काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताएको छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा उनले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीतिलाई निरन्तता दिइने उल्लेख गरे।
बैठक सांसद दीलेन्द्रप्रसाद बडूले नेपालको परराष्ट्र नीति कसरी अगाडि बढाउने सरकारको योजना छ भनी प्रश्न गरेको थिए । त्यस्तै सांसद रघुजी पन्तले नेपाल–भारतबीचको १९५० सन्धि, नेपालको सीमा र भूमिको रक्षालगायत विषयमा भारत भ्रमणको क्रममा छलफल हुन्छ कि हुँदैन भनी प्रश्न गरेको थिए ।
जवाफमा प्रधानमन्त्री दाहालले भने, “भारत भ्रमणबारे सीमाका सम्बन्धमा हामी एक इञ्च पनि जमिन छोडदैनौँ, छिमेकीको पनि एक इञ्च पनि जमिन चाहिँदैन, यही कुरा हामी भारत भ्रमणमा गएर गछौँ, नेपालको राष्ट्रिय हित, एकतामा असर पर्ने काम हुन दिइने छैन ।”
सांसद दीपक गिरीले दाङको टरिगाउँको विमानस्थलको स्तरोन्नति कहिले हुन्छ भनी गर्नुभएको प्रश्नमा उहाँले उक्त विमानस्थल स्तरोन्नति गर्ने विषयमा सरकार गम्भीर रहेको र छिट्टै काम अघि बढाउने विश्वास दिलाए।
सांसद विद्या भट्टराईले मुलुकमा भ्रष्टाचार र बेतिथि बढेको, लडाकु शिविर, ललिता निवास र नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा नियन्त्रण र कारबाहीका लागि सरकारको के गरिरहेको छ भन्ने प्रश्न गर्नुभएको थियो ।
जवाफमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “भ्रष्टाचार र सङ्गठित अपराधलाई सरकारले छाड्ने छैन, नक्कली भुटानी शरणार्थीको विषय नेपालकै इज्जतको विषय बनेको छ, सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अवलम्बन गरेको छ, त्यसप्रति सरकार प्रतिबद्ध छ ।”
सांसद रामहरि खतिवडाले भूकम्पपछिको पुन:निर्माण र पछिल्लो आर्थिक अवस्थाका बारेमा गर्नुभएको प्रश्नमा प्रधानमन्त्री दाहालले अहिले विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख सुधार भएको जानकारी गराउनुभयो ।
साथै, उहाँले सार्वजनिक सेवा प्रवाहले राज्य र सरकारप्रति जनताको भरोसा बढदै गएको उल्लेख गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको स्पष्ट पार्नुभयो । यस्मा परिणाम देखिने गरी काम गर्ने उहाँको प्रतिबद्धता थियो ।
प्रधानमन्त्री दाहालले भूकम्पपीडितका लागि बाँकी रहेको किस्ता रकम निर्धारित समयभित्रै वितरण गरिने जानकारी गराउनुभयो । सो अवसरमा उहाँले मुलुकमा गणतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, साक्षारता, आर्थिक विकास, कृषिलगायत क्षेत्रमा भएका प्रगतिबारे तथ्याङक प्रस्तुत गर्नुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - १७:३०
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...
बैशाख १८ गते, २०८३ - १७:२०
काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...
बैशाख १८ गते, २०८३ - १६:३७
काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...
बैशाख १८ गते, २०८३ - १६:११
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...
बैशाख १८ गते, २०८३ - १५:५१
रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...
बैशाख १८ गते, २०८३ - १५:३७
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...
बैशाख १८ गते, २०८३ - १५:१७
काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...
बैशाख १८ गते, २०८३ - १५:०७
काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...
बैशाख १८ गते, २०८३ - १४:५२
बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...
बैशाख १८ गते, २०८३ - १४:१७
काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...


प्रतिकृया लेख्नुहोस्: