Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

हर्क साम्पाङलाई ‘बहुला’ भनेपछि आलोचित रिमालको स्पष्टीकरण- सावधानी अपनाइनँ, वैरभाव राख्नुपर्ने कारण छैन

खबरडबली संवाददाता

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बोलेको एउटा भिडिओ क्लिप्स भाइरल भइरहेको छ।

उक्त भिडिओमा उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई ‘बौलाहा’ भनेका छन्। यति मात्र होइन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि ‘तँ’ सम्बोधन गरेका थिए। 

गएको शनिबार अखिल नेपाल महिला संघ (अनेमसंघ) को दोस्रो पूर्ण बैठकमा बोलेको आफ्नै बोलीले अहिले उनलाई नराम्ररी पोलिरहेको छ। सामाजिक सञ्जालमा उनले निकै आलोचना खेप्नुपरेको छ। 

सामाजिक सञ्जालमा निरन्तर आलोचित भएपछि उनले स्पष्टीकरण दिएका छन्।

आन्तरिक कार्यक्रम र बाहिरी चर्चा !

अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकमा मैले सामाजिक सञ्जाल बारे बोलेको भिडियो बाहिर आयो। केन्द्रीय कमिटीको त्यो बैठक सार्वजनिक थिएन। छलफलको प्रयोजन गोप्य थियो, विषय रणनीतिक थियो। आन्तरिक भएकोले यस्ता बैठकहरुमा प्राय: अनौपचारिक भाषा बोलिन्छ। 

अनौपचारिक भाषा बोल्दा शब्द तौलिएर बोलिंदैन। त्यहाँ पनि त्यस्तै भएको थियो, सबै चिनेजानेकाहरु बीच मैले बोल्दा कुनै साबधानी अपनाइनँ । आफ्नालाई सकेसम्म उत्साहित पार्ने र पार्टीले राखेको लक्ष्यतिर प्रतिवद्ध बनाउने प्रयास गरें। यो डिजिटल युगमा गोप्य, गोप्य रहँदो रहेनछ– कुनै न कुनै तरीकाले ओपन हुँदो रहेछ। हो, यहाँ चाँहि मेरो असावधानी हुनपुग्यो।

हामी छर–छिमेकमा, दाजुभाइका बीचमा कुरा गर्दा दाइ सा'प, काका सा‘प भन्दैनौं। लोकल स्ल्याङ्गमा– कालेदाइ, सेतेदाइजस्ता शब्दहरु पनि प्रयोग हुन्छन्। त्यस्तै, त्यो बन्द–बैठकमा कुरा राख्दा अनौपचारिक तबरबाट प्रयोग भएको शब्दरवाक्यरवाक्याँश सार्वजनिक हुँदा सायद अशोभनीय सुनियो। अमर्यादित जस्तो लाग्न पुग्यो। 

‘भाइरल–भिडियो’को मेरो अभिव्यक्तिलाई यसरी बुझिदिनु होला। 

हर्क साम्पाङ र बालेन साह जस्ता साथीहरु स्थानीय सरकारको नेतृत्वमा आउनु भएको छ। केही गर्छु भन्ने युवाहरु, चाहे मेरा पार्टीका हुन् वा स्वतन्त्र, उहाँहरुप्रति वैरभाव राख्नुपर्ने कारण नै छैन। नजिकबाट मलाई चिन्ने जो कोहीलाई थाह छ– फ्रण्टलाईन, प्रचार, वाहवाही भन्दा पर हदैसम्म काममा जोतिन चाहने मान्छे हुँ। त्यसैले म अहिले पनि भन्छु, यो देश बनाउन काममा निर्लिप्त भएर लाग्नै पर्छ, एकप्रकारले भन्ने हो भने हामी “बहुलाउनै” पर्छ।

हर्कजी दिनरात जनतालाई श्रममा लगाइ पानी खुवाउने भनेर लाग्नु भएको छ। सामाजिक सञ्जालबाट श्रमदान गर्न आउन भन्नु भएको रहेछ। म श्रमिक आन्दोलनबाट नै राजनीतिमा आएको मानिस हुँ। मेरो जीवनको उर्जाशील ३० वर्ष श्रमिकहरुको हकहित र सुरक्षाका काममा वितेको छ। म पूर्व आउँदा धरानमा पनि आउन सक्छु, मौका मिले त्यहाँ पनि श्रम गरौंला। मौका नमिले पनि म श्रमबाट टाढा छैन।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending