Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नक्कली भुटानी शरणार्थी प्रकरण- उजुरी थपिँदै, प्रतिवेदन आज बुझाउने तयारी

खबरडबली संवाददाता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा १६ जना पक्राउ परिसकेका छन्। तर, अझै उजुरी आउने क्रम जारी छ। आइतबार मात्रै थप पाँचवटा उजुरी परेको छ। पक्राउ परेकामाथि अनुसन्धान सँगै प्रहरीले प्रतिवेदन बनाइरहँदा उजरी पनि आइरहेका छन्। 

पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई थप अनुसनधान गर्नुपर्ने भएकाले आइतबार तीन दिन म्याद थपिएको थियो। उनीहरूविरुद्ध म्याद थप भइरहँदा आइतबार नै ५० लाख ठगी भएको विवरणसहित ५ जनाको उजुरी आएको प्रहरीले जनाएको छ।  

यस प्रकरणमा अनुसन्धान गरी तयार गरेको प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी पनि थियो। तर, थप उजुरी परेपछि सोमबार मात्रै प्रतिवेदन बुझाउने तयारी भएको प्रहरी अधिकारी बताउँछन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अहिलेसम्म १ सय ११ जनाको उजुरी परेको छ। अनुसन्धान पूर्णतया नसकिएकाले प्रतिवेदन बुझाउन नसकिएको कार्कीले बताए। 

उनी भन्छन्, ‘यसै प्रकरणमा संग्लन भएकाहरूपछि पनि पक्राउ पर्ने र नयाँ उजुरी आइरहेको भएर पनि अनुसन्धान सकिएको छैन। बयान लिने, प्रमाण जुटाउने लगायतका केही कामहरू बाँकी नै छ। सकेसम्म सोमबारसम्म प्रतिवेदन बुझाउने तयारी प्रहरीको छ।’ 

पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतमा राख्नका लागि अदालतबाट अनुमती लिनुपर्ने हुन्छ। यसअघि प्रहरी नियन्त्रणमा रहेका आरोपी १६ जनाको म्याद आइतबार सकिएपछि थप म्याद लिनका लागि प्रहरीले उनीहरू सबैलाई जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending