Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

बयानमा पोलिएका यी ७ जनालाई जुनसुकै बेला पक्राउ गर्न सकिने

खबरडबली संवाददाता

काठमाडौँ ।जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

अनुसन्धानको ५७औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन बुझाएको राससलाई जानकारी दिए । 

उनले सरकारी वकिलको कार्यालयले प्रतिवेदनमा थपघट पनि गर्न सक्ने बताए । उनका अनुसार सम्पत्ति शुद्धीकरण तथा अख्तियार दुरुपयोग अनुसन्धानको पाटो बाँकी नै रहने र त्यसतर्फ पनि मुद्दा आकर्षित हुनसक्ने उल्लेख गरे। 

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री, गृहमन्त्रीलगायतका १६ जना पक्राउ परेका छन् । उनले थप १६/१७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय पनि दिइएको जानकारी दिए । 

यसबाहेक बयानका क्रममा प्रतिवादीहरूले पोलेका तर तत्काल प्रमाण जुटाउन नसकिएका अन्य ७ जना रहेका छन् । उनीहरूलाई संगठित अपराध ऐन २०७० को दफा २२ र फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम जुनसुकै बेला पक्राउ गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका ‘हाइ प्रोफाइल’ व्यक्तिमाथि किन छानबिन अगाडि बढाइएन भन्दै आलोचना भइरहेको थियो । 

विशेष गरेर पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, पूर्व गृहमन्त्री बालकृष्ण खाण (हाल प्रहरी हिरासतमा) की पत्नी मञ्जु खाण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ बारे प्रश्न उठेको थियो । त्यस्तै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निजी सचिव राजेश बज्राचार्यको समेत नाम यो प्रकरणमा जोडिएको छ । तर, प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिहाल्ने प्रमाण भने फेला पारेको छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

दाङ। रोल्पामा आज  बिहान  मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिर...

अमेरिकाले प्रहार गरेको ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

नयाँदिल्ली । ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायातमन्त्री सर्वानन्द...

नक्कली सरकारी कार्यालय खडा गरी ठगी, बर्दियाबाट एक दम्पती पक्राउ

बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चाल...

वैशाख मसान्तसम्म ९२ करोड कर सङ्कलन

बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...

लागुऔषध नियन्त्रणमा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय: गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...

शिक्षा र स्वास्थ्यमा कर लगाइएको भन्दै सांसद सिंहको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभामा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको ...

सरकारको आगामी बजेट ‘फुकेको बेलुन’ जस्तो, कार्यान्वयनमा विश्वास छैन: सांसद सिंह

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुनेमा गम्भीर शंका व्यक्त गरेका छन्। ...

ग्रामीण तथा विकट क्षेत्रका समस्यालाई बेवास्ता गरियो: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई कडा आलोचना गरेका छन्। उनले बजेटलाई “खुट्टाको घाउजस्...

एमालेको प्रश्न : प्रधानमन्त्री बालेनको अभिव्यक्तिमा ताली बजाउने सांसद को–को हुन् ?

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई लिएर तीव्र आपत्ति जनाएको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महर...

फुटबलर विशाल राखेपको उपाध्यक्ष नियुक्त, राखेपद्वारा स्वागत

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending