Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत

खबरडबली संवाददाता

नवलपुर । विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो । 

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर धीरज ढकालका अनुसार पछिल्लो समय सडकमा कालोपत्र हुनेक्रम बढेपछि समग्र प्रगति बढेको देखिएको हो । “सडक विस्तार गर्ने क्रममा छेउछाउमा माटो भर्ने, रुख काट्ने, विद्युत्का खम्बा सार्नेलगायतका काम गर्दा भौतिक प्रगति खासै देखिँदैन”, उहाँले भन्नुभयो, “अहिले धेरै ठाउँमा कालोपत्रको काम धमाधम भइरहेका कारण भौतिक प्रगति बढ्दै गएको हो ।” 

इञ्जिनियर ढकालका अनुसार सडकको नवलपुर खण्डमा आठ दशमलव पाँच किलोमिटर सडकमा कालोपत्रको काम भइसकेको छ । “अहिले यस सडकको पूर्वी खण्डमा साढे आठ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ”, उनले भने, “हर्कपुर, अमरापुरी तथा कावासोतीमा कालोपत्रको काम भएको छ, धेरै ठाउँमा कालोपत्रको तयारी भइरहेको छ ।” 

अहिले सडकका विभिन्न भागमा दैनिक जस्तो कालोपत्रको काम भइरहेको इञ्जिनियर ढकालले बताउनुभयो । “सडक विस्तारका लागि संरचना हटाएर माटो भरिएको ठाउँमा कालोपत्रको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “आगामी असारसम्म मुकुन्दपुरबाट डोण्डासम्म कालोपत्र गर्नेगरी निर्माण व्यवसायीले काम गरिरहेको छ ।” 

इञ्जिनियर ढकालका अनुसार यस खण्डको ६५ किमी क्षेत्रमा निर्माण हुने दुई सय १५ कल्भर्टमध्ये एक सय ११ मा काम सकिएको तथा ४० स्थानमा कल्भर्ट निर्माणको काम भइरहेको छ । यहाँ साना फलामे पुललाई हटाएर निर्माण हुने २२ माइनर ब्रिज ९साना पक्की पुल०मध्ये १४ स्थानमा पुल निर्माण सम्पन्न भइसकेका छन् । “दुई स्थानमा एकसाइडको पुल निर्माण भएको छ, पाँच वटा माइनर ब्रिज निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्माण भइरहेको ठाउँमा फाउन्डेशन, सबस्टक्चर र सुपस्टक्चरको काम भइरहेको छ ।” 

चार लेनमा फराकिलो हुने सडकमा रहेका दुई लेनका ठूला पुलको स्थानमा १२ वटा चार लेनका पुल निर्माण हुँदैछन् । “अहिले १२ वटै ठूला पुल निर्माणको काम धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो, “सात पुलमा सबस्टक्चरको काम सकियो, तीन वटामा सबस्टक्चरको काम हुँदैछ भने दुईमा काम भइरहेको छ ।” ठूला पुल निर्माण हुने स्थानमा राखिने ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस गडर’ ९पुलमा पिल्लर निर्माण गरेपछि ल्याएर लठ्ठाले तन्काएर राखिने बिम । यो बिम राखेपछि पुलमा ढलान गरिन्छ० को काम खोलाको नजिकै भइरहेको छ । 

सडक विस्तारको कामसँगै ढल निकासका लागि नाला निर्माणको काम पनि तीव्ररुपमा अघि बढेको ढकालको भनाइ छ । उहाँका अनुसार हालसम्म ३१ किमी नाला निर्माणको काम सकिएको छ । “अवस्था हेरेर हामीले नाला निर्माण गरेका छौँ, उहाँले भन्नुभयो, “सहज हुने ठाउँमा त्यहीँ फाउन्डेशन उठाएर नाला बनाएका छौँ, केही स्थानमा बाहिर तयार पारिएका सेट ल्याएर नाला बनाएका छौँ ।” 

सडक विस्तारका लागि विद्युत् तथा खानेपानीको संरचना सार्ने काम पनि सँगसँगै भएको उहाँको भनाइ छ । “अहिलेसम्म विद्युतीय संरचना सार्ने काम ४५ प्रतिशत सकिएको छ, खानेपानीको संरचना सार्ने काम ७० प्रतिशत पूरा भएको छ”, उहाँले भन्नुभयो, “सडक विस्तारका लागि काटिने करिब ३६ हजार तीन सय रुखमध्ये ९९ दशमलव ९९ प्रतिशत काम सकिएको छ ।” सडक विस्तारका लागि अहिले सबै कर्मचारी गरी दैनिक एक हजार एक सयभन्दा बढी कामदार खटिइरहेका उहाँको भनाइ छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending