चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरिएको छ । चेपाङ समुदायको स्वास्थ्य र शिक्षासहित जीवनस्तर उकास्न निरन्तर सक्रिय रहेको सपना भिलेज सोसियल इम्प्याक्टले राष्ट्रिय आधारभूत विद्यालय भाराङमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको हो ।
चेपाङ समुदायका बालबालिकालाई शिक्षामा अग्रसर गराउन विद्यालयमै खाजा तथा खाना कार्यक्रम प्रभावकारी हुने देखिएपछि आफूहरुले विद्यालयमा नै भान्छा घर निर्माण गरी पौष्टिक आहार सहितको दिवा खाना कार्यक्रम सुरु गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । कार्यक्रम सञ्चालनपछि नियमित नभएका विद्यार्थी पनि अहिले नियमित रुपमा विद्यालय आएका जनाइएको छ । दिवा खाजाका रुपमा बालबालिकालाई विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको अध्यक्ष गिरीको भनाइ छ ।
पेटभरि खान नपाएर बालबालिका विद्यालय आउन छाडेपछि इम्प्याक्टले दैनिक रुपमा विद्यालयमै खाना खुवाउने व्यवस्था मिलाएको हो । त्यसका लागि इम्प्याक्टले विद्यालय भवनको एउटा कोठामा भान्सा कोठासमेत निर्माण गरिदिएको छ । विगत छ महिनादेखि नै उक्त विद्यालयमा दुई सय ८० विद्यार्थीलाई विद्यालयमै खाना खुवाउँदै आएको इम्प्याक्टले शुक्रबार औपचारिकरुपमा भान्सा कोठा र खाना खुवाउने कार्यक्रमको उद्घाटन गरेको हो ।
विद्यालयमा विद्यार्थी नियमित नभएपछि बालबालिका लिन शिक्षक घरघरै जानुपर्ने बाध्यकारी अवस्था रहेको थियो । भोको पेटमा विद्यालय आउनैपर्ने बाध्यताका कारण बाटैमा विद्यार्थी निदाउने गरेका थिए । पेटभरि खान नपाएर विद्यार्थी विद्यालय नआएको थाहा पाएपछि विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको इम्प्याक्टका अध्यक्ष गिरीले बताउनुभयो । विद्यालयमै खानाको व्यवस्था गरेपछि विद्यार्थीको सङ्ख्या बढेको गिरीले बताए ।
विगतमा पनि सरकारले उपलब्ध गराएको रु १५ प्रतिविद्यार्थी रकमले खाजा अपुग भएको अवस्थामा वर्षभरि पुग्ने गरि इम्प्याक्टले खाजा सुरु गरेपछि विद्यार्थी खुसी देखिएका छन् । गत वर्षसम्म विद्यालयका सबै शिक्षक पालैपालो बालबालिकाको घरैमा गएर सम्झाउँदा पनि नियमित विद्यालय नआउने बालबालिका अहिले नियमित विद्यालय आउने गरको विद्यालयका प्रधानाध्यापक दीपबहादुर गुरुङले बताए ।
उनले भने, “अपवादबाहेक सबै दिन बालबालिका कक्षामा नै भेटिन्छन्, अहिले पौष्टिक तत्वसहित पेटभरि पुग्ने खाना पाउँदा विद्यार्थी नियमित आउँछन् ।” दुई वर्षअघि गाँउपालिकाको वडा नं १ मा पर्ने हात्तीवाङ र चौकीडाँडा बाहेकका चार सय ८० घरमा ‘सबै यात्राको सुरुआत एक सपनाबाट सुरु हुन्छ’ नामक परियोजनाकै क्रममा आएको सुझावअनुसार यहाँ विद्यालय खाजालाई थप व्यवस्थित बनाइएको इम्प्याक्टका अध्यक्ष गिरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: