Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

झापा ५ मा सुकुम्वासीको आक्रोश : ‘डोजर आतंक’ विरुद्ध सडकमा आन्दोलन

खबरडबली संवाददाता

झापा । सुकुम्वासी र भूमिहीन बस्तीमा डोजर चलाइएको भन्दै झापा क्षेत्र नं. ५ मा स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध उनीहरूले दिनहुँजसो नारा जुलुस र विरोध प्रदर्शन गरिरहेका छन्।

दमकसहित विभिन्न स्थानमा बुधबार निकालिएको र्‍यालीमा सुकुम्वासीहरूले वर्षौँदेखि बसोबास गर्दै आएको ठाउँबाट जबरजस्ती उठिबास गराउन नहुने बताएका छन्। “वैकल्पिक व्यवस्था नगरी डोजर चलाउनु अमानवीय हो,” उनीहरूको भनाइ छ।

अखिल नेपाल सुकुम्बासी सङ्घ को आयोजनामा निकालिएको र्‍यालीले नगरका विभिन्न भाग परिक्रमा गरेको थियो। यसअघि कमल गाउँपालिकामा पनि भूमिहीन तथा सुकुम्वासीहरूले विरोध प्रदर्शन गर्दै स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएका थिए।

झापाकै बिर्तामोड क्षेत्रमा पनि सुकुम्वासीहरू आन्दोलित बनेका छन्। सुकुम्वासी संयुक्त सङ्घर्ष समितिले बसोबास गरिरहेको स्थानमै भूमि स्वामित्व उपलब्ध गराउन माग गर्दै आन्दोलन चर्काउँदै लगेका छन्।

यता स्थानीय तहका जनप्रतिनिधिहरू भने सुकुम्वासीको पक्षमा उभिएका छन्। दमक नगरपालिकाका मेयर रामकुमार थापा ले सुकुम्वासी बस्तीमा डोजर चलाउने निर्णयप्रति असहमति जनाउँदै स्थानीय सरकारलाई ‘प्रशासनको मातहतमा राख्ने प्रयास’ बन्द गर्न चेतावनी दिएका छन्।

त्यस्तै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई ले पनि सुकुम्वासी बस्तीमा डोजर नचलाइने स्पष्ट पार्दै भूमिहीनलाई लालपुर्जा दिलाउन संघीय सरकारले पहल गर्नुपर्ने बताएका छन्।

सुकुम्वासी बस्ती हटाउने सरकारी अभियान र स्थानीय जनप्रतिनिधिको विरोधबीच झापा ५ मा तनाव बढ्दै गएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा ५ मा सुकुम्वासीको आक्रोश : ‘डोजर आतंक’ विरुद्ध सडकमा आन्दोलन

झापा । सुकुम्वासी र भूमिहीन बस्तीमा डोजर चलाइएको भन्दै झापा क्षेत्र नं. ५ मा स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध ...

सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध भएकाे र अफवाह नफैलाउन साम्पाङकाे आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा जोडिइसकेको दाबी गरेका छ...

अमेरिका–इरानबिच ठुलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत

काठमाडाैँ। संयुक्त राज्य अमेरिका र इरानबिच लामो समयदेखि जारी रहेको तनाव अन्त्य गर्ने उद्देश्यले एक पृष्ठको सम्झौता तयार गर्ने दिशामा उल्लेखनीय प्रगति ...

गुराँस गाउँपालिकामा विवाद : अध्यक्षद्वारा प्रशासकीय अधिकृतमाथि गिलास प्रहार

सुर्खेत । गुराँस गाउँपालिका का अध्यक्ष टोपबहादुर बिसी माथि प्रमुख प्रशासकीय अधिकृतमाथि गिलास प्रहार गरेको आरोप लागेको छ। वैशाख २१ गते दिउँसो करिब २...

नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आज ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्क...

भोगाधिकार समाप्त भएका सरकारी जग्गा खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्य...

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा

काठमाडौं।   वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष राजीनामा बुझाएका हु...

११ सहसचिवको सरुवा कसकाे कहाँ ?

काठमाडौँ ।  सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर...

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाल्याे

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्म...

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending