Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गरेको छन् ।

गणतन्त्र दिवस मूल समारोहद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा उहाँले नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न सङ्घीयता, समावेशीता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गीकार गरिएको बताए। 

प्रधानमन्त्री दाहालले भने, “हामी स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । जनताबाट चुनिएका प्रतिनिधिबाट आज मुलुकको शासन प्रणाली सञ्चालन भइरहेको छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको उल्लेख गर्दै उनले यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडर स्थापित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिए ।

जनताको आर्थिक, समाजिक र सांस्कृतिक रुपान्तरण अहिलेको व्यवस्थाको अभिष्ट भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्था अभिष्ट पूरा गर्नतर्फ केन्द्रित हुनुपर्ने बताए ।
 
गणतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुन जरुरी रहेको उल्लेख गर्दै उहाँले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र जनताको समान एवं अविचलित धारणा हुन सकेमात्र मुलुकलाई अघि बढाउँदै राष्ट्रिय एकताको जगलाई बलियो बनाउन सकिने धारणा प्रकट गरे ।

प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिटै अतिकम विकसित राष्ट्रबाट विकासिल र विकसित राष्ट्रमा रुपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।
 
सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको जिकिर गर्दै उनले संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम र वितृष्णा छर्ने प्रयास कदापि सफल नहुने विश्वास दिलाए ।
 
प्रधानमन्त्री दाहालले भने, “लोकतन्त्रको विकास लोकतन्त्रभित्रबाट सम्भव छ भन्ने विषय पछिल्ला दिनका कतिपय घटनाले पुष्टि गरेका छन् ।” उनले सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन सबैमा अपिल गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो- तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न ...

गण्डकी प्रदेशको संसद् बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए , कांग्रेस र राप्रपाका...

सुप्रिम सहकारी ठगी प्रकरण: गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार थुन...

संकल्प प्रस्ताव संबिधान विपरित छ, म संबिधानको धारा अनुसार हिड्छुः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संबिधान अनुसार नभएको बताएका छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्...

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट ह...

सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्बदलीय सरकार बनाउन अपिल गरेका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले...

महाजात्राले २६ करोड ६५ लाख कमायो

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फ...

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो । नेप...

सांसद खानद्वारा सपथ ग्रहण

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएको छन् । ...

गण्डकीमा कांग्रेसले संसद बहिष्कार गर्ने निर्णण

पोखरा । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा  संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय द...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies