चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्ती जन्मिएका छन् । विसं २०४४ मा प्रजनन् केन्द्र स्थापना भएयता ती हात्ती जन्मिएका हुन् । विसं २००६ देखिका हात्तीहरु अहिले खोरसोरमा रहेका छन् ।
खोरसोरमा रहेका ५५ वटा हात्तीमध्ये पाँच वटा विदेशबाट ल्याइएका हुन् भने अन्य नेपालमा नै जन्मिएका हात्ती रहेका हुन् । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भारतबाट ल्याइएका चार वटा र थाइल्याण्डबाट ल्याइएको एउटा हात्ती अहिले खोरसोरमा रहेका छन् ।
नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई, सर्लाहीबाट चार र कोशीटपुबाट तीन हात्ती ल्याइएको उनले बताए । निकुञ्जमा विसं २०४४ मा हात्ती प्रजनन् केन्द्र खोरसोर स्थापना भएको हो । त्यसभन्दा अघि देखिका हात्ती अहिले खोरसोरमा रहेको बताए ।
निकुञ्जको खोरसोरमा रहेका हात्तीमध्ये अहिले चार वटा बृद्धावस्थाका रहेका छन् भने अन्य एक वर्षदेखि माथिका रहेका छन् । तत्कालीन समयमा राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिएका हात्ती निकुञ्जमा रहेको बताए। उनले भने,“खोरसोर स्थापना हुनुअघि राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिने हात्ती छन् ।”
यहाँ रहेका हात्तीमध्ये ३२ भाले र २३ पोथी हुन् । निकुञ्ज सुरक्षार्थ हात्तीको प्रयोग गर्ने गरिन्छ । जीप जान नसक्ने ठाउँमा हात्तीमा चढेर गस्ती गर्ने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - ०९:२२
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...
चैत्र ९ गते, २०८२ - ०९:१८
काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...
चैत्र ९ गते, २०८२ - ०९:११
काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...
चैत्र ९ गते, २०८२ - ०७:५२
काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...
चैत्र ९ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...
चैत्र ९ गते, २०८२ - ०७:३९
काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...
चैत्र ९ गते, २०८२ - ०७:३३
काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...
चैत्र ९ गते, २०८२ - ०७:२९
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...
चैत्र ९ गते, २०८२ - ०७:२५
कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...
चैत्र ९ गते, २०८२ - ०७:१७
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...


प्रतिकृया लेख्नुहोस्: