Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

आँखासँगै कान उपचार सेवा विस्तार गरिँदै

खबरडबली संवाददाता
काठमाडौ । नेपाल नेत्रज्योति सङ्घ दाङले लमहीमा आँखासँगै कान उपचार सेवा सञ्चालन गर्ने भएको छ । लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक अधिकृत शम्शेर थापाले जानकारी दिए । 
 
लमही नगरपालिका–५ रातोडाँडास्थित नगरविकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन निर्माण गरेर कानसम्बन्धी उपचार सेवा प्रदान गरिने उनले जानकारी दिए । उनले भने, “कान उपचार सेवा सञ्चालनमा लागि  सबै क्षेत्रबाट सहयोग आवश्यक छ ।” 
 
उनले कार्यक्रममा लमही आँखा अस्पतालको रणनीतिक कार्ययोजनासमेत प्रस्तुतीकरण गरेको थिए । चालु आर्थिक वर्षमा लमही नगरपालिका र गढवा गाउँपालिकाले आँखाको नि:शुल्क उपचार सेवामा सहजीकरण गरिरहेका  गरेका छन् । 
 
लमहीका सबै वडामा नि:शुल्क आँखा जाँच गरिएको छ । जाँच गरिएका छ सय ५० जनामध्ये चार सय छ जनाको मोतीबिन्दुको नि:शुल्क शल्यक्रिया पनि गरिएको छ । बाँकी दुई सय ४४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । गढवाको सबै वडामा नि:शुल्क आँखा जाँच गर्दा चार सय ६० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको र तीन सय चार जनाको शल्यक्रिया गरिएको छ । अब एक सय ५६ जनाको शल्यक्रिया गर्न बाँकी छ । राजपुर गाउँपालिकामा पाँच सय ५१ र राप्ती गाउँपालिकामा आठ सय ९७ जनाको मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।
 
लमहीमा नेपाल नेत्रज्योति सङ्घ आँखा अस्पताल कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही अस्पतालले आयोजना गरेको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रमुख प्रशासक थापाले लुम्बिनी प्रदेशमा विभिन्न कारणले एक लाख ९५ हजार एक सय २० जना आँखासम्बन्धी समस्या भएका बिरामी रहेको जानकारी गराउनुभएको थियो  । उहाँका अनुसार यसमा एक लाख १२ हजार नौ सय ६४ मोतियाबिन्दुका कारणले अन्धोपन भएका बिरामी  छन् ।
 
प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देहीमा २३ हजार सात सय पाँच मोतियाबिन्दुका बिरामी छन् । यसपछि क्रमश: कपिलवस्तुमा १४ हजार आठ सय ७१, दाङमा १४ हजार चार सय २७, बाँकेमा १३ हजार पाँच सय ४६, बर्दियामा १० हजार छ सय ४१, नवलपरासीमा आठ हजार तीन सय २२, गुल्मीमा पाँच हजार पाँच सय ९१, पाल्पामा पाँच हजार चार सय ३५, प्यूठानमा पाँच हजार तीन सय ५०, रोल्पामा पाँच हजार दुई सय चार, अर्घाखाँचीमा चार हजार चार सय ५८ र रुकुममा एक हजार दुई सय ९१  मोतियाबिन्दुका बिरामी रहेको जनाइएको छ ।
 
आँखा उपचारमा सहयोग गर्ने प्रतिबद्धता
 
यसैबीच छलफल कार्यक्रममा बोल्ने वक्ताले आँखासँगै कानको उपचार गर्ने सवालमा सबै क्षेत्रको सहयोगसँगै साझेदारी आवश्यक रहेकामा जोड दिएका थिए । मानवीय सेवाको सबैभन्दा महत्वपूर्ण सेवा भनेकै आँखा उपचार सेवा भएको जनाउँदै उहाँहरुले आँखा उपचार सेवामा स्थानीय तह, सङ्घसंस्था लगायतको समन्वय र साझेदारीको खाँचो आँैल्याएका थिए ।
 
कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले स्वास्थ्यका दृष्टिले आँखा उपचार सेवा महत्वपूर्ण भएको जनाउँदै आँखा उपचारलाई देउखुरीका चारवटै पालिकाले प्राथमिकतामा राख्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “यसका लागि ती चारवटै पालिका र  नेत्रज्योति सङ्घकाबीचमा सहकार्य र सम्झौता हुन आवश्यक छ ।” उहाँले स्थानीय तहले गरिब तथा विपन्न नागरिकलाई देउखुरीमा सहजै आँखा उपचार सेवा दिने गरी लाग्नुपर्ने जनाउँदै यसका लागि आपूmलेसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
 
कार्यक्रममा लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले आफ्नो पहिलो प्राथमिकता नै जनताको सेवा भएको र जनताको सेवाका लागि आपूm जहिले पनि सकारात्मक रहेको बताउनुभयो । जनताको सेवाका लागि आपूmले काम गर्दै आएको र आँखा उपचारसँगै कानसम्बन्धी उपचार गर्ने अस्पताल निर्माणका लागिसमेत सहयोग गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो ।
 
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले राप्ती आँखा अस्पताललाई प्रदेशकै उत्कृष्ट आँखा अस्पतालका रूपमा विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले बिरामीलाई टाढा जानै नपर्ने गरेर लमही, तुलसीपुर र बहादुरगञ्जबाटै सेवा पाउने गरी सेवा प्रवाह गरिनुपर्छ भन्नुभयो । साथै कार्यक्रममा कोइलावा आँखा अस्पतालको गुरुयोजना, पुन:स्थापन कार्यक्रमलगायतका बारेमा जानकारी गराइएको थियो ।
 
नेपाल नेत्रज्योति सङ्घ दाङका कार्यसमिति सदस्य रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, लमही नगरपालिका वडा नं ५ का वडाध्यक्ष ओमप्रकाश सुवेदी, गढवा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष लेखबहादुर थापा, राजपुर गाउँपालिका वडा नं २ का ओमप्रकाश यादवलगायत लमही अँखा अस्पताको विकास र विस्तारमा सहयोग गर्ने बताउनुभएको थियो । 
 
कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका सदस्य घनश्याम सुवेदीले साझेदारी कार्यक्रम र आगामी सहयोग साझेदारीका विषयमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गर्नुभएको थियो । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...

सरकारले गर्‍यो सबै राष्ट्रिय स्तरका निजामती र स्वास्थ्य सेवा ट्रेड युनियन खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...

११ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संसद्मा विमति जनाउछौं: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...

दीपेन्द्रको अलराउन्डर वरीयतामा सुधार, बलिङमा सन्दीपको छलाङ

काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...

सगरमाथा आरोहणबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, यो सिजनमा १.१७ अर्ब रुपैयाँ उठ्यो

काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभाग का अनुसार मंगलबारस...

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ)सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख...

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारमा डा.अग्रवाल नियुक्त

काठमाडौं। सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त ...

कांग्रेस सांसदलाई सभापति थापाले दिए प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। बुधबार सिंहदरबारस्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending