काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा गत शुक्रबार चीन प्रस्थान गरेको नेकपा (माओवादी केन्द्र) को प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेको छ ।
शुक्रबार दिउँसो माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेता वाङले ल्हासा विमानस्थलको स्तरोन्नति भइरहेकाले छिट्टै ल्हासा–काठमाडौँ सिधा हवाई सेवा सञ्चालन हुने बताए ।
“एक असल छिमेकी मित्रराष्ट्रको हिसाबले नेपाललाई आवश्यक पर्ने सहयोग गर्न चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकार प्रतिबद्ध छ”, नेता वाङ्ले भने, “ल्हासा विमानस्थलको स्तरोन्नति भइरहेको छ, अब छिट्टै ल्हासा–काठमाडौँ सिधा हवाई सेवा सञ्चालन हुनेछ ।”
नेपाली प्रतिनिधिमण्डलका नेता सापकोटाले नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो रहेको र दुई देशको सम्बन्ध प्रगाढ एवम् अतुलनीय रहेको स्मरण गर्दै उनले अन्तर्राष्ट्रिय र व्यापारिक नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरेका थिए । उनले भने, “चीनको विकासबाट नेपालले सकारात्मक लाभ लिन चाहेको छ । सीमा नाकामा रहेका अन्तर्राष्ट्रिय र व्यापारिक नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने र काठमाडौँ–ल्हासा सिधा हवाई उडान पुनः सञ्चालन हुने नेपालको अपेक्षा छ ।”
सापकोटाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउँदै नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध थप प्रगाढ भएको बताए । १४ दिन लामो चीन बसाइका क्रममा नेपाली प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लगायतका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
सापकोटा नेतृत्वको प्रतिनिधिमण्डलमा माओवादी केन्द्रका सचिवहरू गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, पार्टी निर्वाचन आयोगका प्रमुख कुबेर ओली, नेताहरू केशव नेपाल, परशुराम रम्तेल, जगतप्रसाद यादव, टेकेन्द्र भट्ट, सुबोध शेर्पाली, आसमान रोका, मनहरि तिमिल्सिना, लक्ष्मीकन्या बुढा, आङदावा शेर्पा, गीता कँडेल, हर्क नेम्वाङ, सुदर्शन बराल, सेसुराम भण्डारी र जिपी मैनाली रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - ०९:२२
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...
चैत्र ९ गते, २०८२ - ०९:१८
काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...
चैत्र ९ गते, २०८२ - ०९:११
काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...
चैत्र ९ गते, २०८२ - ०७:५२
काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...
चैत्र ९ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...
चैत्र ९ गते, २०८२ - ०७:३९
काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...
चैत्र ९ गते, २०८२ - ०७:३३
काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...
चैत्र ९ गते, २०८२ - ०७:२९
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...
चैत्र ९ गते, २०८२ - ०७:२५
कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...
चैत्र ९ गते, २०८२ - ०७:१७
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...


प्रतिकृया लेख्नुहोस्: