रहेर कला प्रदर्शनी गरिनेछ । नेपाल कला परिषदमा हुने प्रदर्शनीमा लोक तथा परम्परागत चित्रकलासँग सम्बन्धित सिर्जना प्रदर्शनी हुने प्रतिष्ठानका उपकुलपति तथा राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को कार्यकारी समितिका संयोजक लालकाजी लामाले बताए ।

उनका अनुसार प्रदर्शनी अवधिमा साँझको समयमा परिषद्मा शास्त्रीय सङ्गीतसमेत प्रस्तुत हुनेछ । हरेक वर्ष वैशाख २ गतेबाट सुरु हुने गरिएकोमा यसपालीबाट उक्त प्रदर्शनी जेठ १५ गते गणतन्त्र दिवसकै अवसर पारेर सुरुवात गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिए । उनका अनुसार यसरी जेठ १५ बाट प्रदर्शनी सुरु गर्ने यो पहिलो अभ्यास हुनेछ । यसपटक जेठ १५ देखि ३० गतेसम्म १५ दिन मात्रै प्रदर्शनी हुनेछ । प्रदर्शनीको कार्यकारी समितिका संयोजक, लामाका अनुसार यसपटक प्रदर्शनीमा सर्वाधिक सात सय ८२ वटा कलाकृति छनोट भएका छन् । त्यसमा ८२ वटा कृति भने अप्रतियोगी छन् ।

यसपटक  सद्भावना दूतसम्मान र कला प्रवद्र्धन सम्मान थप गरिएको छ । यस्तै दुई विधामा समीक्षा लेखन प्रतियोगिता पनि आयोजना हुनेछ । यस्तै प्रदर्शनीबारेमा उत्कृष्ट लेख तथा समाचार लेख्ने पाँच जनालाई समेत पुरस्कृत गरिनेछ । 

यसपटकको प्रदर्शनीका समयमा कला गोष्ठीसमेत आयोजना गरिनेछ । कलालाई व्यवसायसँग जोड्नुपर्छ भनेर यसपटक व्यावसायिक दृष्टिकोणबाट विभिन्न उच्च पदस्थ व्यक्ति तथा राजदूतावासका प्रतिनिधिको भ्रमण गराउने योजनासमेत अघि सारिएको लामाले बताए । यसका साथै विगतका प्रतियोगितात्मक कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदर्शनीले ललितकला विकास तथा प्रवद्र्धनमा टेवा पुग्ने विश्वस गरिएको छ । यसले नयाँ कलाकारलाई सिक्ने र सिकाउने अवसर पनि प्रदान गर्नेछ । 

यस्ता प्रदर्शनीले मुलुकको मौलिक पहिचानलाई विश्वसामु पुर्याउनसमेत सहभोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगितातमक कार्यक्रमले कलाकारलाई कलाकृतिमा निखारता ल्याउनसमेत हौसला प्राप्त हुने उनले बताए ।

विधागत प्रदर्शनी र प्रतियोगिता

प्रदर्शनीमा परम्परागत चित्रकला (पौभा, थाङ्का) आधुनिक चित्रकला ९चित्र तथा मुद्रणकला०, परम्परागत मूर्तिकला, लोककला ९विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीय कला०, हस्तकला/शिल्पकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलालगायतका विधाका कलाकृति सहभागी गराइएको छ । साथै     अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन तथा भावभङ्गीमा कला, ग्राफिक्स कम्युनिकेशन, सिर्जनात्मक छवीकला तथा भिडियोकला पनि समावेश हुने छ । 

यसरी प्रदर्शनीमा समावेश कलाकृतिमध्ये उत्कृष्ट कृतिलाई विधागत र प्रादेशिक रुपमा पुरस्कार प्रदान गरिने नाफाले जनाएको छ । एक जना कलाकारले बढीमा तीन पटकसम्म ललितकला पुरस्कार प्राप्त गर्ने छन् भने तीन पटक एउटै विधामा पुरस्कार पाएमा त्यस्तो कलाकारलाई स्वर्णपदक प्रदान गरिने जनाइएको छ ।  विधागत रुपमा उत्कृष्ट छनोट भएका कलाकारलाई रु ६० हजारका दरले पुरस्कार प्रदान गरिनेछ भने ललितकला विशेष पुरस्कार प्राप्त गर्ने कलाकारलाई रु २५ हजार प्रदान गरिनेछ । 

यस्तै हरेक प्रदेशबाट एक/एक जना पर्ने गरी प्रादेशिक पुरस्कार दिइने र उक्त पुरस्कारको राशी पनि रु २५ हजार नै रहने जनाइएको छ । प्रदर्शनीका अवसरमा कला लेखक र कला पत्रकारलाई पुरस्कृति गरिनेछ । दुई जना विशिष्ट कलाकारलाई एक/एक लाख राशीको अरनिको सम्मान प्रदान गरिनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending