काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बुधबार नेपालले भारतको सामना गर्दैछ। दुई टोलीबीचको खेल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो ३ बजे शुरु हुनेछ।
नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो। दुई खेल जितेर नेपाल समूह एबाट अन्तिम चारमा पुगिसकेको छ।
भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगेको छ। नेपाल भारतलाई हराएर समूह विजेता बन्न चाहन्छ भने घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्ने योजनामा छ।
यो समूहबाट बंगलादेश र किर्गिस्तान समूह चरणबाट बाहिरिसकेका छन्। यस्तै समूह बीबाट कजाकस्तान र उज्वेकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन्।
बुधबार बंगलादेश र किर्गिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ। श्रीलंका र माल्दिभ्सबीच तथा उज्वेकिस्तान र कजाकस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ। नेपाल भलिबल संघको आयोजना तथा परिषद्को सहयोगमा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८१ - ०८:५८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच गम्भीर मतभेद देखिएको छ । राणाले पार्टी कार्यकर्त...
माघ १२ गते, २०८१ - ०८:४०
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छ...
माघ १२ गते, २०८१ - ०८:३२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथि राज्यले षड्यन्त्रपूर्वक मुद्दा चलाएको जिकिर गर्दै उनका कानुन व्यवसायीले रुपन्देही जिल्ला अदालतमा बहस गरेका ...
माघ १२ गते, २०८१ - ०८:२३
काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज चुनाव हुँदैछ। मतदान बिहान ८ बजेदेखि स...
माघ १२ गते, २०८१ - ०८:१३
सङ्खुवासभा । राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हि...
माघ १२ गते, २०८१ - ०८:०८
काठमाडौँ । नेपालले विश्व बैङ्कसँग भएको सम्झौताअनुसार कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गरेपनि कानुनी अल्झनका कारण उक्त रकम भित्र्याउन ढिलाइ ...
माघ १२ गते, २०८१ - ०८:०१
इलाम । सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय–१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न...
माघ १२ गते, २०८१ - ०७:५६
बरहथवा । विपन्न दलित मुसहर परिवार चिसो र शीतलहरको जोखिममा परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन । बसवरिया गाउँपालिका...
माघ १२ गते, २०८१ - ०७:५३
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्ध...
माघ १२ गते, २०८१ - ०७:४८
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले केही हेरफेर गर्दै विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटे...
प्रतिकृया लेख्नुहोस्: