Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८० शुक्रबार | 22nd September, 2023 Fri

कांग्रेस नेता गुरुङ पक्राउ : आठ करोड बढी ठगी

खबरडबली संवाददाता

सिन्धुली। नेपाली कांग्रेसका युवा नेता एवं सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन्। उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरि करोडौं ठगी गरेको आरोपमा काठमान्डौबाट पक्राउ परेका हुन्।

गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भएका गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमान्डौले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ। उनलाई परिसरमा उजुरी परेपछि खोजी गरिएको थियो। पक्राउ परेका गुरुङलाई काठमान्डौ अदालतबाट म्याद थप गरि ठगी, अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धि कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

उनी विरुद्ध प्रहरी परिसर काठमान्डौमा फरक फरक तीनजना व्यक्तिबाट ८ करोड ५ लाख नगद र २० तोला सुन ठगी गरेको उजुरी परेको थियो।गुरुङ विरुद्ध विभिन्न मितिमा व्यवहार सल्टाउने भन्दै सुरेश केसीसँग पटक पटक गरि ७ करोड ७५ लाख रकम र २० तोला सुन लिएको उजुरी छ। केसीसँग आफ्नो सम्पूर्ण सम्पत्ति विशेष अदालतबाट रोक्का भएको र मुद्दा मिलाउन र मुद्दामा खर्च गर्न भनि गुरुङले रकम लिएको पाईएको प्रहरीले जनाएको छ। यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुन तस्करी प्रकरण : चिनियाँ नागरिकसहित १० जना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । हिजो साँझ थप तीनजना पक्राउ परेसँगै करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको ...

यि हुन् काठमाडौं उपत्यकामा आठ घण्टा आठ घण्टा बिजुली आपुर्ति बन्द हुने स्थान

काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा झण्डै ८ घण्टा बिजुली आपुर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेशनको स...

नेपाल टेलिकमले यस्तो ल्यायो समर अफर

काठमाडौं । नेपाल टेलिकमले आज (२०८० असार २९) देखि लागु हुनेगरी समर अफर (Summer Offer) उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ...

७० करोड काण्डको फाइल खुल्ने भएपछि प्रधानमन्त्रीको राजीनामा मागेको खुलासा

काठमाडौं । तत्कालिन केपी शर्मा ओली कार्यकालमा चर्चित ७० करोड घोटालाको ओम्नी काण्डको पुनः छानबीन हुने भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मा...

‘टिन स्टार इन्टरनेसनल ०२३’ भाग लिन थाइल्याण्ड उडे आर्नभ, निभिका र सायरा

काठमाडौं । थाईल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभ...

१० नयाँ ब्रोकर कम्पनीलाई नेप्सेले दियो आशयपत्र : क–कसले पाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा लाइसेन्स...

परराष्ट्रमन्त्री साउद आज अजरबैजान जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन मन्त्री साउद आज अजरब...

प्रधानमन्त्री प्रचण्डको खुलासा : पुर्व माओवादीहरुबिच पार्टी एकता हुँदैछ

पोखरा। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका ल...

सचेत रहनुस् : आज धेरै ठाउँमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका केही भू–भागमा आज बिहानैबाट वर्ष...

नारायणगढ–मुग्लिन सडक पुनस् अवरुद्ध : तीन किलोमा पहिरो खस्यो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसे पछि सडक अवरुद्ध भ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending