म्याग्दी । म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । गाउँ–गाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् । यसरी फालिएका सिसाका बोत्तल फुटेर दुर्घटना निम्त्याउनुका साथै बस्तीलाई प्रदूषित र कुरुप बनाएको छ । बारीमा सिसाका बोत्तल यत्रतत्र थुप्रिँदा किसानलाई समस्या भइरहेको छ ।
धवलागिरि गाउँपालिका–७ ताकमका दिवाकर सुवेदीले बाढीले बगाएर ल्याएको सिसाका बोत्तल खेतमा थुप्रिएपछि तीन वर्षदेखि खनजोत गर्न नसक्दा खेतीबाली लगाउन नपाएको गुनासो गरे। “खोल्सामा थुपारेको बोत्तल बाढीले बगाएर खेतमा ल्याएर थुपार्यो”, उनले भने, “खेतभरि सिसाको टुक्रा भएपछि बाली लगाउनै पाएको छैन, बाँझै राखिएको छ ।”
नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहर व्यवस्थापनको उपाय अपनाइएको छैन । साथै मदिरा उत्पादक कम्पनीले नै यस्ता खाली सिसा फिर्ता लैजानुपर्ने हो तर वास्ता नगरेकाले समस्या भएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।
अध्यक्ष खत्रीले चुनौतीका रूपमा देखिएको सिसाजन्य फोहर व्यवस्थापनका लागि नीतिगत पहल गर्नुपर्ने बताए । सडक सञ्जाल जोडिएसँगै दुर्गम भेगका बस्तीमा अझ बढी मदिराजन्य, चिसो पेयपदार्थजन्य सिसाका खाली बोत्तलको थुप्रो लागेको छ । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीका व्यवसायीले भने सिसाका खाली बोत्तल खाल्डोमा पुर्दै आएका छन् ।
“मदिराजन्य सिसाका खाली बोत्तल पर्यटकीय क्षेत्रका लागि समस्या भएका छन् । यस्ता बोत्तल फिर्ता लैजाने कोही नभएकाले हामीले खाल्डो खनेर गाड्ने गरेका छौँ”, घोडेपानीका सुशील पुनले भने, “सिसाको बोत्तल फिर्ता लैजाने कम्पनीको मात्रै मदिरा बेच्नेबारे हामीले समुदायमा छलफल गरिरहेका छौँ ।” घोडेपानीमा पर्यटनको एक याममा एउटा होटलबाट एक ट्रयाक्टरभन्दा बढी सिसाको बोत्तल निस्कने उनको भनाइ छ ।
बस्तीभन्दा माथिल्लो क्षेत्रका हिमाली पदमार्ग र आधार शिविरमा पनि यस्ता सिसाका बोत्तल थुप्रिँदा समस्या बढ्दै गएको छ । यत्रतत्र छरिएका सिसाका बोत्तल र क्यानले आधार शिविर क्षेत्रमा फोहर बढेको छ ।
यसको व्यवस्थापनमा अझैसम्म जिम्मेवार निकायले चासो दिएको देखिँदैन । साथै पदमार्गमा आउने अधिकांश पर्यटकले समेत आफूले ल्याएको सिसाका बोत्तल सुरक्षितरूपमा व्यवस्थापन नगरी जथाभावी फाल्ने गरेका छन् । पर्यटकीय क्षेत्र तथा गाउँघरमा सिसाका बोत्तल व्यवस्थापनमा चुनौती थपिएको छ ।
“मदिरा खानेले स्वाद र मनोरञ्जन लिए, बेच्नेले पैसा कमाए । तर स्थानीयवासीले भने सास्ती भोग्नुपरेको छ”, घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजाले भने, “एउटाले सेवन गरेको, अर्कोले बेचेर पैसा कमाएको मदिराको खाली बोत्तलबाट निर्दोष किसान पीडित हुनुपरेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: