Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

माओवादीका नेताहरुले भ्रष्टाचार गरे प्रचण्डले थुन्ने हिम्मत गर्नुपर्छ : सरल सहयात्री

'लडाकु शिविरमा घोटाला भएको छैन, छानविनका लागि तयार छौं'

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले माओवादी केन्द्रका लागि भ्रष्टाचार सहिदको मासु लुछेर खानुजत्तिकै अपराध भएको बताएका छन् ।

माओवादी केन्द्रको सदस्यको आडमा कसैले भ्रष्टाचार गरेको पाइएमा अपराधी करार गरेर जेलमा थुन्ने हिम्मत प्रचण्ड नेतृत्वको सरकारले गरेको खण्डमामात्रै अरुलाई औंला ठड्याउन मिल्ने उनले बताए ।

बुधबार बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, 'अरुका लागि के हो भ्रष्टाचार मलाई थाहा छैन । तर, माओवादी केन्द्रका लागि भ्रष्टाचार सहिदहरुको मासु लुछेर खानु जत्तिकै अपराध हो । माओवादीहरुले यदि भ्रष्टाचार गरेका छन् भने सबैभन्दा पहिला अपराधी करार गरेर जेलमा थुन्ने हिम्मत कमरेड प्रचण्डले, यो सरकारले र यो प्रदेश सरकारको मुख्यमन्त्री लगायतले गर्नुपर्छ र अरुलाई औंला ठड्याउने हामी हिम्मत राख्छौं ।’

आफू माओवादी क्यान्टोनमेन्टको ब्रिगेड कमाण्डर रहेको उल्लेख गर्दै उनले माओवादी लडाकु शिविर प्रकरण छानविनका लागि तयार रहेको बताए । माओवादीको आन्दोलनमा लागेर सत्तालाई परिवर्तन गर्ने अभिष्ट सपना देखेकाहरुलाई भ्रष्टाचारमा संलग्न हुने छुट नभएको उनको भनाई छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending