Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बर्खा लागेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

खबरडबली संवाददाता

ढोरपाटन । जताततै पहिरो। पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर। जब बर्खा सुरु हुन्छ‚ यी घर रित्तिन थाल्छन्। हिउँदमा घरमा मान्छे बस्ने भए पनि बर्खामा पहिरोका डरले घर छाड्ने क्रम बढ्छ।

निसीखोला गाउँपालिका–१ हुल्दी गाउँमा साना तथा ठूला पहिरा वर्षौंदेखि गइरहन्छन्। पहिरोकै कारण वर्षौंजसो मानवीय र भौतिक क्षति भइरहेको हुन्छ। बर्खा सुरु भएसँगै ज्यान र सम्पत्ति जोगाउन गाउँलेहरु गाउँमाथिको दह जङ्गलतर्फ लाग्छन्।

गाउँमा करिब १५० घर परिवार छन्। यी सबै घरमा पहिरोको जोखिम छन्। भूगर्भविदले गाउँ बस्नका लागि जोखिमपूर्ण भएको भने पनि स्थानीयहरु अन्यत्र बसाइसराइँ गर्न सकेका छैनन्। बरु जोखिमपूर्ण अवस्थामै गाउँमै बस्न बाध्य छन्।

हुल्दी गाउँसँगै निसीखोलाको देवीस्थान, खारा बजार, खाडु बजार, धाराखर्क खग्रेनी, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ। पहिरोका कारण घरमा चिरा परेका छन्। स्थानीयहरु चिरा परेका घर टालटुल गरी बसिरहेका छन्।

निसीखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी पहिरो प्रभावित स्थानमा पर्छ। पालिकामा २८२ घरपरिवार पहिरोले विस्थापित भइसकेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए। ती घरहरुमध्ये २६० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ।

गाउँपालिका–१ को देवीस्थान खारा बजारका ४१ घर, हुल्दी गाउँका १ सय घर, वडा नं २ खाडुका ११ घर, वडा नं २ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा नं ३ धाराखर्क खग्रेनीका ४८ घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको गाउँपालिकाको तथ्याङ्कमा छ।

वडा नं ४ का ३ घर‚ वडा नं ५ का ८ घर, वडा नं ६ का ४ घर र वडा नं ७ मा ७ वटा घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाका गौतमले बताए।

‘यहाँको भूगोल अलिकति कमजोर खालको हुँदा हरेक वर्ष बाढीपहिरोबाट नागरिक प्रभावित बन्नुपरेको छ, हुल्दी गाउँको पहिरो २/४ वर्ष अगाडिको होइन, यहाँ पहिरो जान थालेको दशकौँ भएको रहेछ, स्थानीयको सुरक्षाका लागि स्थानान्तरण गर्नुको विकल्प छैन,’ सूचना अधिकारी गौतमले भने। यसका लागि केन्द्र र प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। 

यस वर्ष बर्खा सुरु भएपछि गाउँपालिकाले पहिरोबाट जोगिन सचेत गराइसकेको छ। पालिकाका विभिन्न स्थानमा पहिरोले भत्किएका ४४ घर बनिसकेको जानकारी उनले दिए। मौसमजन्य विपद्अन्तर्गत केन्द्र सरकारले दिएको ४ लाख रुपैयाँबाट पहिरोपीडितले घर बनाइसकेको गौतमको भनाइ छ।

निसीखोला गाउँपालिका–१ हुल्दीका लालबहादुर सिञ्जालीले हुल्दीवासी वर्षौंदेखि पहिरोको डरमा बाँच्नु परेको बताए। ठूलो पानी पर्‍यो भने सबै सरसामान बोकेर दह जान बाध्य हुनुपर्ने उनको भनाइ छ। दह पुग्न हुल्दी गाउँदेखि एक घण्टा लाग्छ। त्यहाँ आफूहरु पाल टाँगेर बस्ने सिञ्जालीको भनाइ छ।

आर्थिक अवस्था बलियो हुनेहरु बसाइँसराइ सरेर तराईतिर झरे पनि आफूहरु भने जोखिमपूर्ण अवस्थामै बस्नुपरेको उनको भनाइ छ।

सरोकारवाला निकायलाई गाउँको समस्याका बारेमा पटक–पटक सुनाए पनि अहिलेसम्म सुनुवाइ नभएको सिञ्जालीको गुनासो छ। सरकारले एकीकृत बस्ती निर्माण गरेर आफूहरुलाई राखे ज्यान बचाउन सकिने उनको भनाइ छ। बर्खामा बालबालिका र बुढाबुढीलाई अझ बढी समस्या हुने गरेको सिञ्जाली बताउँछन्।

‘फेरि बर्खा सुरु हुन थाल्यो, यो बर्खामा कसरी ज्यान बचाउने भन्ने चिन्ता लागिरहेको छ, बर्खा किन आउँदो हो भन्ने हुन्छ, बर्खा लाग्यो कि गाउँमा केही न केही घटना भइहाल्छ, कहिले कसको घर पुरिन्छ, कहिले मान्छे नै पुरिन्छन्, ५/६ वर्ष अगाडि घरमा सुतिराख्नु भएको मेरो आमालाई नै पहिरोले पुरिदियो,’ सिञ्जालीले भने।

स्थानीय हुमकुमारी मल्लले आफ्नो अन्यत्र सम्पत्ति नहुँदा बर्खामा पनि गाउँमै जोखिम मोलेर बस्ने गरेको बताइन्। ठूलो पानी परेका दिन कुनै दुर्घटना हुन्छ कि भन्दै रातभर नसुती बस्ने गरेको मल्लको भनाइ छ। पहिरोले कहिले पशुचौपाया कहिले गोठ पुरिदिने गरेको भन्दै विद्यालय जाने बाटोमा समेत ठूलो पहिरो हुँदा बालबालिका पढ्नबाट वञ्चित भएको उनको भनाइ छ।

‘गाउँपालिकामा धेरै पटक भन्यौँ, केन्द्र र प्रदेश सरकारसँग पनि गुहार माग्यौँ तर समस्या जस्ताको त्यस्तै छ,’ उनले भनिन्, ‘पानी पर्न थाल्यो, अब बर्खा पनि लाग्यो, बर्खाको ४ महिना त निकै गाह्रो हुन्छ।’

निसीखोला गाउँपालिका–१ का अध्यक्ष चन्द्रसिंह रामजालीले हुल्दीको पहिरोले वर्षौँदेखि नागरिकलाई दुःख दिइराखेको बताए। गाउँको भौगोलिक अवस्था निकै कमजोर हुँदा बस्ती नै स्थानान्तरण गर्नुको विकल्प नभएको अध्यक्ष रामजालीको भनाइ छ।

उनले बस्ती स्थानान्तरणका लागि गाउँपालिकाको बजेटले नभ्याउने भन्दै यसका लागि केन्द्र र प्रदेश सरकारसँग सहयोग मागिरहेको बताए। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending