Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

चेपाङ बालबालिकालाई विद्यालयमै दिवा खाना

खबरडबली संवाददाता

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरिएको छ । चेपाङ समुदायको स्वास्थ्य र शिक्षासहित जीवनस्तर उकास्न निरन्तर सक्रिय रहेको सपना भिलेज सोसियल इम्प्याक्टले राष्ट्रिय आधारभूत विद्यालय भाराङमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको हो ।

चेपाङ समुदायका बालबालिकालाई शिक्षामा अग्रसर गराउन विद्यालयमै खाजा तथा खाना कार्यक्रम प्रभावकारी हुने देखिएपछि आफूहरुले विद्यालयमा नै भान्छा घर निर्माण गरी पौष्टिक आहार सहितको दिवा खाना कार्यक्रम सुरु गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । कार्यक्रम सञ्चालनपछि नियमित नभएका विद्यार्थी पनि अहिले नियमित रुपमा विद्यालय आएका जनाइएको छ । दिवा खाजाका रुपमा बालबालिकालाई विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको अध्यक्ष गिरीको भनाइ छ ।

पेटभरि खान नपाएर बालबालिका विद्यालय आउन छाडेपछि इम्प्याक्टले दैनिक रुपमा विद्यालयमै खाना खुवाउने व्यवस्था मिलाएको हो । त्यसका लागि इम्प्याक्टले विद्यालय भवनको एउटा कोठामा भान्सा कोठासमेत निर्माण गरिदिएको छ । विगत छ महिनादेखि नै उक्त विद्यालयमा दुई सय ८० विद्यार्थीलाई विद्यालयमै खाना खुवाउँदै आएको इम्प्याक्टले  शुक्रबार  औपचारिकरुपमा भान्सा कोठा र खाना खुवाउने कार्यक्रमको उद्घाटन गरेको हो ।

विद्यालयमा विद्यार्थी नियमित नभएपछि बालबालिका लिन शिक्षक घरघरै जानुपर्ने बाध्यकारी अवस्था रहेको थियो । भोको पेटमा विद्यालय आउनैपर्ने बाध्यताका कारण बाटैमा विद्यार्थी निदाउने गरेका थिए । पेटभरि खान नपाएर विद्यार्थी विद्यालय नआएको थाहा पाएपछि विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको इम्प्याक्टका अध्यक्ष गिरीले बताउनुभयो । विद्यालयमै खानाको व्यवस्था गरेपछि विद्यार्थीको सङ्ख्या बढेको गिरीले बताए ।

विगतमा पनि सरकारले उपलब्ध गराएको रु १५ प्रतिविद्यार्थी रकमले खाजा अपुग भएको अवस्थामा वर्षभरि पुग्ने गरि इम्प्याक्टले  खाजा सुरु गरेपछि विद्यार्थी खुसी देखिएका छन् । गत वर्षसम्म विद्यालयका सबै शिक्षक पालैपालो बालबालिकाको घरैमा गएर सम्झाउँदा पनि नियमित विद्यालय नआउने बालबालिका अहिले नियमित विद्यालय आउने गरको विद्यालयका प्रधानाध्यापक  दीपबहादुर गुरुङले बताए ।

उनले भने, “अपवादबाहेक सबै दिन बालबालिका कक्षामा नै भेटिन्छन्, अहिले पौष्टिक तत्वसहित पेटभरि पुग्ने खाना पाउँदा विद्यार्थी नियमित आउँछन् ।” दुई वर्षअघि गाँउपालिकाको वडा नं १ मा पर्ने हात्तीवाङ र चौकीडाँडा बाहेकका चार सय ८० घरमा ‘सबै यात्राको सुरुआत एक सपनाबाट सुरु हुन्छ’ नामक परियोजनाकै क्रममा आएको सुझावअनुसार यहाँ विद्यालय खाजालाई थप व्यवस्थित बनाइएको  इम्प्याक्टका अध्यक्ष गिरीको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...

सरकारले गर्‍यो सबै राष्ट्रिय स्तरका निजामती र स्वास्थ्य सेवा ट्रेड युनियन खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...

११ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संसद्मा विमति जनाउछौं: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...

दीपेन्द्रको अलराउन्डर वरीयतामा सुधार, बलिङमा सन्दीपको छलाङ

काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...

सगरमाथा आरोहणबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, यो सिजनमा १.१७ अर्ब रुपैयाँ उठ्यो

काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभाग का अनुसार मंगलबारस...

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ)सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख...

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारमा डा.अग्रवाल नियुक्त

काठमाडौं। सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त ...

कांग्रेस सांसदलाई सभापति थापाले दिए प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। बुधबार सिंहदरबारस्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending