काठमाडौं । भारतमा एउटा खसेको फोन निकाल्नका लागि एउटा जलाशयको सम्पूर्ण पानी बाहिर निकाल्न आदेश दिएका एक जना सरकारी अधिकारी निलम्बित भएका छन्।
सेल्फी लिइरहेको समयमा राजेश विश्वासले उक्त फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो।
जब त्यो फोन फेला पर्यो पानी पसेका कारण त्यो काम नगर्ने अवस्थामा पुगिसकेको थियो। विश्वासले त्यसमा संवेदनशील सरकारी तथ्याङ्क रहेको र त्यसलाई जोगाउनुपर्ने कारण आफूले त्यस्तो गरेको बताएका छन्। तर उनीमाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ।
खाद्य निरीक्षक विश्वासले झन्डै १,६०,००० रुपियाँ बराबरको सामसुङ कम्पनीको मोबाइल फोन मध्य भारतको छत्तीसगढ राज्यमा अवस्थित खेरकट्टा बाँधमा आइतवार खसालेका थिए।
स्थानीय गोताखोरहरूले त्यसलाई फेला पार्न नसकेपछि आफूले शुल्क तिरेर एउटा डिजेल पम्प झिकाएको उनले निकालेको भिडिओ सन्देशलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विश्वासले एक जना अधिकारीले ‘नजिकैको नहरमा जलाशयबाट केही पानी पठाउने गरी’ मौखिक रूपमा अनुमति दिएको उल्लेख गर्दै ‘त्यसले किसानहरूलाई थप पानी उपलब्ध गराएर फाइदा पुर्याउने’ पनि जिकिर गरेका छन्।
तर उक्त पम्पले कैयौँ दिन पानी बाहिर फ्यालेको थियो।त्यसरी जलाशयबाट निकालिएको झन्डै २० लाख लिटर पानीबाट ६०० हेक्टर खेतमा सिँचाइ गर्न मिल्ने बताइन्छ। तर उजुरीपछि जलस्रोत विभागका अर्का अधिकारी आएपछि उक्त काम रोक्न लगाइएको थियो।
“छानबिन नसकिएसम्म उनलाई निलम्बित गरिएको छ। पानी अत्यावश्यक स्रोत हो र यसको त्यसरी दुरुपयोग गर्न मिल्दैन,” कांकेर जिल्लाकी अधिकारी प्रियङ्का शुक्लाले द न्याश्नल समाचारपत्रसँग भनेकी छन्।
विश्वासले आफूले पदको दुरुपयोग नगरेको भन्दै बाँध भरिएर पानी जम्मा भएको क्षेत्रको पानी बाहिर निकालिएको बताएका छन्। उनले त्यहाँको पानी ‘प्रयोग गर्न नमिल्ने अवस्थाको भएको’ पनि जिकिर गरेका छन्।
तर उनको कदमको राजनीतिज्ञहरूले पनि आलोचना गरेका छन्। उक्त राज्यमा प्रतिपक्षमा रहेको भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्षले “चर्को गर्मीमा जति बेला मानिसहरू पानीका लागि ट्याङ्करको सेवामा निर्भर रहँदा” ती अधिकारीले ठूलो परिमाणमा पानी खेर फलेको ट्विटरमा लेखेकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - ०९:०६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...
फाल्गुन २१ गते, २०८२ - ०८:५५
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...
फाल्गुन २१ गते, २०८२ - ०८:५१
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...
फाल्गुन २१ गते, २०८२ - ०८:४८
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...
फाल्गुन २१ गते, २०८२ - ०८:४५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...
फाल्गुन २१ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...
फाल्गुन २१ गते, २०८२ - ०७:५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...
फाल्गुन २१ गते, २०८२ - ०७:५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् । सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...
फाल्गुन २१ गते, २०८२ - ०७:३९
मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...
फाल्गुन २१ गते, २०८२ - ०७:२८
काठमाडौँ । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...



प्रतिकृया लेख्नुहोस्: