Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

सुनसरीमा २२ सय जनाको नि:शुल्क आँखा जाँच

खबरडबली संवाददाता

काठमाडौ । नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने नि:शुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत दुई हजार एक सय ९९ जनाको आँखा परीक्षण गर्दा दुई सय ४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रक्षा पन्तले बुधबारसम्ममा एक सय ५४ बिरामीको मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामी बिरामीको  नि:शुल्क शल्यक्रिया गरिने जानकारी दिए। 

यही जेठ १ र २ गते देवानगञ्जमा सञ्चालित उक्त शिविरमार्फत दृष्टिदोष भएका नौ सय १९ बिरामीलाई नि:शुल्क चस्मासमेत वितरण गरिएको थियो । विराटनगर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले शिविरमा मोतिबिन्दु देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालमा ल्याई नि:शुल्क शल्यक्रिया गरिएको जानकारी दिए । सो अवसरमा आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीले आफ्नो घर आँगनमै नि:शुल्क आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिएका थिए ।

अस्पतालका प्रबन्धक कुमार पृथुले शिविरमार्फत सुनसरी जिल्लासहितका छिमेकी जिल्लाका र  सीमा क्षेत्रका भारतका नागरिकसमेत लाभान्वित भएको बताए ।  विराटनगर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा सुमित मिश्र र डा प्रिति अग्रवालको नेतृत्वको टोलीले शिविरमा सेवा प्रवाह गरेको थिए ।

नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत हाल दुई  आँखा अस्पताल र ३१ आँखा उपचार केन्द्र सञ्चालनमा छन् । सन् २०२२ मा पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित अस्पताल, आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत १२ लाख १३ हजार तीन सय २६ जनाको आँखा जाँच गरी एक लाख ३१ हजार आठ सय ४६ जनाको शल्यक्रिया गरिएको थियो । त्यसै गरी स्थापनाकालदेखि सन् २०२२ सम्ममा यस संस्थामार्फत एक करोड २४ लाख ३० हजार चार सय ७६ जनाको आँखा जाँच गरी २० लाख ९४ हजार १५ जनाको शल्यक्रिया गरिएको छ ।

त्यस्तै सन् २०२२ मा एक सय ५४  नि:शुल्क आँखा शिविर सञ्चालन गरी छ हजार एक सय ३० जनाको नि:शुल्क मोतिबिन्दुको शल्यक्रियासमेत गरिएको थियो । पूर्वाञ्चल आँखा उपचार कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले पहुँच र आर्थिक अभावमा कोही पनि नागरिक दृष्टिविहीन बस्नु नपरोस् र सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने  सरकारको योजनालाई सफल बनाउने गरी आफ्नो सेवालाई विस्तार गरिरहेको जानकारी दिए। 
 
नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य एवं विराटनगर आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्मनारायण चौधरीले नेपाल नेत्रज्योति सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोहीअनुरुप अहिले काम अगाडि बढिरहेको बताए । 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending