Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

चुरे मासेर भारतलाई ढुंगा, गिट्टी बेच्न राष्ट्रिय सहमति

खबरडबली संवाददाता

काठमाडौं । ‘वातावरण प्रतिकुल नहुने गरि नदिजन्य ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुन निर्माण गरिनेछ, चुरे संरक्षण गर्दै वातावरणीय ह्रास नहुने गरि त्यस्ता खानीका बस्तुहरुको उत्पादन र निर्यातको व्यवसायीक सम्भावना खोजिनेछ’ यो नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेटिएको बिषय हो ।

मन्त्रिपरिषदबाट पारित र राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा जेठ ५ गते वाचन गरेको दस्तावेजकै आधारमा सरकारले जेठ १५ गते सार्वजनिक गर्ने आगामी आर्थिक वर्षका लागि बजेट वक्तव्य तयार पार्दछ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको संयुक्त सरकारले ल्याएको चुरे दोहन सम्बन्धी यो नीतिमा सम्भवतः राष्ट्रिय सहमति देखिन्छ ।

यस अघि केपी ओली सरकारले पनि चुरेबाट ढुंगा, गिट्टी झिकेर निर्यात गर्ने व्यवस्था बजेटमा ल्याएको थियो । त्यतिबेला सरकारको चौतर्फी आलोचना भएको थियो । व्यापाक आलोचनापछि सरकारले बजेटको सो व्यवस्था कार्यान्वयन गरेको थिएन् । 

यसपाली पनि त्यसरी नै सरकारको नीति तथा कार्यक्रममा चुरेबाट गिट्टी, ढुंगा निर्यात गर्ने उल्लेख गरेको छ । तर त्यसको बिरोधमा खासै ठूलो आवाज उठेको छैन् ।

यस अघि चुरो दोहनका विरुद्ध आवाज उठाउने माधव नेपाल पनि यसपाली मौन छन् । नारायणमान बिजुक्छेले पनि मुख खोलेका छैनन् । 

सरकारको नीति था कार्यक्रम आउनु केहि दिन अघि मात्रै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले गिट्टी, ढुंगा निर्यात गरेर बर्षमा दुई खर्ब भन्दा बढी आम्दानी गर्न सकिने भन्दै सार्वजनिक लबिङ गरेका थिए ।

भारतका सीमावर्ती क्षेत्रका सडक, रेल, विमानस्थलसहित विभिन्न निर्माणाधीन ठूला परियोजनाका लागि नेपालका नदी र पहाडबाट ढुंगा, गिट्टी र बालुवा निजी कम्पनीहरुमार्फत निकालेर दैनिक सयौं गाडी भारततर्फ निकासी हुनेछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending